Current Affairs _ GK (Falgun)

Loksewa classes

 ३० फागुन २०८०, बुधबार


१. ९६ औँ संस्करणको ओस्कार अवार्ड (२०२४) मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ?

 ओपनहाइमर 

– आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको सो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहित सात अवार्ड जितेको छ । 

– उत्कृष्ट चलचित्र : ओपनहाइमर

– उत्कृष्ट अभिनेता : किलियन मर्फी (ओपनहाइमर)

– उत्कृष्ट अभिनेत्री : एम्मा स्टोन (पुअर थिङ्स)

– उत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (ओपनहाइमर)

– उत्कृष्ट सहायक अभिनेता : रोबर्ट डाउनी जुनियर (ओपनहाइमर)

– उत्कृष्ट सहायक अभिनेत्री : द–भाइन जोय रान्डोल्फ (द होल्ड ओभर्स)

– उत्कृष्ट एडप्टेड स्क्रिन प्ले : अमेरिकन फिक्सन

– उत्कृष्ट ओर्जिनल स्क्रिन प्ले : एनाटोमी अफ अ फल

– उत्कृष्ट एनिमेटेड फिचर फिल्म : दी बोय एन्ड दी हेरोन 

– उत्कृष्ट एनिमेटेड सर्ट : वार इज ओभर

– उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर : दी जोन अफ इन्टे«स्ट

– उत्कृष्ट डकुमेन्ट्र फिचर : ट्वेन्टी डेज इन मारिउपोल

– उत्कृष्ट डकुमेन्ट्र सर्ट : दी लास्ट रिपेयर सप

– उत्कृष्ट ओरिजिनल स्कोर : ओपनहाइमर

– उत्कृष्ट मौलिक गीत : ह्वाट आइ वाज मेड फर (बार्बी)

– उत्कृष्ट साउन्ड : दी जोन अफ इन्ट्रेस्ट

– उत्कृष्ट उत्पादन डिजाइन : पुअर थिङ्स

– उत्कृष्ट लाइभ एक्सन सर्ट : दी वन्डरफुल स्टोरी अफ हेनरी सुगर

– उत्कृष्ट सिनेमेटोग्राफी : ओपनहाइमर

– उत्कृष्ट मेकअप र हेयरस्टाइलिङ : पुअर थिङ्स

– उत्कृष्ट पोसाक डिजाइन : पुअर थिङ्स 

– उत्कृष्ट दृश्य इफेक्ट : गोडजिला माइनस वन

– उत्कृष्ट चलचित्र सम्पादन : ओपनहाइमर

२.  लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 विसं २०८० फागुन २३ र २४, वीरेन्द्रनगर (सुर्खेत)

– (चौथो राष्ट्रिय सम्मेलन तेह्र बुँदे निर्णय र पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।)

३. सन् २०२४ मार्चमा नेपालमा सम्पन्न त्रिदेशीय टी–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ? 

 नेदरल्यान्ड्स 

४. इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले चलचित्र स्वर्णिम सम्मान–२०८० बाट कसलाई सम्मान ग¥यो ?

 नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्का 

– पाँच दशकसम्म नेपाली फिल्म कलाको क्षेत्रमा योगदान पु¥याएका कलाकर्मीलाई सो सम्मानबाट सम्मानित गरिएको छ ।

– त्यस्तै अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल र करिश्मा मानन्धर, अभिनेता रवीन्द्र खड्का, निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र विशेष व्यक्तित्वका रूपमा सम्मान गरिएको छ ।

५. अली मियाँ लोक वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 नारायण रायमाझी (पुरस्कार राशि : ५० हजार रुपियाँ)

६. पाकिस्तानको १४ औँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

 आशिफ अलि जरदारी (सन् २०२४ मार्च)

– महमुद खान अचकजईलाई पराजित गर्दै जरदारी राष्ट्रपति बनेका हुन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पिएनएल–एन) को समर्थन थियो । 

– जरदारी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म ११ औँ राष्ट्रपति बनेका थिए । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान् हुन् । 

७. महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ?

 पूर्वराष्ट्रपति डा. रामवरण यादव 

– त्यसै गरी योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९, समाजसेवी दुर्गा घिमिरेलाई प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० र सङ्गीत साधक सरिता मिश्रलाई प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९ प्रदान गरिएको छ । 

८. भूउपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ? 

 कृषि बाली उत्पादन, पशुपन्छीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशम खेतीलगायत कृषिजन्य उत्पादन, बागवानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुन सक्ने जग्गालाई बुझिन्छ । 

९. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

 प्राकृतिक प्रकोपपीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

१०. वृहस्पति र मङ्गल ग्रहको बिचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ?

 साइकी

– (यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको छ ।)

११. ओबामा फाउन्डेसनद्वारा प्रकाशित उदाहरणीय महिलाको सूचीमा पर्न सफल नेपालकी सामाजिक अभियन्ता को हुन् ?

 सनम डोका शेर्पा

– नेपालमा रहेको द स्मल वल्र्ड (टिएसडब्लु) की निर्देशक शेर्पाले सोलुखुम्बुको दुर्गम गाउँमा बालिका शिक्षाको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आउनुभएको छ । 

– दुर्गम गाउँमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका निर्वाह गरेको भन्दै फाउन्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’ को उपमा दिएको छ ।

१२. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?

 ट्क्याक्स होलिडे

१३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

  नेपालगन्ज, बाँके

१४. नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

  मनास्लु 

१५. विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) महासचिव तथा प्रमुख कार्यकारी अधिकृतमा को चयन भएका छन् ?

  जगन चापागाइ (सन् २०२४)

– उहाँ दास्रो कार्यकालका लागि चयन भएका हुन् ।

– पहिलो पटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हाल्नुभएको थियो ।

– चापागाईं सन् २०२८ को जनवरीसम्म आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनुहुने छ ।

– चापागाईं दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।

– विश्वका १९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । 

१६. नेपालमा डिजिटल भिसा प्रणाली कहिलेदेखि लागु भएको हो ?

  विसं २०७८ असार १४

१७. नेपालमा डिजिटल पासपोर्टको सुरुवात कहिले भएको हो ?

 विसं २०७८ मङ्सिर १

१८. नेपालमा कफी दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

 विसं २०६२

१९. फिफा महिला विश्वकप प्रतियोगिता–२०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ?

 स्पेन 

२०. नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धी नीति कहिले बनेको हो ?

  विसं २०८० साउन २३

२१. ९२ दिनमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ चुचुरा आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन् ?

 क्रिस्टिना हरिला (नर्वे) र तेन्जेन शेर्पा (नेपाल) 

२२. राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा महिलाको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

 ५१.१३ प्रतिशत (पुरुष : ४८.८७ प्रतिशत)

२३. पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ को इन्टरनेसनल मेयर अवार्डबाट पुरस्कृत हुने नगरप्रमुख को हुन् ? 

 रेनु दाहाल (प्रमुख : भरतपुर महानगरपालिका)

२४. सन् २०२४ मार्च १० मा नेपालमा भएको फाइनलमा साफ यु–१६ महिला फुटबल च्याम्पियनसिप २०२४ को उपाधि कसले जित्यो ? 

  बङ्गलादेश

– बङ्गलादेशले भारतलाई टाइब्रेकरमा ३–२ ले हराएर सो उपाधि जितेको हो । 

– प्रतियोगितामा नेपाल र भुटानसहित चार राष्ट्र सम्मिलित छन् । 

२५. मिस वल्र्ड–२०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ? 

 क्रिस्टिना पाइस्कोभा (चेक रिपब्लिक)

– सन् २०२४ मार्च ९ मा भारतको मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा उनले ७१ औँ मिस वल्र्डको उपाधि जितेकी हुन् । 

– प्रतियोगितामा लेबनानकी यास्मिना जायतौन फस्र्ट रनरअप बनेकी छन् । ट्रिनिडाड एन्ड टोबागोकी अचे अब्राहम्स मिस वल्र्ड अमेरिका र लेसेगो चोम्बोले मिस वल्र्ड अफ्रिकाको उपाधि जितेका छन् । 

– यस पटक नेपाल ब्युटी विथ पर्पस विधामा एसिया विजेता बनेको छ । 

२६. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ? 

  मार्च ८

– (११४ औँ (सन् २०२४) को नारा ः ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ)

२७. प्रमुख पर्यटकीय गन्तव्य एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?

 वेलकम नेपाल

२८. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?

 प्रकाशको आवर्तन 

– (फरक माध्यममा प्रकाशको गति फरक फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)

२९. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

 प्रकाश विच्छेदन 


२३ फागुन २०८०, बुधबार


१. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? 

 सहवाज सरिफ

– पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

– इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् ।

– सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको सरकार ढलेपछि प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी तीन पटकसम्म पञ्जाव प्रान्तको मुख्यमन्त्री बनेका थिए । 

२. अलि मियाँ लोक वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

 नारायण रायमाझी (पुरस्कार राशि : रु. ५० हजार)

३. चर्चित भारतीय टिभी रियालिटी सो इन्डियन आइडल सिजन–१४ को उपाधि विजेता को हुन् ? 

 वैभव गुप्ता

– उपाधिसँगै उनले २५ लाख भारु र मारुतीको ब्रेजा कार प्राप्त गरेका छन् । 

– सन् २०२४ मार्च ३ मा भएको फाइनलमा शुभदीप दास फस्र्ट रनरअप, पियुष पनवार सेकेन्ड रनरअप एवं अनन्या शोकी थर्ड रनरअप भएका छन् । 

– फस्र्ट रनरअप र सेकेन्ड रनरअप विजेताले क्तमशः पाँच÷पाँच लाख भारु तथा थर्ड रनरअपले तीन लाख भारु पुरस्कार प्राप्त गरेका छन् । 

– सो प्रतियोगितामा नेपाली चेली मेनुका पौडेल उत्कृष्ट १० मा पुगेर बाहिरिनुभएको थियो । 

४. महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ? 

 पूर्वराष्ट्रपति डा. रामवरण यादव

– त्यसै गरी योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९, समाजसेवी दुर्गा घिमिरेलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८० र सङ्गीत साधक सरिता मिश्रलाई प्रेमसागरी देवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०७९ प्रदान गरिएको छ । 

५. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

 दाङ

६. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?

 टेलिप्लान्ट डाक्टर (सन् २०२४ फेबु्रअरी)

– सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएका छन् ।

– एप्सले जिआइएस, रिमोट सेन्सर र जलवायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगका लागि भविष्यवाणी गर्ने प्रणालीका रूपमा काम गरेको छ ।

७. भारतको कुन ठाउँमा सबैभन्दा ठुलो सोलार प्लान्ट निर्माण गरिएको छ ?

 गुजरात 

– भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रिन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठुलो नवीकरणीय ऊर्जा परियोजना सञ्चालन गरेको छ । 

– गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । 

– परियोजनाबाट ३० गेगावाट क्लिन इनर्जी उत्पादन हुने र यसबाट १.८ करोड घरमा विद्युत् आपूर्ति हुने जनाइएको छ ।

– अनुमानित लागत २.२६ अर्ब डलर रहेको छ ।

८. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन् ? 

 पृथ्वीपाल सेन 

९. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

 विसं २०७५ असोज ६

१०. नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान ककसलाई प्रदान गरियो ?

 गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषण खरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत सङ्गीतकार धर्म मुनिकर र गायक सुदेश शर्मा 

– त्यसै गरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको छ ।

– नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविव्रmम थापा र रेकर्डिस्ट प्रकाश मिश्र पुरस्कृत भएका छन् । 

– नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार ः लोक गायक अमृत खाती 

– नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार ः पत्रकारद्वय शान्तिप्रिय र कृष्ण भट्टराई 

– सबै सम्मान र पुरस्कारको राशि ११,१११ रुपियाँ छ । 

– सङ्गीत साधक नातिकाजीको नाममा स्थापित सम्मान तथा पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रदान गरिएको छ । 

११. १८ औँ संस्करणको सफल पोखरा म्याराथनमा पहिलो हुने धावक को हुन् ?

 केन्याली धावक जुलियास मुरियाली वाहोम

– यस म्याराथनमा पहिलोदेखि तेस्रो स्थानसम्म नै केन्याली खेलाडीले कब्जा जमाएका छन् । 

– प्रथम हुने जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेका छन् । 

– दोस्रो हुने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेन्डको समय निकाले भने केन्याकै इडविन किप्लागटले थप ४० सेकेन्ड समय लगाउँदा तेस्रो भए । 

– नेपालका किरणसिंह बोगटी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा म्याराथन पुरा गर्दै चौथो स्थान हासिल गर्न सफल भए । 

१२. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?

 विसं २०८० माघ २६

– तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा काठमाडौँ कालिकास्थानस्थित विभागमा ई–भिसा सेवाको शुभारम्भ गरिएको हो ।

– यो सेवा सुरु भएपछि संसारका जुनसुकै देशबाट विदेशी नागरिकले अनलाइनमार्पmत भिसा आवेदन गर्न, भिसा शुल्क बुझाउन, सबै प्रकारका सेवा शुल्क तथा जरिबाना नेपालका मोबाइल बैङ्किङ र वालेट सेवा प्रदायकमार्पmत अनलाइन भुक्तानी गर्न 

सक्ने छन् ।

– विभागले यसलाई इटिए (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) भनेको छ । यो ई–भिसाको पूर्वाभ्यास हो । विदेशबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सक्ने प्रणाली (सरकारले डलर खाता सञ्चालन गरेपश्चात्) विकास गरिएपछि यसलाई ई–भिसा नै भनिने छ ।

१३. मोरङ जिल्लामा बहने बक्राहा नदीलाई भारतमा के नामले चिनिन्छ ?

 लुना

१४. सिएनएन हिरो उपाधिबाट सम्मानित पहिलो व्यक्ति को हुन् ?

 पाब्लो फजार्डो (इक्वेडर)

१५. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

 एकराजशमशेर र ब्रह्मशमशेर 

१६. काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो सबस्टेसन कहाँ निर्माण गरिएको छ ?

 मातातीर्थ 

– नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ ।

– त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सवस्टेसन निर्माण गरिएको हो ।

१७. सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल कोरियोग्राफर को हुन् ?

 छिरिङ शेर्पा 

– २०८० फागुन १४ मा रामचन्द्र पौडेलले उहाँलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गर्नुभयो । 

– छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफी डान्स अन ल्यान्ड (पेयर)’ को रेकर्ड राख्नुभएको थियो । 

– दर्जन म्युजिक भिडियोमा समेत अभिनय 

गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुनु हुन्छ ।

– उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुनुहुन्छ । 

१८. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?

 आवृत्ति (फ्रिक्वेन्सी)

– (आवृत्तिलाई हर्ज एकाइमा नापिन्छ । हर्जभन्दा ठुला एकाइ किलोहर्ज र मेगाहर्ज हुन् ।)

१९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ? 

 बझाङ


१६ फागुन २०८०,बुधबार


१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

 विसं २०८० फागुन ३–७, काठमाडौँ

– ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो । 

– सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा आवाज उठाइएको छ । 

– कार्यक्रममा ६० भन्दा बढी घोषणापत्र जारी भएका छन् ।

– विश्व सामाजिक मञ्चको कार्यक्रम अन्तर्गत विश्व महिला मञ्च, वल्र्ड डिगनिटी फोरम, श्रमिक अधिकार मञ्च, मानव अधिकार सभा, बालबालिका सभा जस्ता मूल विषय/मुद्दामा बहस भएको छ । 

– सामाजिक मञ्चको कार्यक्रम सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो । 

२. विश्वका शक्तिशाली राहदानीको सूची, २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

 १०३ औँ 

– विश्वका शक्तिशाली राहदानीको सूचीमा नेपाली राहदानी अन्तिमबाट सातौँ स्थानमा परेको छ ।

– अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आइएटिए) को विशेष तथ्याङ्कमा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । 

– हाल नेपालको राहदानी ४० वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्ने छ ।

– वरीयतामा सबैभन्दा कम शक्तिशाली रहेको अफगानिस्तानको राहदानी १०९ औँ स्थानमा रहेको छ । अफगानिस्तानको राहदानीमा २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्ने छ । 

दक्षिण एसियाली राष्ट्रको स्थिति 

माल्दिभ्स : ५८ औँ

भारत : ८५ औँ

भुटान : ९२ औँ

श्रीलङ्का : १०१ औँ

बङ्गलादेश : १०२ औँ

नेपाल : १०३ औँ

पाकिस्तान : १०६ औँ

अफगानिस्तान : १०९ औँ

– सूचीमा सबैभन्दा शक्तिशाली राहदानीको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिङ्गापुर र स्पेन छन् । यी देशका राहदानीले १९४ मुलुकमा अनअराइभल भिसा लाग्छ । 

वरीयतामा अन्तिम पाँचमा रहेका राहदानी 

यमन : १०५ औँ

पाकिस्तान :१०६ औँ

इराक : १०७ औँ

सिरिया : १०८ औँ

अफगानिस्तान : १०९ औँ 

३. भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन कहिले भएको हो ?

 वि सं २०८० फागुन १४

– झन्डै चार सय गीतमा स्वर तथा सङ्गीत दिनुभएका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत गीत लोकप्रिय छन् । 

– स्वरसम्राट् नारायणगोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मनुभएको हो । 

४. सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई कुन निकायसँग गाभ्ने निर्णय गरेको हो ?

 सूचना प्रविधि विभाग 

– २०८० माघ ९ मा बसेको मन्त्रीपरिषद् बैठकले विभाग र केन्द्रसहित राष्ट्रिय साइबर सुरक्षा केन्द्रको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ । यससँगै राष्ट्रिय सूचना प्रविधि केन्द्र विभाग मातहत आएको छ ।

– राष्ट्रिय साइबर सुरक्षा केन्द्र सोभैm सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी स्थापना गरिने छ । केन्द्र अहिले पनि मन्त्रालयभित्रै रहेको छ । 

– राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचनाको डाटा बैङ्कका रूपमा काम गर्दै आएको छ । सरकारी कार्यालयमा रेकर्डको प्रविधीकरण गर्न र सामग्रीको विकास र विस्तारमा केन्द्रले सहयोग गर्दै आएको छ । 

– कामको दोहोरोपन हटाउन र खर्च कटौती गर्न भन्दै सरकारले अनावश्यक कार्यालय खारेजी, मर्ज, पुनर्संरचना र हस्तान्तरण गर्ने घोषणा चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गरेको थियो । 

५. हृदयचन्द्र स्मृति सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ?

 साहित्यकार डा. माघवप्रसाद पोखरेल 

६. चौथो राष्ट्रिय लघुवित्त सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 विसं २०८० फागुन ५–६, काठमाडौँ 

– सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । 

– सम्मेलन समापन कार्यक्रममा यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था एक लाख रुपियाँसहित पुरस्कृत भएको छ ।

७. वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित हुने उपकुलपति को हुनुहुन्छ ?

 प्राडा नन्दबहादुर सिंह (मध्यपश्चिम विश्वविद्यालय) 

– काठमाडौँमा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा उत्कृष्ट उपकुलपति तथा रजिस्ट्रारलाई नेपाल एजुकेसन अवार्ड–२०२४ बाट सम्मानित गरिएको हो । 

– यस्तै वर्षको उत्कृष्ट रजिस्ट्रारको अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, ‘प्रोमिसिङ भाइस चान्सलर अफ दी इयर’ काठमाडाैँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र ‘प्रोमिसिङ रजिस्ट्रार अफ दी इयर’ पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई प्रदान गरिएको छ । 

८. नइ प्रकाशनद्वारा २०७९ सालको नइ देरुनिरव अन्तर्राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

 प्राज्ञ नव सापकोटा (आसाम, भारत)

– पुरस्कार : ताम्रपत्रसहित दुई लाख रुपियाँ 

– नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार भारत दार्जिलिङका स्नेहलता राईलाई प्रदान गरिएको छ । 

– पुरस्कार : तामपत्रसहित एक लाख रुपियाँ

– दुवै पुरस्कार नेपाली भाषा साहित्यमार्फत अन्तर्राष्ट्रि«य क्षेत्रमा ख्याति कमाएका विशिष्ट नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ । 

९. नइ प्रकाशनले २०७९ सालको नइ चन्द्रधन पुरस्कार कसलाई प्रदान ग¥यो ?

 कमल रिजाल 

– नइ कीर्तिनिधि पुरस्कार : डा. भेषबहादुर थापा

– नइ भूपालदुर्गा पुरस्कार : प्रा. जर्ज जोन 

– नइ भावी पुरस्कार : डा. सरस्वती पाध्या

– नइ भाजप पुरस्कार : मोहनबहादुर शाही 

– नइ यउजा पुरस्कार : कृष्णगोपाल रञ्जित

– नइ देरुनिख सुकीर्ति पुरस्कार : हरिहर विरही 

– नइ धनरूप पुरस्कार : विश्वप्रेम अधिकारी

– नइ ईश्वरबल्लभ पुरस्कार : श्रीओम श्रेष्ठ 

– सबै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ । 

१०. दिगो विकाससम्बन्धी ११ औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा को निर्वाचित भएका छन् ?

 डा. मीनबहादुर श्रेष्ठ

– बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा सन् २०२४ फेब्रुअरी २० देखि २३ सम्म आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ निर्वाचित हुनुभएको हो । 

– मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो भने बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए । 

– एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा ५३ सदस्य राष्ट्र तथा नौ वटा अन्य संस्था आबद्ध छन् । 

११. त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

 प्राडा केशरजङ्ग बराल 

– विसं २०८० फागुन १० मा प्राडा बराललाई उपकुलपति पदमा नियुक्त गरिएको छ ।

– विराटनगरबाट अध्यापन सुरु गर्नुभएका बराल २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति बन्नुभएको थियो ।

१२. संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी १९ राष्ट्रका सैनिकको संयुक्त सैन्य अभ्यास कहिले सुरु भएको हो ?

 विसं २०८० फागुन ८

– सञ्चालन मिति : विसं २०८० फागुन ८–२१

– संयुक्त सैन्य अभ्यास कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो ।

– नेपालले यसअघि सन् २००२, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका तीन वटा संस्करण सञ्चालन गरिसकेको छ ।

– संयुक्त राष्ट्रसङ्घको कार्यादेश अनुरूप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरूबिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यावसायिकता अभिवृद्धिमा अभ्यास फलदायी हुने विश्वास लिइएको छ । 

– संयुक्त अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ जना सुरक्षाकर्मीको सहभागिता रहेको छ ।

१३. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? 

 अनुसेह अन्सारी

१४. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

 कपिलवस्तुको शुद्धोधन

१५. संसारकै ठुलो सर्प कहाँ फेला परेको छ ?

 अमेजन जङ्गल 

– उत्तरी हरित एनाकोन्डा प्रजातिको उक्त सर्प शोधकर्ताहरूले हालै फेला पारेका हुन् ।

– ग्रिन एनाकोन्डा विश्वकै सबैभन्दा वजनदार तथा सबैभन्दा लामो सर्प हो । 

– यसको कुल लम्बाइ २६ फिट र वजन २०० केजी रहेको छ । 

– यसअघिसम्म विश्वकै ठुलो सर्प अमेजन जङ्गलमै पाइने दक्षिणी हरित एनाकोन्डा प्रजातिको सर्प मानिएको थियो ।

– शोधकर्ताहरूका अनुसार उत्तरी हरित एनाकोन्डा र दक्षिणी हरित एनाकोन्डा उपप्रजाति एक करोड वर्षअघि छुट्टिएका थिए । 

१६. विश्वको पहिलो काठको भूउपग्रह कुन देशले निर्माण गरेको छ ?

 जापान 

– लिग्रो स्याट नाम दिइएको यो भूउपग्रह छिटै अमेरिकी रकेटबाट प्रक्षेपण गर्ने जनाइएको छ । 

१७. हालै पाँच हजार ५५५ किलोको महाघन्ट कहाँ अनावरण गरिएको छ ?

 सर्वसिद्धिधाम पञ्चकोट, बागलुङ

– विसं २०८० पाmगुन १० मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस मुक्तिनाथ महाघन्टको अनावरण गरिएको हो । 

– पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएको यो घन्टीलाई ‘महाघन्टी’ नाम दिइएको छ ।

– महाघन्टीलाई पञ्चकोटमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो गण्डकी विश्वशान्ति कलश र निर्माण सम्पन्न भइसकेको हनुमानको मूर्तिनजिकै राखिएको छ । 

१८. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

 रुस

१९. नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

 सिद्धिदास अमात्य 

२०. भारतका चर्चित गजल गायक पङ्कज उधासको निधन कहिले भएको हो ?

 सन् २०२४ फेब्रुअरी २६ 

 ९ फागुन २०८०, बुधबार



१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ?

 जर्मनी (सन् २०२४ फेब्रुअरी) 

– विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । 

– जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । 

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी)

२. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?

  विसं २०८० माघ २३ 

– यससँगै नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४२ पुगेको छ ।

– सम्झौतासँगै नेपाल र स्विट्जरल्यान्डबिच सिधा उडान गर्न बाटो खुला भएको छ ।

– नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता गरे पनि १५ देशमा मात्र उडान भर्दै आइरहेको छ । 

३. त्रिमूर्ति निकेतनले देवकोटा काव्य पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

 जयप्रसाद पाण्डे

– त्यसै गरी लेखनाथ पौड्याल पुरस्कार प्रा. मुकुन्दशरण उपाध्याय र बालकृष्ण सम पुरस्कार हरिबहादुर थापालाई प्रदान गरिएको छ । 

– पुरस्कृत स्रष्टालाई ताम्रपत्र र जनही एक लाख रुपियाँ नगद राशि प्रदान गरिएको छ । 

४. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गरेको छ ?

  २२

– विसं २०८० फागुन २ देखि बज्जिका भाषामा समाचार प्रसारण हुन थालेको छ । 

– मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदाय बस्छन् । 

– जनगणना २०७८ अनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ ।

– मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटाँै स्थानमा रहेको छ । 

– रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ ।

५. भरतपुर महानगर र माडी नगरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

  विसं २०८० माघ २५

– १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

– भगिनी सम्बन्धको अवधि पाँच वर्ष रहेको छ ।

८. हाल (सन् २०२४ फेबु्रअरी) संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?

  नेपाल 

– राष्ट्रसङ्घीय तथ्याङ्क अनुसार नेपाली सुरक्षाकर्मीको सङ्ख्या छ हजार २४७ रहेको छ । यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या हो ।

– धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बङ्गलादेश (छ हजार १९७) दोस्रो र भारत (छ हजार ७३) तेस्रो स्थानमा रहेका छन् । त्यस्तै रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन् । 

७. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार–२०७९ प्राप्त गर्ने स्रष्टा को हुनुहुन्छ ?

 विजय हितान (लाहुरे दाइको रेलिमाई 

उपन्यासका लागि)

८. नेपाली वनस्पतिका पिता भनी कसलाई चिनिन्छ ?

  बुखानन ह्यामिल्टन

९. अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

 विसं २०८० फागुन ३–५, धुलिखेल 

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसको उद्घाटन गर्नुभएको थियो ।

– धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सम्पन्न भयो ।

– भारतीय विश्वविद्यालय सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको थियो ।

१०. दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने नेपालका पहिलो निजामती कर्मचारी को हुन् ?

 बमबहादुर विक (सन् २०२४ फेब्रुअरी १३)

– रुकुम पश्चिम स्थायी घर भएका विक काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहनुभएको छ ।

– एकान्कागुवा हिमालको उचाइ छ हजार ९६२ मिटर रहेको छ । 

– उहाँले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जरोको समेत सफल आरोहण गर्नुभएको छ । 

११. सङ्घीय संसद्को महासचिवमा कसलाई नियुक्त गरियो ?

 पद्मप्रसाद पाण्डेय (विसं २०८० माघ २३)

१२. राष्ट्रिय महिला उद्यमी सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

 विसं २०८० फागुन ४ र ५, भैरहवा 

१३. विसं २०८० माघमा सम्पन्न प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?

  त्रिभुवन विश्वविद्यालय 

– त्रिभुवन विश्वविद्यालय १८ स्वर्ण, आठ रजत र तीन कांस्य पदक जितेर च्याम्पियन बनेको छ । 

– राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय दोस्रो (तीन स्वर्ण, चार रजत र नौ कांस्य) र लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो (एक स्वर्ण, दुई रजत र दुई कांस्य) भएका छन् । 

– खेल सञ्चालन ः विसं २०८० माघ २२ र २३, काठमाडौँ ।

– खेल सङ्ख्या ः ४ (एथ्लेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन) 

– सहभागी विश्वविद्यालय ः १० (त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय) 

१४. नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने महिला क्रिकेटर को हुनुहुन्छ ?

  रुबिना क्षेत्री बेल्बासे

–  सन् २०२४ फेब्रुअरीमा मलेसियामा आयोजित एसिसी प्रिमियर कपमा ११८ रनको शतकीय इनिङ्स खेलेर पूर्वकप्तान रुबिना क्षेत्री बेलबासेले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने रेकर्ड आफ्नो नाममा राख्नुभएको छ । 

– माल्दिभ्सविरुद्ध २१४ रनको विशाल अन्तरको जित निकाल्दा रुबिनाले सो रेकर्ड कायम गर्नुभएको हो । 

– रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० खेलको एकै खेलमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने क्रिकेटरसमेत बन्नुभएको छ । 

– सो खेलमा नेपालको महिला टोलीको अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा सर्वाधिक ठुलो २२७–४ को योगफलको रेकर्ड पनि कायम भएको छ । 

१५. सन् २०२४ फेब्रुअरीमा कतारमा सम्पन्न एसिया कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 आयोजक कतार 

– कतारले जोर्डनमाथि ३–१ को जित निकाली लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।

– फाइनल खेलमा कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका छन् । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन् । 

१६. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 सुप्रिम मल्ल (नगद ५० हजार रुपियाँ र सम्मानपत्र)

१७. विसं २०८० माघ २९ मा सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति रहेको छ ?

  २०.२७ प्रतिशत

– तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ अनुसार नेपालको गरिबी २५.१६ प्रतिशत रहेको छ । 

– करिब डेढ दशकमा गरिबीको दर जम्मा ५.१३ प्रतिशत बिन्दुले मात्रै घटेको छ । 

– २०४५ मा कुल जनसङ्ख्याको ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकोमा २०६९ मा आइपुग्दा २३.८ प्रतिशतमा झरेको थियो । 

– गरिबीको दर सहरी क्षेत्रमा १८.१४ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत देखिएको छ । 

– कृषि क्षेत्रमा रोजगारी गर्नेहरू सबैभन्दा बढी ३७.८१ प्रतिशत र सेवा क्षेत्रमा स्वरोजगार रहेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब छन् । 

– निरक्षर जनसङ्ख्या सबैभन्दा बढी ३२.३२ प्रतिशत एवं स्नातक वा सोभन्दा बढी पढेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 

– परिवारको सदस्य सङ्ख्या सात वा सोभन्दा बढी रहेको जनसङ्ख्या सबैभन्दा बढी २९.९२ प्रतिशत गरिब र एक जना मात्रै रहेको जनसङ्ख्या सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 

– धनी र गरिबबिचको असमानता नाप्ने गिनी सूचक ०.३० (यसअघि ः ०.३३) रहेको छ । 

– प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपियाँभन्दा कम खर्च गर्ने नागरिक गरिब अन्तर्गत वर्गीकरण गरिएको छ ।

१८. पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले पहिलो पटक मन्त्रीपरिषद्को कार्यालयभन्दा बाहिर कहाँ मन्त्रीपरिषद्को बैठक आयोजना ग¥यो ?

  पञ्चकोट (बागलुङ) 

– २०८० माघ २९ मा सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रीपरिषद् बैठक बसेको छ । 

– प्रदेशभित्रका ऐतिहासिक धार्मिक पुरातात्त्विक, पर्यटकीय स्थलको प्रवर्धन गर्न प्रदेशका विभिन्न ठाउँमा बैठक गर्ने योजना अनुसार पञ्चकोटमा बैठक बसेको जनाइएको छ ।

१९. सन् २०२४ फेब्रुअरीमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

  अस्ट्रेलिया 

– फेब्रुअरी ११ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले हराएर सो उपाधि जितेको हो । 

– अस्ट्रेलियाले चौथो पटक यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । सन् २०१० पछि भने अस्ट्रेलिया पहिलो पटक च्याम्पियन बनेको छ । 


२ फागुन २०८०, बुधबार


१. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ?

 अमेरिकी गायिका टेलर स्विफ्ट

– लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् । 

– सन् २०२४ को ६६ औँ ग्रामी अवार्ड हो । 

– एल्बम अफ दी इयर : मिडनाइटस् (टेलर स्विफ्ट)

– बेस्ट सङ अफ दी इयर : गायिका विली आइलिस (अमेरिका) 

– बेस्ट रेकर्ड अफ दी इयर : गायिका माइली साइरस (एल्बम ः फ्लावर) 

– बेस्ट ग्लोबल म्युजिक एल्बम : यो पल, भारतीय गायक शङ्कर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनको ‘शक्ति’ ब्यान्डको एल्बम

२.  मलेसियाको नयाँ राजा को बनेका छन् ?

  इब्राहिम इस्कन्दर

– सुल्तान इस्कन्दरको शपथ (माघ १७) मा भएको हो ।

– उनी आगामी पाँच वर्षका लागि राजा निर्वाचित भएका हुन् । 

– ६५ वर्षीय इस्कन्दर जोहर शाही परिवारका हुन् । 

– सुल्तान इस्कन्दर आफ्नै निजी सेना, निजी जेट भएका अर्बपति हुन् । 

३.  नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?

  सन् २०२४ फेब्रुअरी ९

– अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका व्रmममा परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

– नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महìवपूर्ण हुने विश्वास लिइएको छ ।

४. अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल पहिलो नगरपालिका कुन हो ? 

  तिलोत्तमा नगरपालिका (रुपन्देही)

५.  कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको कति दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिने छ ?

 १५ दिनभित्र 

– यो प्रावधान अनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्ने र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने छ ।

– राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिव्रिmया तथा सहमति प्रदान नगर्ने र ढिलासुस्तीका कारण विकासनिर्माण, कानुन निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कार्यमा असर परेपछि मन्त्रीपरिषद्ले २०८० पुस २४ मा यससम्बन्धी निर्णय गरेको जनाइएको छ ।

६.  आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागु गरेको हो ?

  काठमाडौँ उपत्यका 

– पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आर्थिक वर्ष २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको छ ।

– हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणली कार्यान्वयनमा ल्याइएको हो ।

– बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागु गरिने छ ।

७.  लिम्बू भाषा कुन लिपिमा लेखिन्छ ?

 सिरिजङ्गा

– (यस लिपिको आविष्कार तेअङ्सी सिरिजङ्गाबाट भएको हो । उनको जन्म विसं १७६० को दशकमा ताप्लेजुङ जिल्लाको तल्लेक भन्ने ठाउँमा भएको हो ।)

८.  पुरातात्त्विक  शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

 गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)

– (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएका छन् ।)

 ९.  नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?

 कास्की

– घोषणा भएको मिति : विसं २०६८ असार १०

– खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला :  चितवन (२०६८ असोज ६) 

– तेस्रो : तनहुँ (२०६९ साउन ३) 

नोट : दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) । 

१०.  एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

  सन् १९६१ 

– वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको हो ।

– विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।

– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सव्रिmयतामा भएको हो ।

– यसको प्रधान कार्यलय बेलायतको लन्डनमा रहेको छ ।

११. ‘साहित्य लोकहितमा सृजित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो’ भन्ने साहित्यकार को हुन् ?

 घटराज भट्टराई

१२.  अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?

 थारू

– महिलाहरू व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको छ ।

– पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा) का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको छ ।

– पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ । 

– नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहित छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।

१३.  नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

  जुद्धशमशेर 

१४.  संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

 सन् १९९८ 

– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ –२००६) हुन् ।

– हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।

१५.  नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रिय सुरक्षा परिषद्मा अध्यक्ष, सदस्य र सदस्यसचिवसहित कति सदस्यीय हुने व्यवस्था छ ?

 आठ

१६.  जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहाँ पर्दछ ?

 डडेलधुरा 

१७.  ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?

  मार्क भानडोरेन, अमेरिकी कवि

१८.  हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?

 आङरिता शेर्पा

– (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरि, माउन्ट के टु लगायतका दर्जनाैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका छन् ।)

१९.  झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?

  भाइजन

२०.  पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?

 बुद्धकालीन हलिदावसन नगर

– गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्य अन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको हो ।

– प्राचीन कोलीय गणराज्य अन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्हरूले उल्लेख गरेका छन् । प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगरहरू कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको छ ।

२१.  चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

   सन् १९२९ 

– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)

२२.  नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

 विसं १९३८ 

२३.  नेपालको चालु १५ औँ योजना (२०७६/७७–२०८०/८१) ले योजन अवधिको अन्त्यसम्म सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?

 ६० प्रतिशत 

२४.  इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको प्रयोग हुन्छ ?

 लिथियम–आयन ब्याट्री

२५.  मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?

 गुल्मी 

–  गुफा करिब १८५ मिटर लामो रहेको छ ।

–  गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै १५० मिटर भित्र पुगेपछि पाँच सय जनासम्म अट्ने स्थान रहेको छ, जसलाई सभाहल नामकरण गरिएको छ । त्यस्तै गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरूले गुफा मनमोहक बनेको छ ।

 –  गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीयले बताएका छन् । 

२६.  व्यथित काव्य सम्मान–२०७९ कसलाई प्रदान गरियो ?

 गीता कार्की 

– २०८० माघ २२ मा सो सम्मान प्रदान गरिएको हो ।

– त्यसै गरी साहित्यिक पत्रकार सङ्घले २०७५ र २०७७ को व्यथित काव्य सम्मान क्रमशः श्रवण मुकारुङ र कृसु क्षेत्रीलाई प्रदान गरेको छ ।

२७.  हालै कुन खाडी मुलुकले विशेष सिप भएका विदेशीलाई देशको नागरिकता दिने गरी नागरिकतासम्बन्धी कानुन परिमार्जन गरेको छ ?

 संयुक्त अरब इमिरेट्स (युएई) 

Tagged

2 thoughts on “Current Affairs _ GK (Falgun)

Leave a Reply

Your email address will not be published. Required fields are marked *