२६ वैशाख, २०८१
१. तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ?
विसं २०८१ वैशाख १६–१७, काठमाडौँ
पहिलो : विसं २०७३ फागुन १९–२०
दोस्रो : विसं २०७५ चैत १५–१६
२. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ?
विसं २०८१ वैशाख १७
३. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?
मे २
– सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को नारा : समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार
– साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ ।
– डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको छ ।
– सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८० जारी गरिएको छ ।
४. आयुर्वेद कुन वेदको उपवेद हो ?
अथर्ववेद
५. भी–२० अर्थात् भल्नरेबल–२० भनेको के हो ?
जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको समूहलाई भी–२० भनेर चिनिन्छ ।
६. राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार कति हुने अनुमान छ ?
रु. ५७ खर्ब चार अर्ब
– गत आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो ।
– सो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान ।
– नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर
पुग्ने अनुमान ।
आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा, प्रतिशत)
२०७७/७८ : ४.८४
२०७८/७९ : ५.६३
२०७९/८० : १.९५ (संशोधित)
२०८०/८१ : ३.८७ (अनुमानित)
– सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत,
– कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत,
– उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर
१.२० प्रतिशत,
– उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने,
– त्यस्तै निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक हुने,
– आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका व्रिmयाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने,
– चालु आवमा नेपालीको वार्षिक औसत आय करिब
एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ ।
– चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा
कायम गरिएको,
– आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ ।
– आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान छ ।
– कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान रहेको छ । गत आवमा ३४.६८ प्रतिशत रहेको संशोधित अनुमान छ ।
प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (अमेरिकी डलर)
२०७६/७७ : ११८०
२०७७/७८ : १२८४
२०७८/७९ : १४१९
२०७९/८० : १४०५
२०८०/८१ : १४५६
७. सन् २०२४ मा पुरुषतर्फको लौरेस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड विजेता खेलाडी को हुन् ?
नोभाक जोकोभिच
सन् २०२४ को लौरस अवार्ड विजेता
– वर्ष पुरुष खेलाडी : नोभाक जोकोभिच (टेनिस)
– वर्ष महिला खेलाडी : आइताना बोनमती (फुटबल)
– टिम अफ द इयर : स्पेन महिला फुटबल टोली
– लौरेस वल्र्ड स्पोटर्स ब्रेक थ्रु अफ द इयर अवार्ड : जुड बेलिङघम (फुटबल)
– लौरेस कमब्याक अफ द इयर अवार्ड : सिमोन बाइल्स (जिम्न्यास्टिक)
– पारा वर्ष खेलाडी : डिडे डे ग्रुट (टेनिस)
– एक्सन स्पोर्ट्सपर्सन : अरिसा ट्र (स्केटबोर्डिङ)
– स्पोर्ट फर गुड अवार्ड : राफेल नाडाल (टेनिस)
– सन् १९९९ मा स्थापित यो अवार्ड सन् २००० बाट प्रदान गर्न थालिएको ।
– यो समग्र खेलकुदका उत्कृष्ट खेलाडीलाई वार्षिक रूपमा प्रदान गरिने अवार्ड हो ।
८. मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?
डा. आयुष्नोभा ढुङ्गाना
– ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो ।
– प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल २०२४ तथा धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनल–२०२४ को उपाधि हात पार्नुभयो ।
– मिस ग्लोबल नेपाल–२०२४ को उपाधि मोनिका अधिकारी तथा मिस्टर इन्टरनेसनल नेपाल
२०२४ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको छ ।
९. मधेश प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?
कञ्चनरूप नगरपालिका (सप्तरी)
१०. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बिमा गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७५ मङ्सिर १
११. तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा कहिलेदखि लागु भएको हो ?
विसं २०८१ वैशाख २४
– संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।
– योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ ।
– प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो ।
– बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको
घोषणा गरियो ।
– सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ ।
१२. कर्णाली प्रदेशकै पहिलो चारतारे होटल कुन हो ?
सिद्धार्थ होटल (वीरेन्द्रनगर, सुर्खेत)
– (पर्यटन विभागले होटललाई चारतारे होटलमा स्तर वर्गीकरण गरेको हो ।)
१३. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालीको औसत आयु कति रहेको छ ?
७१.३ वर्ष (पुरुष : ६८.२ वर्ष र महिला : ७३.८ वर्ष)
– राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा सो कुरा
उल्लेख भएको ।
– पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको ।
– २०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । सो जनगणनामा पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको ।

– पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको । कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ रहेको ।
– २०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५, २०४८ मा ५.३९, २०३८ मा ६.२७ र २०२८ मा ६.३ थियो ।
– शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै मृत्यु हुने शिशुको सङ्ख्या हो ।
– दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ ।

१४. सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि कसले जित्यो ?
रियल मेड्रिड
१५. नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हालसम्म कति पटक रक्तदान गर्नुभएको छ ?
१७८ पटक (विसं २०८१ वैशाख १९ सम्म)
१६. खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
नेपालगन्ज, २०८१ वैशाख १४–१५
– सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अमियन्ताहरूको सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ ।
– फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न
भएको छ ।
१७. चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ ?
सन् २०२४ मे १
१८. गौतम बुद्धप्रति समर्पित श्लोक ‘बुद्धम् शरणम् गच्छामी ….’ कति जना कलाकारद्वारा स्वरबद्ध गरिएको छ ?
१०८ जना (विसं २०८१ वैशाख)
१९ वैशाख, २०८१
१. संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको
हो ?
विसं २०८१ वैशाख ११
– यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो ।
– राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो ।
– यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ ।
– साथै महासचिव गुटेर्रेसको ‘सबै विनाश निराशा होइन’ भन्ने महत्वपूर्ण सन्देशलाई विश्वमाझ पुर्याउन सो अभियान सार्थक बन्ने अपेक्षा गरिएको छ ।
– जलवायु परिवर्तनको प्रतिकार्यका लागि वित्त प्रवाह गर्न र जलवायु अनुकूलनको महत्वाकाङ्क्षा सफल बनाउन राष्ट्रसङ्घले सक्रिय पहल गर्दै आएको गुटेर्रेसले जनाएका छन् ।
२. नेपाल तेक्वान्दो सङ्घले वर्षका उत्कृष्ट खेलाडीका रूपमा कसलाई सम्मानित गर्यो ?
पलेशा गोवर्धन (विसं २०८१ वैशाख)
– त्यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकबाट कविराज नेगी लामा सम्मानित हुनुभएको छ ।
३. छिन्नलता गीत पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
गीत रचना : वीरेन्द्र पाठक, सङ्गीत : चण्डी काफ्ले र गायन : मनिला सोताङ
– छिन्नलता गीत पुरस्कार गुठीले २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेलाई प्रदान गरेको छ ।
– २०७९ सालका लागि गीत पुरस्कार भूषण खरेल (गीतरचना), मनराजा नकर्मी (सङ्गीत) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेललाई प्रदान गरिएको छ ।
४. होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) बिच मितेरी सम्बन्ध कहिले कायम भएको हो ?
विसं २०८१ वैशाख १५
५. गोरखाको नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा कहिले गरिएको हो ?
विसं २०८१ वैशाख ८
– सेराङ गुम्बा र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा नुब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा गरिएको हो ।
– अहिंसा क्षेत्र घोषणा भएपछि यस क्षेत्रमा घरपालुवा तथा जङ्गली जनावर काटमार गर्न निषेध गरिएको छ ।
६. नेपालको पहिलो महिला उपकुलपति को हुनुभयो ?
भूषण श्रेष्ठ (सुदूरपश्चिमाञ्चल विश्वविद्यालय)
७. अल्बर्ट आइस्टाइन फाउन्डेसनले तयार पारेको सूचीमा विश्वव्यापी दूरदृष्टि राख्ने संसारका एक सय व्यक्तिमा पर्ने नेपाली को हुनुहुन्छ ?
डा. सन्दुक रुइत
८. जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?
जी–७
– जलवायु परिवर्तनको प्रतिकार्यका लागि सन् २०२२ मा जर्मनीमा सम्पन्न जी–७ राष्ट्रहरूको सम्मेलनमा यो अवधारणा ल्याइएको हो ।
– सन् २०५० सम्ममा जिरो कार्बन उत्सर्जन हासिल गर्न सहयोग र सहकार्यका लागि स्थापना गरिएको हो ।
९. गणतन्त्र गौरवबाट सम्मानित (वैशाख २०८१) हुने व्यक्तित्व को हुनुहुन्छ ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
– नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसर (हीरक महोत्सव) मा पूर्वराष्ट्रपति भण्डारीलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।
– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीद्वारा संयुक्त रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिएको हो ।
१०. माल्दिभ्समा सन् २०२४ अप्रिल २१ मा सम्पन्न आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी बहुमतका साथ जित हासिल गर्न सफल पार्टी कुन हो ?
राष्ट्रपति मुइज्जुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेस (पीएनसी)
– पीएनसीले ९३ सदस्यीय सदनमा ७० सिट जितेको छ । यो विजयलाई मुइज्जुको चीनसँग घनिष्ट सम्बन्ध हासिल गर्र्ने नीतिलाई बलियो समर्थनका रूपमा हेरिएको छ ।
– पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) ले १५ सिटमा जित हासिल गरेको छ ।
११. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
रङ्गमञ्चतर्फ : नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा
शास्त्रीय सङ्गीततर्फ : सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ
सङ्गीततर्फ : गायिका तारा थापा
नृत्यतर्फ : जोगेन्द्र केसी
नाटकतर्फ : नाट्यकर्मी गोपाल देवान
लोक सङ्गीततर्फ : बमबहादुर कार्की
– सो अवसरमा संस्थागततर्फ नृत्य निर्देशक सङ्घ नेपाल, माला आट्र्स एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भएका छन् ।
– व्यक्तिगततर्फ नृत्यकर्मी नारायणीदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, रङ्गकर्मी वीरेन्द्र हमाल, गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, सङ्गीतकर्मी सङ्गीता प्रधान, विष्णु अधिकारी र रूपकुमार राई, गायिका कुन्ती
मुक्तान, नाट्यकर्मी अविनाश श्रेष्ठ र बद्री अधिकारी एवं नाटक निर्देशक अशेष मल्ललगायतलाई सम्मान गरिएको छ ।
१२. पाल्पाको तानसेनमा तीनदिने अन्तरव्यवस्थापिका भेला कहिले सम्पन्न भयो ?
विसं २०८१ वैशाख १३–१५ सम्म
– भेलाले सातबुँदे पाल्पा घोषणापत्र जारी गरेको छ ।
– सङ्घीय संसद् र प्रदेश सभाका विगतका सम्मेलन, भेला, अन्तर्क्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिबद्धता तथा घोषणाहरूलाई कार्यान्वयन गर्न गराउन अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख छ । मञ्चमा सङ्घीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सभाका सभामुख, उपसभामुख रहेका छन् ।
– मञ्चको आगामी भेला गण्डकी प्रदेश सभाले आयोजना गर्ने छ ।
१३. आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याई सम्मानित हुने बैङ्क कुन कुन हुन् ?
ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई बैङ्क
– त्यस्तै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने रेमिट कम्पनी आइएमई लिमिटेड राष्ट्र बैङ्कबाट सम्मानित भएको छ ।
– राष्ट्र बैङ्कका अनुसार आव २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको थियो ।
१४. राष्ट्र बैङ्कका अनुसार २०८० फागुन मसान्तसम्म नेपालमा कति वटा वाणिज्य बैङ्क रहेका छन् ?
२०
– २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क गरी बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ ।
– २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूका शाखा
वाणिज्य बैङ्क : ५४१
विकास बैङ्क : १,१३५
वित्त कम्पनी : २८८ र
लघुवित्त वित्तीय संस्था : ५,१३०
– बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्छन् ।
१५. तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको साओसान सहरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
विसं २०८१ वैशाख १२
१६. नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार वाणिज्य परिषद् स्थापना गर्नेसम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
विसं २०८१ वैशाख १२ (सन् २०२४ अप्रिल २४)
१७. ब्रिक्सको कति औँ सम्मेलनबाट नयाँ छ सदस्य थप भएका हुन् ?
१५ औँ
– ब्रिक्समा ब्राजिल, रसिया, इन्डिया, चीन र दक्षिण अफ्रिका आबद्ध रहेकामा थपिएका देशसँगै ११ सदस्यीय भएको छ ।
– छ वटा देश सन् २०२४ जनवरी १ बाट सदस्य हुने घोषणा भएको थियो ।
– बिक्समा थप भएका राष्ट्रहरू : अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई)
– ब्रिकको स्थापना सन् २००६ सेप्टेम्बरमा भएको हो । सन् २०१० मा दक्षिण अफ्रिका थप भएपश्चात् ब्रिक्स भएको हो ।
– पहिलो ब्रिक्स सम्मेलन सन् २००९ जुन १६ मा रसियाको एकतरिनवर्गमा भएको हो ।
– १५ औँ ब्रिक्स सम्मेलन : सन् २०२३ अगस्त २२–२४, जोहानेसवर्ग (दक्षिण अफ्रिका)
१८. पृथ्वी, चन्द्रमा र मङ्गल ग्रहबिच प्रस्तावित रेल यातायात ‘हेक्जागन स्पेस ट्र्याक सिस्टम’ कुन देशको परियोजना हो ?
जापान
१९. युरोकप २०२४ को आयोजना कहाँ गरिएको छ ?
जर्मनी, सन् २०२४ जुन १४–जुलाई १४
(सहभागी राष्ट्र : २४)
२०. एआई सेफ्टी समिट २०२३ कहाँ आयोजना गरियो ?
बेलायत
– मिति : सन् २०२३ नोभेम्बर १–२
– संस्करण : प्रथम
– सम्मेलनका क्रममा भएको ब्लेच्ले डिक्लेरेसनमा २८ राष्ट्रद्वारा हस्ताक्षर भयो ।
– सम्मेलनमा ऋषि सुनक, कमला ह्यारिस, एलन मस्क, जर्जियो मेलोनी, साम अल्टम्यानलगायतको सहभागिता थियो ।
२१. छैटौँ इन्डियन ओसन् कन्फरेन्स २०२३ कहाँ आयोजना गरियो ?
बङ्गलादेश
– सम्मेलनमा नेपालसहित २५ देशको सहभागिता रहेको छ ।
– सम्मेलनको नारा : शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी ।
२२. नेटोको ३१ औँ सदस्यका रूपमा थपिएको राष्ट्र कुन हो ?
फिनल्यान्ड
– सन् २०२३ अप्रिल ४ मा सदस्य बनेको हो ।
– नेटोको स्थापना सन् १९४९ मा भएको हो ।
– प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ ।
२३. नेपाल कुन अवधिका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्मा विजयी भएको छ ?
सन् २०२४–२०२६
– एसिया प्यासिफिक क्षेत्रबाट नेपाल तीन वर्षे कार्यकालका लागि चयन भएको हो ।
– यस परिषद्मा ५४ सदस्य रहेका छन् ।
– ५४ सदस्यीय यस परिषद्मा नेपालसँगै पाकिस्तान र जापान पनि छनोट (सन् २०२३ जुन ८ मा) भएका छन् ।
– परिषद्मा नेपाल यसअघि सन् १९८०–१९८२, २००१–२००३ र २०१३–२०१५ गरी तीन पटक निर्वाचित भएको छ ।
२४. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स
२५. चार्ली फोस्टर भनेको के हो ?
साइबर अपराधविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसन
१२ वैशाख, २०८१
१. अन्तर प्रदेश खेलमा प्रथम हुन सफल प्रदेश कुन हो ?
बागमती प्रदेश
खेल आयोजना : बागमती प्रदेश
खेल सञ्चालन : २०८० चैत २–८
उद्घाटन : भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा
खेल सङ्ख्या : ९ (भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, ब्याडमिन्टन र पौडी)
समापन : हेटौँडाको पिप्ले क्याम्पा रङ्गशाला

२. नेपालमै पहिलो ‘सावर बन्जी’ कहाँ सञ्चालन गरिने भएको छ ?
पोखरा
३. विसं २०८० चैत २८ मा सार्वजनिक चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले एमबिबिएस तहका लागि अधिकतम शुल्क कति सिफारिस गरेको छ ?
३५ लाख रुपियाँ
चिकित्सा शिक्षा आयोगको प्रतिवेदनले दिएको
महत्वपूर्ण सुझाव
– एमबिबिएस तहको अधिकतम शुल्क ३५ लाख र बिडिएसको १८ लाख रुपियाँ तोक्न सिफारिस,
– मेडिकल कलेजहरूले भर्ना सूचनामै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिट सङ्ख्या अनिवार्य खुलाउनु पर्ने,
– मेडिकल शिक्षामा देखिएका विकृति र विसङ्गतिलाई बढावा दिने वा अनियमितता गर्ने त्रिविका तत्कालीन
उच्च पदस्थ अधिकारीलगायतमाथि कारबाही सिफारिससमेत गरिएको,
– निजी मेडिकल कलेजलाई एकै स्थानमा सात सय शøयाको अस्पताल सञ्चालन गर्नुभन्दा दुर्गम क्षेत्र वा हिमाली तथा पहाडी जिल्लामा मापदण्ड तय गरी कम्तीमा तीनदेखि पाँच जिल्लामा आउटरिच अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान राख्न उपयुक्त हुने,
– विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको तीन सदस्यीय आयोगमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए ।
– आयोगले २०७४ माघमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन छ वर्षसम्म सार्वजनिक हुन सकेको थिएन ।
४. गजलकार प्रकट पङ्गेनी ‘शिव’ को निधन कहिले भएको हो ?
विसं २०८१ वैशाख ४
५. नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङ कहिले छिचोलियो ?
विसं २०८१ वैशाख ३
– निर्माण सुरु भएको ५३ महिनापछि मुख्य सुरुङ छिचोलिएको हो ।
– २०७६ कात्तिकदेखि सुरुङ निर्माण सुरु भएको थियो । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता
भएको थियो ।
– यसअघि २०८० साउन ३२ गते सो आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको थियो ।
६. अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगी संस्थाका रूपमा आईओएफटिसी नेपालको स्थापना कहिले गरियो ?
विसं २०८१ वैशाख (सन् २०२४ अप्रिल)
७. महालेखा परीक्षकमा कसलाई नियुक्त गरियो ?
तोयम राया (२०८१ वैशाख ६)
– संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा रायालाई सो पदमा नियुक्त गरिएको हो ।
– रायाले सोही दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
८. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही
को हुनुहुन्छ ?
निर्मल पुर्जा
– उहाँले गत सिजनमा पाकिस्तानका पाँच वटा हिमाल बिनाअक्सिजन २४ दिनमा सफल आरोहण
गर्नुभएको थियो ।
– उहाँले २०८१ को नयाँ वर्षको दिन आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाउनु भएको छ । उहाँले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरी यो कीर्तिमान बनाउनु
भएको हो ।
९. १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि जित्न सफल टिम कुन हो ?
सुदूरपश्चिम प्रदेश
पहिलो : सुदूरपश्चिम (१९ स्वर्ण, १२ रजत र १८ कांस्य गरी ४९ पदक)
दोस्रो : बागमती (१७ स्वर्ण, १३ रजत र १५ कांस्य गरी ४५ पदक )
तेस्रो : कर्णाली (१० स्वर्ण, ५ रजत र १६ कांस्य गरी ३१ पदक )
चौथो : कोशी (८ स्वर्ण, ९ रजत र ९ कांस्य गरी २६ पदक)
पाँचौँ : लुम्बिनी (६ स्वर्ण, ११ रजत र १८ कांस्य गरी ३५ पदक)
छैटौँ : गण्डकी (३ स्वर्ण, १० रजत र १३ कांस्य गरी २६ पदक)
सातौँ : मधेश (३ स्वर्ण, ६ रजत र ९ कांस्य गरी १८ पदक)
– खेल सञ्चालन : विसं २०८१ वैशाख ४–६
– उद्घाटन : दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा
– कुल खेलाडी : ६८६
– आशिष महरले ३६ वर्षअघिको कीर्तिमान भङ्ग गर्नु भयो । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत ट्रिपल जम्पमा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर दुरी हाम्फाली ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भङ्ग गरी स्वर्ण पदक जित्नुभयो । उहाँले २०४४ सालमा धनवीर चौधरीले बनाउनुभएको १४.०६ मिटरको कीर्तिमान तोड्नुभएको हो ।)
– तेक्वान्दोमा बागमतीको दबदबा
– उसुमा बागमती टिम च्याम्पियन
– कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि
१०. शिलापत्र वर्ष व्यक्ति २०८० घोषित व्यक्तित्व को हुनुहुन्छ ?
सावित्रा भण्डारी ‘साम्बा’
१. वर्ष व्यक्ति–सावित्रा भण्डारी ‘साम्बा’ (महिला फुटबलर)
२. वर्ष कलाकार–अभिनेता दयाहाङ राई
३. वर्ष खेलाडी–क्रिकेटर दिपेन्द्र सिंह ऐरी
४. वर्ष कार्टुनिष्ट–रवि मिश्र
५. वर्ष पुस्तक : आख्यानतर्फ–अडिएका पाइला
गैर आख्यानतर्फ–काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति
कवितातर्फ–साला पहाडमें क्या है
६. वर्ष सिनेमा : जारी
७. वर्ष नाटक : दमिनी भिर
– शिलापत्रले २०७७ सालदेखि वर्ष व्यक्ति, वर्ष खेलाडी, समाचार निर्माता र वर्ष पुस्तक घोषणा गर्न थालेको हो ।
११. ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
सन् १९८७, क्यानडाको मन्ट्रियल
१२. नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वय विनिमय दर प्रणाली कहिलेदेखि लागु गरियो ?
विसं २०३४
१३. साहित्यिक पत्रकार सङ्घले हिमडमरु उपाधिबाट कसलाई सम्मानित ग¥यो ?
बालकृष्ण बस्नेत (प्रेस काउन्सिल नेपालका अध्यक्ष)
– हिमाल तथा पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे सचेत गराउन पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो ।
१४. मानव अधिकार क्षेत्रमा देशको प्रतिष्ठित बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
– डा. विष्णुमाया परियार
– पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ ।
– मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ ।
– सन् १९७३ को डिसेम्बर १९ मा गोरखाको दुर्गम गाउँको दलित परिवारमा जन्मिएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यव्रmममा समेत संलग्न छ ।
– प्रतिष्ठित अमेरिकी प्रकाशन गृह म्याकग्रहिलद्वारा प्रकाशित विश्वव्यापी पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’ मा डा. परियारबारे लेखिएको एउटा पाठ छ ।
– अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) को संस्थापक अध्यक्ष डा. परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि. लिट (डक्टर अफ लेटर्स) ले उहाँलाई सम्मान गरेको थियो ।
१५. वसुन्धारा–मान प्रज्ञा प्रतिष्ठानले २०८१ सालमा प्रदान गर्ने वसुन्धराश्री पुरस्कारबाट कसलाई सम्मानित ग¥यो ?
कूटनीतिज्ञ भेषबहादुर थापा
– प्रतिष्ठानले कूटनीतिज्ञ विन्देश्वरी शाहलाई यस वर्षको मानश्री पुरस्कार प्रदान गरेको हो । शाह पहिलो नेपाली महिला राजदूत हुनुहुन्छ ।
– दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको छ ।
१६. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
मोहन कोइराला
१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा
१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२४ अप्रिलमा सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२३ अनुसार नेपालमा विदेशी पर्यटकको औसत बसाइ अवधि कति रहेको छ ?
१३.२ दिन
– बसाइ अवधि सन् २०२२ मा १३.१ दिन थियो ।
– उनीहरूको दैनिक खर्च ४१ डलर पुगेको छ । यसअघि सन् २०२२ मा दैनिक औसत खर्च ४०.५ डलर थियो । कोरोना कालका दुई वर्ष (सन् २०२० र २०२१) नेपालमा पर्यटकको बसाइ अवधि क्रमश : १५.१ र १५.५ दिन थियो ।

१९. चार्टर्ड एकाउन्टेन्ट्सको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
विसं २०८१ वैशाख ६–७
– सम्मेलनमा लेखा व्यवसायसम्बन्धी वर्तमान गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती सम्बन्धमा विस्तृत विमर्श गरिएको थियो ।
– सम्मेलनमा देशभरबाट करिब नौ सय लेखा व्यवसायी सहभागी थिए ।
– आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो र सन् २०२३ मा दोस्रो सम्मेलन भएको थियो ।
५ वैशाख २०८१
१. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ?
सुन्तला
– विसं २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ ।
– मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो ।
– नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।
– आर्थिक वर्ष २०७९/८० मा २७ हजार ८९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
– ४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिएको छ ।
– अन्नबालीभन्दा सात गुना बढी लाभदायक छ ।
– कृषिको कुल गार्हस्थ उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ ।
– नेपालमा वार्षिक ३० अर्ब ६१ करोड रुपियाँको कारोबार हुन्छ । वार्षिक सात लाख व्यक्तिलाई यो खेतीले प्रत्यक्ष रोजगारी दिएको छ ।
२. गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ ?
४३
– याक्खा र डडेलधुरेली गरी दुई मातृभाषा थप भएका छन् ।
– यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो ।
– २०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो ।
– मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो ।
३. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
३.६ प्रतिशत
– यसअघि विश्व बैङ्कले आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हासिल हुने प्रक्षेपण
गरेको छ ।
– भारतमा मुद्रास्फीति घटिरहेकाले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडिबीले प्रक्षेपण गरेको छ ।
४. चिकित्सा शिक्षा सुधारका निम्ति महìवपूर्ण ठानिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०२४ को प्रतिवेदन कहिले सार्वजनिक गरियो ?
विसं २०८० चैत २८
५. ठमेल र दरबारमार्ग क्षेत्र कहिलेदेखि चोबिसै घण्टा खोल्न थालिएको हो ?
विसं २०८१ वैशाख १
– नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चोबिसै घण्टा) व्यवसाय सञ्चालन गर्न थालिएको हो ।
– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गरिएको हो ।
६. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?
ललितपुर महानगरपालिका
७. विश्व बैङ्कद्वारा २०८० चैत २० मा सार्वजनिक ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ प्रतिवेदन अनुसार नेपालमा रोजगारीको अनुपात विगत २३ वर्षमा कति प्रतिशतले घटेको छ ?
११ प्रतिशत
– काम गर्ने जनसङ्ख्या बढ्दै गएको तर सो अनुरूप रोजगारी सिजना गर्न नसक्दा नेपालमा रोजगारीको अनुपात घट्न पुगेको विश्व बैङ्कले जनाएको ।
८. भरतपुर महानगरपालिका र कालीकोटको पचालझरना गाउँपालिकाबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
विसं २०८० चैत २६
– दुई पालिकाबिच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमतिसहित नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो ।
९. सहकालका देवता भनी चिनिने हिमाल कुन हो ?
अन्नपूर्ण हिमाल
१०. सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कद्वारा तयार पारिएको दिगो विकास प्रतिवेदन, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
९९ औँ
पहिलो : फिनल्यान्ड
अन्तिम : दक्षिणी सुडान (१६६ औँ)
सार्कमा पहिलो : माल्दिभ्स (६८ औँ)
सार्कमा अन्तिम : अफगानिस्तान (१५८ औँ)
११. एआई सेफ्टी समिट–२०२३ कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२३ नोभेम्बर १–२ (प्रथम सम्मेलन)
– सम्मेलनका क्रममा भएको व्लेच्ले डिक्लेरेसनमा २९ राष्ट्रले हस्ताक्षर गरेका छन् ।
१२. मुलुककै ठुलो विज्ञानपार्क कहाँ निर्माण हुने भएको छ ?
शैलुङ गाउँपालिका–८, फुस्रामाटा (दोलखा)
– शैलुङ गाउँपालिका–८ र मेलुङ गाउँपालिका–१ सिमानामा बन्ने सो पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ ।
– पार्कको निर्माण लागत अनुमान दुई करोड ७२ लाख रुपियाँ रहेको छ ।
१३. हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
पोखरा
– २०८० चैत २७–३० सम्म सम्मेलन आयोजना गरियो ।
– ३२ देशका दुई सयभन्दा बढी जैविक विविधता एवं कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागिता रह्यो ।
– सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहद्वारा गरियो ।
१४. नेपाल व्यवस्थापन सङ्घका अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
३.०९ प्रतिशत
– सङ्घले २०८० चैत २५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो उल्लेख गरिएको छ ।
– गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य छ ।
– नेपालमा गैरसरकारी संस्थाबाट जिडिपीको गणना गरिएको यो पहिलो पटक हो ।
– नेपालमा जिडिपीसम्बन्धी अनुमानित र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मात्रै छ । विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय निकायहरूले भने विशेष अधिकार प्रयोग गरेर जिडिपी वृद्धिको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । त्यसबाहेकका निकाय तथा संस्थालाई जिडिपीको अनुमान गर्ने कानुनी अधिकार छैन ।
१५. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?
२००० मेगावाट

१६. नेपालकै लामो ट्रेल रेस प्रतियोगिताका रूपमा चिनिने मञ्जुश्री ट्रेल रेस उपाधि विजेता धावक को हुनुहुन्छ ?
अर्जुन कुलुङ
– सय माइलको रेसमा उहाँले आफ्नै रेकर्ड तोड्दै च्याम्पियनसिप ट्रफी जित्नुभएको छ । उहाँले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्नुभएको छ ।
– बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ उपविजेता हुनुभयो ।
– त्यस्तै ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गरेका विजय मगर तेस्रो हुनुभयो ।
१७. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपाल
१८. हेमराज पहारी स्मृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
साहित्यकार सरुभक्त (राशि : एक लाख रुपियाँ)
१९. भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वन : श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?
गीतकार राजेन्द्र थापा
– पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।
– त्यसै गरी गायिका निशा देसार भीम विराग युवा सङ्गीत पुरस्कार (राशि : २५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ ।
२०. अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
दीपेन्द्र सिंह ऐरी
– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार
छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाउनुभएको छ ।
– ओमानमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका फिनिसर ऐरीले कतारका मध्यम गतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभएको हो ।
– अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै छ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि यो कीर्तिमान भारतका युवराज सिंह र वेस्टइन्डिजका किइरोन पोलार्डका नाममा रहेको छ ।
– ओडिआईमा दक्षिण अफ्रिकाका हर्सेल गिभ्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
– दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतक (चीनको हाङझोउमा भएको १९ औँ एसियाडमा मङ्गोलियाविरुद्ध) को अमर विश्व कीर्तिमान पनि रहेको छ ।
२१. मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ?
साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु
– पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।
– २०७८ र २०७९ सालमा प्राविधिक कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष एकै पटक दुई जनालाई प्रदान गरिएको हो ।
२२. रमणीय हाँडीकोट टापुकहाँ रहेको छ ?
बागलुङ
– बागलुङको जैमिनी नगरपालिका–१०, राङ्खानीमा हाँडीकोट रहेको छ ।
– जिल्लाको तेस्रो उच्च स्थानका रूपमा रहेको हाँडीकोट समुद्र सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ ।
– हाँडीकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरे राज्य अन्तर्गत गनिन्छ ।
– यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त मानिन्छ ।
– तानसेन, बुटवल र गोरखपुरसम्मका ठाउँ नियाल्न सकिने यस डाँडाबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
Source : गोरखापत्र अनलाइन
