Current Affairs _ GK (Chaitra, 2080)

Loksewa classes

 २८ चैत २०८०


१.  फोब्र्सको नयाँ सूची (२०२४ अप्रिल) अनुसार विश्वका धनाढ्यमा पहिलो स्थानमा रहन सफल अर्बपति को हुन् ?

 बर्नार्ड आर्नल्ट 

विश्वका प्रमुख १० जना धनाढ्य  

१. बनार्ड आर्नल्ट (फ्रान्स) : दुई खर्ब ३३ अर्ब 

२. एलन मक्स (अमेरिका) : एक खर्ब ९५ अर्ब 

३. जेफ बेजोस (अमेरिका) : एक खर्ब ९४ अर्ब

४. मार्क जुकरवर्ग (अमेरिका) : एक खर्क ७७ अर्ब 

५. ल्यारी इलिसन (अमेरिका) : एक खर्ब ४१ अर्ब 

६. वारेन बफेट (अमेरिका) : एक खर्ब ३३ अर्ब 

७. बिल गेट्स (अमेरिका) : एक खर्ब २८ अर्ब 

८. स्टिभ बाल्मर (अमेरिका) : एक खर्ब २१ अर्ब 

९. मुकेश अम्बानी (भारत) : एक खर्ब १६ अर्ब 

१०. ल्यारी पेज (अमेरिका) : एक खर्ब १४ अर्ब 

– नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी कुल एक अर्ब एक करोड अमेरिकी डलर सम्पत्तिसहित विश्वका अर्बपतिको सूचीमा १७६४ औँ स्थानमा रहेका छन् । 

२.  प्रतिनिधि सभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र कहिले अनुमोदन भएको हो ?

 विसं २०८० चैत २०

३.  नासाका अनुसार पृथ्वीको औसत तापक्रम कति रहेको छ ?

 १५ डिग्री सेल्सियस (५९ डिग्री फरेनहाइट)

४.  गैँडा गणना कति कति वर्षको अन्तरालमा गर्ने गरिन्छ ?

 पाँच वर्ष 

५.  हाल कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

 चीन 

कार्बनडाइअक्साइड उत्सर्जन गर्ने प्रथम पाँच राष्ट्र (सन् २०२३/२४) 

चीन : २९ प्रतिशत

अमेरिका : १४ प्रतिशत

भारत : ७ प्रतिशत

रुस : ४.५ प्रतिशत

जापान : ३.५ प्रतिशत

६.  राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?

 चैत २० 

–  ६७ औँ राष्ट्रिय सहकारी दिवस (२०८०) को नारा : ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ 

– २०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सहकारी दिवस मनाइन्छ ।

– अहिले मुलुकभर ३१ हजार तीन सयभन्दा बढी सहकारी रहेका छन् । सहकारीमा करिब ७३ लाखभन्दा बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, चार खर्ब ७८ अर्बभन्दा बढी बचत र चार खर्ब २३ अर्ब रुपियाँभन्दा बढी ऋण परिचालन एवं झन्डै ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । 

– कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारीको रहेको छ ।

७.  विश्व बैङ्कद्वारा सार्वजनिक प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको अर्थतन्त्र कति प्रतिशतले वृद्धि हुने अनुमान छ ?

 ३.३ प्रतिशत

– पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डो¥याउने विश्व बैङ्कले आकलन गरेको छ । 

– आव २०८०/८१ को बजेटले नेपालको आर्थिक वृद्धिदर छ प्रतिशत हासिल हुने लक्ष्य राखेको थियो । 

– सन् २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बैङ्कले प्रक्षेपण गरेको छ ।

– ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको २०२४ अप्रिलको यस संस्करणले दक्षिण एसियाको वृद्धि सन् २०२४ मा छ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरेको छ ।

८.  ताइबानमा २५ वर्षयताकै ठूलो भूकम्प कहिले गयो ?

 २०२४ अप्रिल ३

– दुई करोड ३० लाख जनसङ्ख्या रहेको स्वशासित टापु ताइबानमा गएको भूकम्प (७.४ म्याग्निच्युड) को धक्का चीन, जापान र फिलिपिन्ससम्म पनि परेको छ । 

– दुई टेक्टोनिक प्लेटको सङ्गम नजिक अवस्थित ताइबान विश्वका भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ ।  

९.  माइक्राेसफ्ट कम्पनीको स्थापना कहिले भएको हो ?

 सन् १९७५ अप्रिल ४

– टाइपराइटरको युगमा बालसखाद्वय बिल गेट्स र पाउल एलनले कम्प्युटर सफ्टवेयर बनाउने कम्पनी खोलेका थिए । 

– सन् १९८६ मा कम्पनीले सार्वजनिक सेयर जारी गरेर पब्लिक कम्पनी बन्यो । त्यसको एक वर्षमै ३१ वर्षीय बिल गेट्स विश्वकै कान्छो अर्बपति बन्न सफल भए । माइक्राेसफ्ट विश्वकै ठुलो प्रविधि कम्पनी बन्न सफल भएको छ । 

१०.  अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले दास्रो विश्व युद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणका लागि बृहत् योजना ‘मार्सल प्लान’ मा कहिले हस्ताक्षर गरेका हुन् ?

 सन् १९४८ अप्रिल ३ 

– अमेरिकाको पक्षमा विश्वयुद्ध लडेका युरोपेली मुलुकमा साम्यवादको उदय रोक्न र खस्कँदो अर्थतन्त्रको  पुनरुत्थान गर्ने उद्देश्यका साथ सो योजना ल्याइएको थियो । 

– तत्कालीन अमेरिकी विदेशमन्त्री जर्ज सी मार्सलले सो योजना तयार पारेका थिए । 

११.  पाँचौँ  अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?

 चिसो मान्छे 

अवार्ड विजेता विधा एवं कलाकार 

– लघु फिल्मतर्फ मोहन अभिलाषीद्वारा निर्देशित ‘घुर्रा’ ले अवार्ड जितेको छ । 

– फिल्म ‘चिसो मान्छे’ बाट अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेतृको अवार्ड जित्नुभएको छ । 

– अभिनेतातर्फ ‘महापुरुष’ बाट हरिवंश आचार्यले अवार्ड जित्नुभएको छ । यही फिल्मबाट निर्देशनमा प्रदीप भट्टराई उत्कृष्ट निर्देशक घोषित हुनुभयो ।

– ‘छक्का पञ्जा–४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले जुरी मेन्सन अवार्ड प्राप्त गर्नुभएको छ । 

– राष्ट्रियतर्पm उत्कृष्ट सांस्कृतिक फिल्ममा ‘थिम’, वातावरणीयमा ‘दियर इज नो टुमारो’, डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला फिल्म ‘दी गोर्खा गर्ल’, उत्कृष्ट बाल फिल्ममा ‘इयर्ली होम’ ले अवार्ड जितेका छन् । 

– स्पेसल जुरी मेन्सनतर्फ ‘जर्ना’ र ‘युवराज’ ले अवार्ड उचालेका छन् । 

– अन्तर्राष्ट्रियतर्फ भारतको ‘मुझे स्कुल नही जाना’ र लघुतर्फ बेलायतको ‘नो फ्रिडम नो आर्ट’ ले अवार्ड प्राप्त गरेका छन्  । 

– बङ्गलादेशका प्रसुन रहमानले चलचित्र 

‘डियर सत्यजित’ बाट उत्कृष्ट निर्देशक अवार्ड पाउनुभएको छ । महिलातर्फ पाकिस्तानको ‘इन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘सट बुट थ्री’, वातावरणीय फिल्ममा साउथ अफ्रिकाको ‘दी लास्ट सिड’, मानव अधिकार फिल्ममा बेल्जियमको ‘ह्वेर ह्याभ अल दी स्माइल्स गन’ ले अवार्ड प्राप्त 

गरेको छ । 

१२.  राष्ट्रिय अर्थशास्त्री सम्मेलन कहिले सम्पन्न भएको हो ?

 २०८० चैत २३–२४, काठमाडौँ

– राष्ट्रिय चरित्र अनुरूपको स्वाधीन र समुन्नत अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले बर्सेनि आयोजना गर्दै आएको यो सम्मेलन तेस्रो हो । 

१३.  इभी कारमा छ वटा महादेशका २७ देशको ३० हजार किलोमिटर यात्रा गरेर विश्व कीर्तिमान कायम गर्ने महिला को हुन् ?

 लेक्सी अल्फोर्ड

– लेक्सी इभी कारमा विश्व भ्रमण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । 

१४.  नेपालमा राष्ट्रिय पुस्तकालय दिवस कहिले मनाइन्छ ?

 भाद्र १५

– १६ औँ (२०८०) को नारा ः पुस्तौँपुस्ताका लागि पुस्तकालय 

१५.  अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?

 डा. घनश्याम ज्ञवाली 

१६.  वायु प्रदूषणको अवस्था मापन गर्ने स्विट्जरल्यान्डको आइक्यु एयरका अनुुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा कति औँ स्थानमा रहेको छ ?

 तेस्रो (सन् २०२४ अप्रिल) 

– पहिलो स्थानमा भारतको नयाँ दिल्ली र दोस्रो स्थानमा थाइल्यान्डको चिङमाई रहेका छन् । 

– काठमाडौँको वायु गणुस्तर सूचकाङ्क (एक्युआई) १७३ रहेको छ । 

– १५१ देखि २०० एक्युआईलाई अस्वस्थकर मानिन्छ । 

– नयाँ दिल्लीको एक्युआई २४४ रहेको छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्युआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । 

– एक्युआईले हावामा हुने पिएम २.५ र पिएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।

१७.  सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ) ले गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्रका रूपमा घोषणा गरेको देश कुन हो ?

 नेपाल 

१८.  पूर्ण रूपमा डिजिटल भएको घोषणा गरिएको निकाय कुन हो ?

 सूचना तथा प्रसारण विभाग (२०७९ असार १९)

१९.  जनगणना २०७८ अनुसार शौचालयको पहुँच पुगेको जनसङ्ख्या कति रहेको छ ?

 ९५.५ प्रतिशत (पहुँच नपुगेको जनसङ्ख्या ः ४.५ प्रतिशत)

२०.  आफ्ना विश्व कीर्तिमानको सङ्ख्या १५६ पु¥याउन सफल कीर्तिमानी नेपाली को हुनुहुन्छ ?

 डा. डीआर उपाध्याय 

– यसअघि गीतसङ्गीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले थप २० विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । 

– २०८० चैत २२ मा विश्व कीर्तिमान प्रदान गर्ने विश्वका संस्थाले उपलब्ध गराएका २० कीर्तिमान रक्षामन्त्री हरिप्रसाद उपाध्यायद्वारा हस्तान्तरण गरिएको छ । 

– डा. उपाध्यायका ३६ भन्दा बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सयौँ गीतका भिडियो सार्वजनिक छन् । 

२१.  गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय कति पु¥याउने लक्ष्य लिएको छ ?

 दुई हजार पाँच सय डलर 

– ‘आत्मनिर्भर र समुन्नत प्रदेश ः सम्मानित प्रदेशवासी’ भन्ने नारासहित गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा २०८० चैत १९ मा सार्वजनिक दोस्रो पञ्चवर्षीय योजना (२०८१÷८२–२०८५÷८६) को आधारपत्रमा सो कुरा उल्लेख गरिएको छ । 

– प्रदेशको आर्थिक वृद्धिदर अहिले ३.३ प्रतिशत रहेकोमा दोस्रो योजना कार्यान्वयन पछि आठ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । 

– अपेक्षित आयु ७१.१ वर्षबाट ८० वर्ष पु¥याउने लक्ष्य लिइएको छ । 

– बहुआयामिक गरिबी ९.६ प्रतिशतबाट छ प्रतिशतमा झार्ने योजना छ ।

– आगामी योजनामा पहिलो प्राथमिकतामा कृषि एवं यसपछि क्रमशः उद्योग र पर्यटनको विकासबाट प्रदेशको समृद्धि हासिल हुने यकिन गरिएको छ । 

२२.  सर्वोच्च अदालतले घर तथा कार्यालयमा आखेटोपहार राख्न नपाउने आदेश कहिले जारी गरेको हो ?

 २०८० जेठ १६ 

२१ चैत २०८०


१. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?

 विसं २०८० चैत १८ 

– काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाइएको छ । 

– इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिएको छ । 

– यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । 

त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ । 

२. अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले प्रदान गर्दै आएको अनेवा नक्षत्र पुरस्कार–२०२२ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ?

  गीता रेग्मी (२०८० चैत १४ मा प्रदान, राशि : ७५ हजार रुपियाँ)

– ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई सो पुरस्कारबाट सम्मानित गरेको हो । 

– सो नियात्रा कृतिमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रूपमा उठान गरिएको छ ।

३. नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ कहिले सम्पन्न भएको हो ?

  विसं २०८० चैत १७ र १८ 

– सम्मेलनमा १६ बुँदे चितवन घोषणापत्र जारी गरिएको छ । 

४. पे्रसिडेन्ट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित (अमेरिकामा) नेपाली मूलका युवा को हुनुहुन्छ ?

 प्रवीण भण्डारी 

– चार हजार एक सय घण्टा स्वयंसेवा गरी आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महìवपूर्ण अवार्ड प्रदान गरिएको हो । 

– पर्वतका भण्डारीले अमेरिकामा रही नेपाली समुदाय तथा अमेरिकी समुदायलाई कोभिड–१९ र अन्य समयमा समेत सहयोग गर्दै आएका थिए । 

५. कृषि व्यवसाय एवं उपभोक्ताको हितलाई ध्यानमा राखी कृषि मूल्य सूचना प्रणाली कुन प्रदेशमा सञ्चालनमा ल्याइएको छ ?

  कोशी प्रदेश (विसं २०८० चैत १४ बाट)

– यो प्रणालीमा कोशी प्रदेशका तीन ठुला कृषि बजार बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने हाल मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । 

६. यस वर्ष (२०८०) को महामूर्ख सम्मेलनमा महामूर्खको उपाधि कसलाई प्रदान गरियो ?

 रामचन्द्र मण्डल (मधेश प्रदेश सभाका सभामुख)

सम्मानित व्यक्तित्वहरू

– महामूर्खको उपाधि : रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेश 

– पटमूर्खको उपाधि : सुभाषचन्द्र शिवाकोटी 

– मूर्ख महामण्डलेश्वरको उपाधि : प्रेम विदेह ललन 

– सदावहार मूर्खको उपाधि : महावीर दास 

– वैशाखानन्दको उपाधि : दिनेश पूर्वे 

– स्थायी मूर्खको उपाधि : सुवासचन्द्र साह

– मिथिलाको कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप) ले विसं २०६१ देखि होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । 

७. एसियाज फिफ्टी बेस्ट रेस्टुरेन्ट्स अवार्डले सार्वजनिक गरेको रेस्टुरेन्टको सूचीमा एसियाको पहिलो स्थानमा रहन सफल रेस्टुरेन्ट कुन हो ?

 सेजेन रेस्टुरेन्ट (टोकियो) 

– टोकियोकै फ्लोरिलेज रेस्टुरेन्ट सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।

सन् २०२४ मा एसियाका उत्कृष्ट १० रेस्टुरेन्ट

 १. सेजेन (टोकियो) 

 २. फ्लोरिलेज (टोकियो)

 ३. गगन आनन्द (बैङ्कक)

 ४. दी चेयरम्यान (हङकङ)

 ५. विङ (हङकङ)

 ६. नुसारा (बैङ्कक)

 ७. सुहरिङ (बैङ्कक)

 ८. डेन (टोकियो)

 ९. ला सीम (ओसाका)

 १०. ओडेट्टी (सिङ्गापुर)

८. विसं २०८० चैत १५ देखि सञ्चालित एसइई परीक्षामा मुलुकभर कति परीक्षार्थी रहेका छन् ?

 पाँच लाख चार हजार ४१४ 

छात्र : दुई लाख ५३ हजार ६२७

छात्रा : दुई लाख ५० हजार ७७२ 

– सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापान परीक्षा केन्द्रमा २३ जना छन् । 

– यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

– यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्पm न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने छ । 

– दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ ।

– यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने छ । 

९. मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  दुर्गालाल श्रेष्ठ

१०. एचथ्री नामक नयाँ पुस्ताको रकेटको सफल परीक्षण गर्ने राष्ट्र कुन हो ?

  जापान 

११. सुनथराली विमानस्थल कहाँ रहेको छ ?

 कालीकोट (नरहरिनाथ गाउँपालिका–१, कोटवाडा)

– विसं २०८० फागुन १४ मा विमानस्थल उद्घाटन गरिएको हो । 

– यस विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर छ । 

– सुनथराली विमानस्थल दुवै तर्फबाट हवाईजहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थलका रूपमा रहेको छ । 

१२. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?

 विसं २०८० फागुन 

– बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याइएको हो । 

– विसं २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति–२०८० स्वीकृत गरेको हो । 

– नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो । 

– सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो । 

प्रमुख प्रावधान 

– बिमा क्षेत्रमा भएको लगानीयोग्य पुँजीलाई राष्ट्रिय पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने,

– गरिबीको रेखामुनि रहेकालाई बिमा शुल्कमा छुट, 

– बिमा कलेज स्थापना,

– बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको लेखा प्रणाली, 

– सामूहिक कोषमार्फत भूकम्प, हवाई, कृषि र लघुबिमा सञ्चालन, 

– बिमा क्षेत्रको की पर्फर्मेन्स इन्डिकेटर बनाइने, 

– वातावरणीय प्रभाव र गरिबीको दृष्टिले जोखिममा रहेका व्यवसायीको बिमा, 

– भूगोल र समय अनुसार फरक फरक बिमा, 

– विदेशमा रहेका नेपालीलाई बिमाको दायरामा, 

– पुनर्बिमा विदेशी मुद्रा आर्जनको माध्यम बनाइने, 

– बिमामा हुन सक्ने ठगी एवं जालसाजी नियन्त्रण, 

– भूगोल र समाज अनुसार फरक फरक बिमा,

१३. मातृभूमि राष्ट्रिय सम्मान–२०८० कसलाई प्रदान गरियो ?

 संस्कृतिविद् डा. जगमान गुरुङ 

१४. संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बिचको अवधि कति समयभन्दा बढी हुनु हुँदैन ?

 छ महिना

१५. पाकिस्तानका राष्ट्रपिता भनेर कसलाई चिनिन्छ ?

 मोहम्मद अलि जिन्ना 

१६. नयाँ सत्ता गठबन्धनको निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा चार सदस्यीय मन्त्रीमण्डलको गठन कहिले गरियो ?

 विसं २०८० फागुन २१

– प्रधानमन्त्री प्रचण्डद्वारा पुराना सबै मन्त्री हटाई फागुन २१ मा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गरिएको हो । 

– सत्ता समीकरण बदलिएपछि फागुन २१ मा चार दलको बैठकद्वारा आठ बुँदे सहमति गरियो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

१७. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?

 सन् १९८७, क्यानडाको मन्ट्रियल 

१८. दिगो विकास लक्ष्यको ‘फाइभ पी’ भन्नाले के के बुझिन्छ ?

 पिपुल, प्लानेट, प्रोस्परिटी, पिस एन्ड पार्टनरसिप (मानिस, ग्रह, समृद्धि, शान्ति, साझेदारी) 

१९. दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 सीमाविद् बुद्धिनारायण श्रेष्ठ 

– पुरस्कार राशि ५० हजार रुपियाँ रहेको छ । 

– यो पुरस्कार इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवालगायतका विविध विषयमा राष्ट्रियस्तरमा योगदान पु¥याउनेलाई २०६३ सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । 

२०. बान्तवा भाषाको शब्दकोश कहिले प्रकाशित भएको हो ?

 विसं २०८० चैत 

– ‘बान्तवा शब्दकोश’ बान्तवा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ ।

– नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईलगायतद्वारा २०८० चैत १४ मा सार्वजनिक गरिएको हो । 

– ११ वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समिति बनेको थियो । समितिले भाषा वैज्ञानिक प्राडा नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, नीराजन राई तथा डिक बान्तवा थिए । 

१४ चैत २०८०

१. वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

 ९३ औँ

–  वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल ९३ औँ स्थानमा रहेको छ ।

– यस वर्ष पनि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । लगातार सात वर्षदेखि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ । 

– सूचीको अन्तिममा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान रहेको छ । 

– सूचीमा अग्रस्थानमा रहेका १० राष्ट्र क्रमशः फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जेम्वर्ग, स्विट्जरल्यान्ड र अस्ट्रेलिया ।

– सूचीको अन्तिम स्थान (१४३ औँदेखि १३४ औँ) मा रहेका राष्ट्र क्रमशः अफगानिस्तान, लेबनान, लेसोथो, सिएरालियोन, कङ्गो, जिम्बावे, बोत्स्वाना, मलावी, इस्वातिनी, जाम्बिया ।

– दक्षिण एसियाली राष्ट्रहरूमा नेपाल ९३ औँ, पाकिस्तान १०८ औँ, भारत, १२६ औँ, श्रीलङ्का १२८ औँ र बङ्गलादेश १२९ औँ स्थानमा छन् ।

२. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ? 

 मार्च २४

– सन् २०२४ को नारा : ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं ।’

– सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगका किटाणु पत्ता लगाएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ । 

– सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपाल पनि अडिग रहेको छ । 

– राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१/२२ देखि २०२५/२६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको छ । 

– विश्व स्वास्थ्य सङ्गठनको आकलन अनुसार आर्थिक वर्ष २०७९/८० मा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएकोमा ३७ हजार ४४७ जना बिरामी उपचारको दायरामा आएका छन् । यीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी छन् । 

– विश्वमा औषधी प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्ट ट्युबरकुलोसिस) को उच्च भार भएका ३० देशमध्ये नेपाल परेको छ । 

३. बिबिसीको १०० शक्तिशाली महिलाको सूची (सन् २०२४) मा पर्ने नेपाली अभियन्ता को हुनुहुन्छ ?

 रुक्सना कपाली 

४. माल्दिभ्सबाट भारतीय सैनिक कहिले फिर्ता भएको हो ?

 सन् २०२४ मार्च १० 

– (माल्दिभ्स चीनसँग नजिकिएपश्चात् भारतले आफ्नो सेना फिर्ता लागेको हो ।)

५. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १८२ औँ राष्ट्र कुन हो ?

  टोङ्गा 

६. विश्वमै पहिलो पटक मानव मस्तिष्कमा ‘चिप’ प्रत्यारोपण कहिले गरिएको हो ?

 सन् २०२४ जनवरी २९ 

– अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको छ ।

– चिपको सहयोगबाट व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर एवं अन्य उपकरण नियन्त्रण गर्न सकिने जनाइएको छ । स्नायुसम्बन्धी जटिल रोगको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ । 

७.  नेपालमा पहिलो पटक ‘अल ब्रिड च्याम्पियनसिप डग सो’ कहिले सम्पन्न भएको हो ?

  वि सं २०८० माघ ६

८.  कर्मणाः र मान्छेभित्रका योद्धाहरू कृतिका लेखक को हुनुहुन्छ ?

 झमक घिमिरे 

९.  ‘फ्रिडम इन एक्साइल’ नामक कृतिका लेखक को हुन् ?

  दलाई लामा (माई ल्यान्ड एन्ड माई पिपुल नामक कृतिका लेखक पनि दलाई लामा हुन् ।) 

१०.  ‘अमेरिका फस्र्ट’ नारा दिने अमेरिकी राष्ट्रपति एन्ड्रिउ ज्याक्सन हुन् भने ‘किप अमेरिका ग्रेट’ नारा दिने अमेरिकी राष्ट्रपति को हुन् ?

  डोनाल्ड ट्रम्प

११.  टाइम म्यागजिनद्वारा टाइम वर्ष व्यक्ति–२०२३ को उपाधि कसलाई प्रदान गरियो ?

  टेलर स्विफ्ट 

– सबैभन्दा कम उमेरमा टाइम वर्ष व्यक्ति घोषित हुने स्विडेनकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्ग (१६ वर्षको उमेरमा) हुन् । 

– तीन पटक टाइम पर्सन अफ दी इयर घोषित हुने एक मात्र व्यक्ति एफडी रुजबेल्ट हुन् । 

– सन् १९९९ मा प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई टाइम पर्सन अफ द सेन्चुरी घोषित गरिएको थियो । 

– टाइम वर्ष व्यक्ति घोषणाको सुरुवात सन् १९२७ मा गरिएको हो ।

१२.  उच्च स्थानमा रहेको तिलिचो तालमा गीत रेकर्ड गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल गायक को हुन् ? 

 सागर अधिकारी (विसं २०८०)

१३. वानिरा प्रज्ञा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 साहित्यकार प्रा. पुष्कर लोहनी (पुरस्कार राशि : एक लाख रुपियाँ)

– त्यसै गरी वानिरा शङ्कर पुरस्कार (एक लाख रुपियाँ) मदनदास श्रेष्ठलाई प्रदान गरिएको छ । 

–  ५० हजार रुपियाँ राशिको वानिरा पुरस्कार अनिता तुलाधरलाई प्रदान गरिएको छ । 

१४.  रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा एक सय तिसभन्दा बढी मानिसको ज्यान जाने गरी हतियारधारीद्वारा आव्रmमण कहिले भएको हो ?

 सन् २०२४ मार्च २२

१५.  २०८० सालको मैनाली कथा पुरस्कार कसलाई प्रदान गरियो ?

 नरेन्द्रराज पौडेल (पुरस्कार राशि : ५१ हजार रुपियाँ)

१६.  १८ औँ एनएनआइपिए स्पोटर््स अवार्ड–२०८० मा वर्षका सर्वश्रेष्ठ खेलाडी को हुनु भयो ? 

 पुरुषतर्फ ः दीपक अधिकारी (एथलेटिक्स) र महिलातर्फ सुष्मा तामाङ (बक्सिङ)

– विसं २०८० चैत १२ मा दीपक र सुष्मा एनएनआइपिए वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको हो । 

– दुवै जनाले सर्वश्रेष्ठ खेलाडीको अवार्डसहित जनही एक लाख रुपियाँ प्राप्त गर्नुभएको छ । 

– यसै गरी महिलातर्फ पौडीकी डुवाना लामा र पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले प्रतिभाशाली खेलाडीको अवार्ड प्राप्त गर्नुभएको छ । दुवै जनालाई अवार्डसहित ५०/५० हजार रुपियाँ प्रदान गरिएको छ । 

– नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलका खेलाडीबाट एक जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । ३६ खेलका ३६ उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट प्रतिभाशाली पुरुष/महिला खेलाडी छनोट गरिएको हो । 

– टेबुलटेनिसकर्मी धर्ममान वज्राचार्य गजराज आदर्श खेल व्यक्तित्व सम्मान (राशि : ३५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ । 

– भारोत्तोलनका दुर्गामान तामाङलाई पारा एथलिट सम्मान (राशि ः १५ हजार रुपियाँ) र खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई खेलकुद पत्रकारिता सम्मान (राशि : ३५ हजार रुपियाँ) प्रदान गरिएको छ ।

१७.  इन्डोनेसियाको राष्ट्रपति पदमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?

  प्रबोवो सुबिआन्तो

– सुबिआन्तोले ५८.५९ प्रतिशत मत प्राप्त गरेका छन् । 

– प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रतिशत मत प्राप्त गरेका छन् । 

१८.  नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि गर्ने पहिलो मुस्लिम महिला को हुनुहुन्छ ? 

 डा. तबस्सुम सिद्धिकी

१९. त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र अनलाइन प्रणालीबाट दिन कहिले सुरु ग¥यो ?

 वि सं २०८० माघ १५

–  ट्रान्सव्रिmप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग प्रतिलिपिलगायत सेवा अनलाइनबाट दिइने भएको छ ।

२०.  पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष कहिलेदेखि सुरु गरिएको हो ? 

 वि सं २०८० पुस २४

२१.  १३ औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव (विसं २०८० चैत) मा उत्कृष्ट चलचित्रको अवार्ड कुन वृत्तचित्रलाई प्रदान गरियो ? 

  ड्रिम्स
२२.  बेँसीसहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामकरण गरिएको छ ?
 लालुपाते पदमार्ग (विसं २०८०)

२३.  २०८० को कमल राष्ट्रिय सुकर्म पुरस्कार कसलाई प्रदान गरियो ? 

 डा. रचेल कारख (पुरस्कार राशि : ५१ हजार रुपियाँ)

२४.  बाघसम्बन्धी जानकारी समेटिएको पुस्तक ‘पाटेबाघ’ का लेखक को हुनुहुन्छ ?

 डा. हेमसागर बराल

–  बाघको ऐतिहासिक पृष्ठभूमि, बासस्थान, संरक्षणमा भइरहेका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयास, चुनौतीलगायतका पक्ष समेटी तयार पारिएको सो पुस्तकमा बाघलाई विचरण गर्न आवश्यक पर्ने क्षेत्र, आहारा प्रजाति, सिकार गर्ने तरिका, प्रजनन अवस्था, बाघसँगको सांस्कृतिक एवं धार्मिक महìव र यो जन्तुका अन्य आनीबानीलाई यसमा समेटिएको छ । 


७ चैत २०८०

१. राष्ट्रिय सभा अध्यक्षमा को निर्वाचित हुनुभएको छ ?

 नारायणप्रसाद दाहाल

– विसं २०८० फागुन २९ मा भएको निर्वाचनमा नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित ५६ जनामध्ये ३९ मत परेको थियो भने प्रस्तावको विपक्षमा १७ मत परेको थियो ।

– दाहालले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर सोही दिन पदभार ग्रहण गर्नुभयो ।

– उहाँ २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

– २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभएका दाहाल २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनुभयो ।

– २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका दाहाल बाँकी कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ ।

२. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?

 मार्च ८

(११४ औँ (सन् २०२४) को नारा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’

३. आर्थिक विकासमा देशभरमै उत्कृष्ट भई म्युनिसिपल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल नगर कुन हो ?

 बुटवल उपमहानगरपालिका

४. देशभरका नगरपालिकामध्ये सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै सम्मानित हुन सफल नगरपालिका कुन हो ?

 गौर नगरपालिका (रौतहट)

– नेपाल नगरपालिका सङ्घको ३१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यव्रmममा गौरलाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान (२०८० फागुन) गरिएको हो ।

– गत वर्ष गौर नगरपालिका मधेश प्रदेशमै सबै क्षेत्रमा पहिलो स्थानमा थियो ।

५. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सन् २०२४ मार्चमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

 १४६ औँ

– अध्ययन गरिएका १९३ राष्ट्रमध्ये नेपाल १४६ औँ स्थानमा रहेको छ ।

– मानव विकास सूचकाङ्कमा नेपालको तीन स्थान सुधार भएको छ ।

– तीन वर्षअघि सन् २०२१ मा नेपाल १४९ औँ स्थानमा थियो । सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकाङ्कमा ०.०१० ले प्रगति भएको छ ।

– ‘गतिरोधको अन्त्य ः ध्रुवीकृत विश्वमा सहकार्यको पुनर्कल्पना’ शीर्षकको सन् २०२३÷२४ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क मान ०.६०१ पुगेको छ ।

– नेपाल मध्यम मानव विकास श्रेणीको वर्गमा परेको छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकाङ्कको मान ०.५५० देखि ०.६९९ बिचको श्रेणीलाई बुझिन्छ ।

– सन् १९९० देखि २०२२ सम्म नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) १६५.७ प्रतिशतले परिवर्तन भएको छ ।

– नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४०२३ अमेरिकी डलर रहेको प्रतिवेदनको आकलन छ । गत वर्षको प्रतिवेदनमा यो ३,८७७ डलर थियो भने २०२०÷२१ मा २,७४८ अमेरिकी डलर थियो ।

– सन् १९९० मा ०.३९५ रहेको नेपालको मापन २०२२ सम्म आइपुग्दा ०.६०१ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर १५.७ वर्ष, विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ ।

– सन् २०२३ मा मानव विकासको असर सवैभन्दा बढी अफगानिस्तान र युव्रmेनमा परेको छ ।

– मानव विकासको उच्च स्थानमा स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड हङकङ, डेनमार्क रहेका छन् ।

६. बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 अधिकारकर्मी डा. विष्णुमाया परियार (पुरस्कार राशि : एक लाख १० हजार रुपियाँ)

– अभियन्ता डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यव्रmममा समेत संलग्न छ ।

७. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्क कहिले काठमाडौँ आएका हुन् ?

 सन् २०२४ मार्च १८

८. नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण कहिले सञ्चालन भएको हो ?

 वि सं २०८० चैत १–५

९. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भएको हो ?

 वि सं २०५८ फागुन १२

१०. सर्वप्रथम सुशासन शब्दको प्रयोग कहिले भएको हो ?

 सन् १९८९ (विश्व बैङ्कद्वारा)

११. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?

 सन् १९४६

१२. जात्रा, पर्वको सहर भनेर कुन सहरलाई चिनिन्छ ?

 भक्तपुर

१३. पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ?

 वि सं २०८० चैत ४

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको हो ।

– पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

१४. स्पाइनी ब्याब्लर भनेर कुन चरालाई भनिन्छ ?

 काँडे भ्याकुर

१५. सर्वप्रथम बजेटको सुरुवात कुन देशबाट भएको हो ?

 सन् १७३३, बेलायत

१६. नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा दर्शन पुरस्कार कसलाई प्रदान गर्यो ?

 मोहनविक्रम सिंह (महामन्त्री, नेकपा मसाल)

प्रज्ञा–प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरू

प्रज्ञा अनुवाद पुरस्कार ः खगेन्द्र सङ्ग्रौला

प्रज्ञा दर्शन पुरस्कार ः मोहनविव्रmम सिंह

प्रज्ञा सामाजिक शास्त्र पुरस्कार ः शान्ता श्रेष्ठ

प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार ः घनश्याम शर्मा पौडेल

प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार ः कृष्ण गौतम

प्रज्ञा भाषा पुरस्कार ः प्राडा देवीप्रसाद गौतम

प्रज्ञा साहित्य पुरस्कार (पद्य) ः वम देवान

प्रज्ञा साहित्य पुरस्कार (गद्य) ः राजव

प्रज्ञा बाल साहित्य पुरस्कार ः गङ्गा कर्माचार्य

प्रज्ञा अन्तरदेशीय पुरस्कार ः पदम विश्वकर्मा

– यसअघि अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा मातृभाषा साहित्य पुरस्कार हिमाली÷पहाडी क्षेत्रबाट डा. योगेन्द्रमान प्रधानाङ्ग र मधेश क्षेत्रबाट बेचन उराँवलाई प्रदान गरिएको थियो ।

– उपरोक्त पुरस्कारहरूको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

१७. संसारकै पुरानो जङ्गल कहाँ फेला परेको छ ?

 बेलायतको डेभोन तथा समरसेट इलाकामा

– वैज्ञानिकहरूले उक्त जङ्गल ३९ करोड वर्ष पुरानो भएको जनाएका छन् ।

– उक्त जङ्गलका जीवाश्म डेभोनियन कालका भएको ठम्याइ छ ।

– वैज्ञानिकहरूले त्यहाँ रुखका हाँगा तथा काण्डका अवशेष पनि फेला पारेका छन् ।

– यसअघि अमेरिकाको न्युयोर्कनजिकै फेला

परेको जङ्गल संसारको पुरानो जङ्गलका रूपमा मानिएको थियो ।

१८. नेपालमा समावेशीकरण आयोगको स्थापना कहिले भएको हो ?

 विसं २०६५ पुस २९

१९. भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति कहिले भएका हुन् ?

 सन् २०२४ मार्च

२०. बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र सङ्घीय संसद्को प्रतिनिधि सभामा कहिले प्रस्तुत गरियो ?

 विसं २०८० चैत ५

– सन्धि र सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार बडापत्रलाई संसद्मा पेस गरिएको हो ।

– बिम्स्टेकले स्थापनाको २४ वर्षपछि सन् २०२२ मा बडापत्र पाएको थियो ।

२१. राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित (विसं २०८० चैत) गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ नामक प्रतिवेदन अनुसार कर्णाली प्रदेशको बहुआयामिक गरिबी कति रहेको छ ?

 ५२ प्रतिशत

२२. सालक पदमार्ग कहाँ घोषणा गरिएको छ ?

 कीर्तिपुरको बाघभैरव सामुदायिक वन (विसं २०७७ फागुन ८)

२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?

 नवीकरणीय

२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?

 अनवीकरणीय

२५. नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ?

 सन् २०२२–२०२६

– राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको छ ।

– केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरे अनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गनुपर्ने विशेष र नवप्रवर्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको छ ।

– रणनीतिले परिलक्षित गरेको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना कामकारबाहीलाई अगाडि बढाउने राष्ट्र बैङ्कले जनाएको छ ।
– राष्ट्र बैङ्कले सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको हो ।
– योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजना समेटेको छ ।

Source : गोरखापत्र अनलाइन

Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *