Current Affairs _ GK (Jesth, 2081)

Loksewa classes

३० जेठ २०८१


१.  विश्व वन्यजन्तु कोष नेपालले प्रकृति संरक्षण पुरस्कार कसलाई प्रदान गर्‍यो ?

 धनगढी उपमहानगरपालिका (विसं २०८१ जेठ)

–  हरियाली प्रवर्धन गर्दै स्वच्छ र सुन्दर धनगढी निर्माण अभियान सञ्चालन गरेका कारण धनगढी उपमहानगरपालिकालाई सो पुरस्कार प्रदान गरिएको हो । 

–  सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । 

२.  लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी उत्पादन गर्ने, कृषि उत्पादन वृद्धि गर्ने र गाउँमा रोजगारी सिर्जना गर्ने अभियानका साथ सञ्चालनमा ल्याएको कार्यक्रम कुन हो ?

 मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम 

३.  तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 विसं २०८० चैत २३ र २४, काठमाडौँ 

–  पहिलो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०७८ चैत ११–१२,

–  दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०७९ फागुन २६–२७ 

–  तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०८० चैत, २३–२४

–  सम्मेलन राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा भएको हो । 

४.  विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?

 मार्च २३ 

–  सन् २०२४ को नारा : रिड योर वे 

५.  अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८० बाट सम्मानित स्रष्टा को हुन् ?

 डा. भोला रिजाल 

–  अमर भावना राष्ट्रिय स्रष्टा सम्मान : डा. भोला रिजाल (राशि: एक लाख ५१ हजार रुपियाँ)

–  भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार, २०८० : मदन माबो (गीत : आमा) र विष्णु भण्डारी (गीत : चाहना हो तिमी मेरो), (राशि : जनही.  २८ हजार पाँच सय रुपियाँ) 

–  जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार २०८० : पूर्णबहादुर साउद शिरीषद्वारा लिखित आधा आधी र जनक वाग्लेद्वारा लिखित मैना चरी कहाँ गई (राशि : जनही २८ हजार पाँच सय रुपियाँ) 

–  विष्णु मनसरा मातृभाषा २०८० : मैथिली गीतकार अशोक दत्त (राशि : २५ हजार २५२ रुपियाँ) 

–  वर्ष डायस्पोरा गीतकार सम्मान : पद्म लिंखा मगर (राशि : १५ हजार रुपियाँ) 

६.  हालै राजधानी काठमाडौँमा जलवायु सम्मेलन कहिले सम्पन्न भयो ? 

 विसं २०८१ जेठ ९–१० (सन् २०२४ मे २२–२३) 

७.  गोपालप्रसाद रिमाल पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?

 प्राडा रामप्रसाद ज्ञवाली

८.  विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

 जुन ५ 

–  सन् २०२४ को नारा : हाम्रो भूमि, हाम्रो भविष्य (आवर ल्यान्ड, आवर फ्युचर ) 

–  सन् १९७२ मा वातावरण संरक्षणसम्बन्धी स्टक होम सम्मेलनबाट वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाए अनुसार संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यव्रmम (युनेप) को आह्वानमा सन् १९७३ देखि हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । – भूमि पुनस्र्थापना, मरुभूमीकरण र खडेरी प्रतिरोध (ल्यान्ड रिस्टोरेसन, डिजर्टिफिकेसन एन्ड ड्राउट रिसाइलेन्स) भन्ने मुख्य मुद्दा (थिम) मा केन्द्रित रही यस वर्ष विश्व वातावरण दिवस मनाइयो ।

९.  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा चयन हुन सफल नेपाली को हुन् ?

 सुमन पाण्डे 

–  नेपाल सन् १९७५ देखि पाटाको सदस्य रहँदै आएको छ । 

–  नेपालबाट पाटाको अन्तर्राष्ट्रिय मुख्यालयमा यो तहको प्रतिनिधित्व पहिलो पटक भएको जनाइएको छ । 

–  पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटाको सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए । 

–  पाण्डे एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चरका अध्यक्ष हुन् । 

–  सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा इन्डोनेसियाका पिटर सिमोन, उपाध्यक्षमा नेपालका पान्डे निर्वाचित भएका हुन् । 

१०.  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ जेठ ९ गते सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार सबैभन्दा कम प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भएको प्रदेश कुन हो ?

 मधेश प्रदेश 

–  कार्यालयले समष्टिगत आर्र्थिक सूचकमध्येको महìवपूर्ण सूचक प्रदेशस्तरको कुल गार्हस्थ उत्पादनको अनुमान गर्ने कार्य आव २०७५/७६ देखि सुरु गरेको हो ।

११.  नेपालमा हाल पाँचतारे होटलको सङ्ख्या कति रहेको छ ?

 २२ (२०८१ जेठसम्म)

१२.  अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भयो ?

 सन् २०२४ जुन ७

१३.  नेपालमा हालै देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट कुन हो ? 

 केपी १ र केपी २

–  हाल विभिन्न देशहरूमा देखिइरहेको भनिएको केपी १ र केपी २ नामक नयाँ २ भेरियन्ट नेपालमा पनि पुष्टि (२०८१ जेठ) भएको हो । 

–  यी नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ सबभेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

–  छिटो फैलिइरहेका कारण विश्व स्वास्थ्य सङ्गठनले केपी भेरियन्टलाई अन्डर मनिटरिङमा समेत राखेको छ । यी भेरियन्ट बढी सङ्व्रmामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नरहेको विज्ञले जनाएका छन् ।

१४.  नेपालमा सार्वजनिक संस्थानहरूलाई कति क्षेत्रमा वर्गीकरण गरिएको छ ?

 ६

१५.  बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छीका रूपमा घोषणा गरिएको पन्छी कुन हो ?

 सारस 

१६.  सन् २०२४ मे मा सम्पन्न युरोपा लिग फुटबलको उपाधि कसले जित्यो ?

 एटलान्टा क्लब

–  एडेमोला लुकमनको तीन गोलप्रेरित एटलान्टाले बायर लेभरकुजनलाई ३–० ले हराएको छ । 

–  सन् १९७५ यता युरोपेली फुटबलको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी लुकमन बनेका छन् । 

–  एटलान्टाको यो पहिलो युरोपियन उपाधि हो ।

१७.  प्रथम महिला बालोन ‘डि ओर’ अवार्ड प्राप्त गर्ने खेलाडी को हुन् ?

 एडा हेग वर्ग (नर्वे)

१८.  ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

१९.  इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

 ब्राउजर

२०.  कुन स्थानीय तहले थारू समुदायको परम्परागत भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता दिएको छ ?

 कैलारी गाउँपालिका (कैलाली)

–  भलमन्सालाई व्यवस्थित, मर्यादित तथा समुदायप्रति जिम्मेवार बनाउने गरी गाउँपालिकाले कानुनी मान्यता (विसं २०७८ मा) दिएको हो ।

–  गाउँ सभाको नवौँ अधिवेशनले कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन पारित गरेको छ । भलमन्साको काम, कर्तव्य र अधिकार सो ऐनमा तोकिएको छ । गाउँपालिकाले बनाएको ऐनले कानुनको अधिनमा रहेर झैझगडा मिलाउने, पीडितले न्यायका लागि अनुरोध गरेमा गाउँमा छलफल गराउने, मेलमिलापका लागि सहजीकरण गर्ने, विवाद मिलाउँदा कानुन अनुसार क्षतिपूर्ति भराउन सक्ने अधिकार पनि भलमन्सालाई प्रदान गरिएको छ ।

–  भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको प्रथा हो । थारू समुदायमा हरेक माघमा समुदायका व्यक्तिले गाउँका मुखियाका रूपमा भलमन्सा चयन गर्छन् । यो प्रथा अनुसार भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि चयन हुन्छ । 

–  अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने, चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने तथा गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी सम्हाल्ने परिपाटी रहेको छ ।

२१.  हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

 अफ्रिका 

२२.  नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

 मनास्लु 

२३.  नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७८ असार १४

२४.  राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

 देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने ।

–  नेपालमा पहिलो पटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजना अन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्न लागिएको हो । यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहजता हुुने विश्वास गरिएको छ । 

–  प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभाग जस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्याङ्क राखिने छ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानको क्रममा रहेको समेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको ।


२३ जेठ २०८१


१.  अर्थमन्त्री वर्षमान पुनद्वारा २०८१ जेठ १५ मा सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ बजेटको राशि कति रहेको छ ? 

  रु. १८ खर्ब ६० अर्ब ३० करोड

– कुल बजेट : १८ खर्ब ६० अर्ब ३० करोड

– चालु खर्च : ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत)

– पूँजीगत खर्च : तीन खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत)

– वित्तीय व्यवस्थापन : तीन खर्ब ६७ अर्ब २८ करोड (१९.७४ प्रतिशत)

आम्दानी स्रोत 

– राजस्व : १२ खर्ब ६० अर्ब ३० करोड

– वैदेशिक अनुदान : ५२ अर्ब ३३ करोड

– वैदेशिक ऋण : दुई खर्ब १७ अर्ब ६७ करोड

– आन्तरिक ऋण : तीन खर्ब ३० अर्ब

– पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच सुधारका रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र,

– आर्थिक वृद्धिदर छ प्रतिशत हुने अनुमान

– मूल्य वृद्धि ५.५ प्रतिशत कायम गर्ने,

– २०८१–२०९१ कृषिमा लगानी दशक 

– ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गरिने, राष्ट्रिय प्रणालीमा विद्युत् जडित क्षमता ४५०० मेगावाट पु¥याइने, 

– एक पालिका एक डाउनटाउन 

– प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम 

– बागमती नदी प्रणालीको ज्ञान, सभ्यताको उत्थान 

– हाम्रा बा–आमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने, 

– एक वडा एक पार्क 

– १० वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, 

– खुमलटारमा १७ करोड लागतमा ज्ञान पार्क स्थापना गर्ने, 

– जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हब बनाउने, 

– भरतपुर–बुटवल–पोखरालाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना बनाउने । 

– एक अर्ब रुपियाँको स्टार्ट अप कोष 

– काभ्रेको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने, 

– सातै प्रदेशमा विशिष्टीकृत आर्थिक केन्द्र (कोशी : उद्योग हब, मधेश : कृषि हब, बागमती : सूचना प्रविधि हब, गण्डकी : पर्यटन हब, लुम्बिनी : साना तथा मझौला उद्यम हब, कर्णाली : जडीबुटी हब र सुदूरपश्चिम : धार्मिक पर्यटन हब)

– आव २०८१/८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य,

– हिमाल–पहाडमा ५० रोपनी र तराईमा १० विघाभन्दा बढी जमिनमा सामूहिक खेती, पशुपालन र जडीबुटी खेती गर्नेलाई ब्याज अनुदान र मेसिनरी आयातमा कर छुट,

– १०० विघा ठुलो प्लटमा बासनादार धान खेती गर्ने सात नमुना परियोजनालाई मल, बिउ, प्राविधिक सेवा र सहुलियतपूर्ण कर्जा र बिमा प्रिमियममा छुट,

– म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङमा कस्तुरी मृगको व्यावसायिक फार्म स्थापना,

– कृषि बिमाको प्रिमियममा अनुदान दिन एक अर्ब ६५ करोड विनियोजन,

– बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गर्ने, बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने,

– समस्याग्रस्त सहकारीका सञ्चालक र परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणबाट रु. पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने,

– विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सोभरेन वेल्थ फन्ड बनाउने,

मन्त्रालयगत विनियोजित रकम

– अर्थ : दुई खर्ब २२ अर्ब ८६ करोड छ लाख

– शिक्षा : दुई खर्ब ३ अर्ब ६६ करोड २० लाख

– गृह : एक खर्ब ९९ अर्ब २४ करोड ३४ लाख

– भौतिक पूर्वाधार : एक खर्ब ५० अर्ब ५३ करोड २१ लाख

– सहरी विकास : ९२ अर्ब ६३ करोड ५४ लाख

– ऊर्जा : ८७ अर्ब ५५ करोड ९९ लाख

– स्वास्थ्य : ८६ अर्ब २३ करोड ८९ लाख

– रक्षा : ५९ अर्ब ८७ करोड १४ लाख

– कृषि : ५७ अर्ब २९ करोड ५ लाख

– खानेपानी : २६ अर्ब ६३ करोड ४७ लाख

– वन : १५ अर्ब ७० करोड ९१ लाख

– पर्यटन : ११ अर्ब ९१ करोड १५ लाख

– उद्योग : नौ अर्ब २८ करोड २२ लाख

– सङ्घीय मामिला : ९ अर्ब १७ करोड १४ लाख

– श्रम : आठ अर्ब नौ करोड ९७ लाख

– सञ्चार : सात अर्ब ३५ करोड २९ लाख

– भूमि व्यवस्था : छ अर्ब ८२ करोड ६२ लाख

– परराष्ट्र : छ अर्ब ७७ करोड ४२ लाख

– खेलकुद : तीन अर्ब ५० करोड ४८ लाख

– महिला : एक अर्ब ६० करोड ४५ लाख

– कानुन : ५४ करोड ५३ लाख

२.  कुवेतका अमिर शेख मेसाल अल अहमद अल सवाहले नयाँ युवराजका रूपमा कसलाई घोषणा गरेका छन् ?

 शेख सवाह खालिद अल–हमाद अल–सवाह

– अमिरले सन् २०२४ जुन १ मा अल–सवाहलाई नयाँ युवराज घोषणा गरेका छन् । 

– सन् २०११ देखि २०१९ सम्म विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक रूपमा अनुभवी व्यक्ति मानिन्छन् ।

३.  सरकारले कुन–कुन स्थान समेटी ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना घोषणा गरेको छ ?

 बुटवल, पोखरा र भरतपुर 

४.  सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

 विसं २०८१–२०९१

५.  सरकारले काठमाडौँ उपत्यकाको कुन–कुन करिडोरमा स्काइ–वे तथा पडवे यातायात प्रणाली बनाउने घोषणा गरेको छ ?

 धोवीखोला, बागमती र विष्णुमती करिडोर (बजेट २०८१÷८२) 

– सुर्खेतको भेरीगङ्गा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरिएको छ ।

– डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने छ । 

– बाराको सिम्रौनगढ, पर्साको ठोरी, मुस्ताङको ल्होमन्थाङ, उपल्लो डोल्पाको धो उपत्यका, हुम्लाको लिमी उपत्यका र कञ्चनपुरको चाँदनी–दोधारामा नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गरिने छ । 

– प्रदेश राजधानीलाई मौलिक सहरका रूपमा विकास गरिने छ । 

– एक वडा एक पार्क कार्यव्रmम घोषणा गरिएको छ । 

६.  राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा कुन प्रदेशको हुने अनुमान छ ?

 बागमती प्रदेश (३६.४ प्रतिशत) 

– कार्यालयको तथ्याङ्क अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेश र सबैभन्दा कम हिस्सा कर्णाली प्रदेश को रहेको छ । 

– आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । 

अर्थतन्त्रको आकार र प्रदेशगत योगदान 

७. फिट अग्लो बुद्ध मूर्ति कहाँ निर्माण गरिएको छ ? 

 मिक्लाजुङ (पाँचथर)

– मिक्लाजुङ–४, जरिबुटेडाँडामा सो मूर्ति बनाइएको छ । 

– धातुबाट निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो र ठुलो भएको दाबी गरिएको छ ।

८.  नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ? 

 विसं २०७३ पौष २२

९.  नेपालको वर्तमान संविधान अनुसार ‘सङ्घीय’ एकाइ’ भन्नाले के बुझिन्छ ?

  सङ्घ, प्रदेश र स्थानीय तह 

१०.  मिस नेपाल पिस २०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ?

 विधी लम्साल (काभ्रेपलाञ्चोक), २०८१ जेठ 

– नर्स विधी लम्सालले अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै बेस्ट पर्सनालिटीसहित उपाधि चुमेकी छन् । 

– उनले मिस ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

– प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनर्सअप 

भएकी छन् । 

११.  नेपालले विश्व फुटबल महासङ्घ (फिफा) को सदस्यता कहिले प्राप्त गरेको हो ?

   सन् १९७३

१२.  सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

  नेपाल पिक

१३.  मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?

   सिन्धुपाल्चोक

१४.  राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ? 

  जेठ १६

– छैटौँ (२०८१) राष्ट्रिय महिला अधिकार दिवसको नारा : हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान, 

– २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमा र बाबुमध्ये कसैको पनि नामबाट नागरिकता पाउने, एक तिहाई महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, विभेदकारी कानुनको खारेजी गर्ने, महिलाप्रति हुने हिंसाको अन्त्य गर्ने समेत चार अधिकारको प्रत्याभूतिका लागि सार्वजनिक महìवको प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवस मनाउने नेपाल सरकारको २०७६ सालको निर्णयबमोजिम सोही वर्षदेखि यो दिवस मनाउन थालिएको छ ।

१५.  सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

 मोहनशमशेर 

१६.  संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ? 

  सन् २०२० डिसेम्बर २

१७.  अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ? 

  मे २९

–  ७१ औँ (सन् २०२४) सगरमाथा दिवसको नारा ः विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव (सगरमाथा, द हाइएस्ट पिक इन द वल्र्ड, आइडेन्टिटी एन्ड प्राइड अफ नेपाल)

१८.  पीइएफए केसँग सम्बन्धित छ ? 

  सार्वजनिक वित्तीय व्यवस्थापनको सुधार

१९  बिस्काः जात्रा र महाकाली नाच कुन ठाउँमा नाचिने नाच हुन् ? 

  भक्तपुर

२०.  क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश अफ्रिका हो भने तेस्रो ठुलो महादेश कुन हो ?

   उत्तर अमेरिका

२१.  कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

 राजवंशी 

२२.  आव २०८१/८२ को बजेटमार्पmत सरकारले कुन प्रदेशलाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने घोषणा गरेको छ ? 

 बागमती प्रदेश 

– सरकारले सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र बनाउने घोषणा गरेको छ । 

कुन प्रदेश के को हब ? 

– कोशी : उद्योग हब 

– मधेश : कृषि हब 

– वागमती : सूचना प्रविधि हब 

– गण्डकी : पर्यटन हब 

– लुम्बिनी : साना तथा मझौला उद्यम हब 

– कर्णाली : जडीबुटी हब 

– सुदूरपश्चिम : धार्मिक पर्यटन हब 


१६ जेठ २०८१


१.  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र कहिलेदेखि लागु भएको हो ?

 सन् २०२४ मे २०

– स्थापनाको २७ वर्षमा बिम्स्टेकको बडापत्र लागु भएको हो । 

– बिम्स्टेकका सदस्य मुलुक नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड र म्यानमारको सहमति अनुसार मे २० देखि सो बडापत्र लागु भएको हो ।

– सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले सन् २०२२ मार्च ३० मा बिम्स्टेक बडापत्रमा हस्ताक्षर गरेका थिए । 

– २७ पृष्ठ र ३६ दफामा समेटिएको उक्त बडापत्रमा बिम्स्टेकको कार्यक्षेत्र, सहकार्यका क्षेत्रहरू, संयन्त्र, सचिवालयको संरचनालगायत उल्लेख छ । 

– बडापत्रलाई बिम्स्टेकको कानुनी तथा संस्थागत ढाँचा मानिएको छ । 

– आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूमा सदस्य मुलुकको साझा हितमा बिम्स्टेकले कार्य गर्ने बडापत्रमा उल्लेख छ ।

– अन्तर्राष्ट्रिय आतङ्कवाद, सीमापार अपराध, सङ्गठित अपराध, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा सरुवा रोग नियन्त्रणका लागि सहकार्य गर्ने पनि बडापत्रमा उल्लेख छ । 

– सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको हो ।

२.  १० औँ विश्व पानी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२४ मे १८–२५, इन्डोनेसियाको बाली

– नारा ः साझा समृद्धिका लागि पानी 

– सम्मेलनमा विश्वका विभिन्न देशका नेता तथा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो । 

– सम्मेलन जल संरक्षण, स्वच्छ पानी र सरसफाइ, खाद्य र उर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहेको थियो । 

३.  १७ औँ संस्करणको आइपिएल–२०२४ को उपाधि जित्ने क्लब कुन हो ?

 कोलकाता नाइट राइडर्स 

– कोलकाता नाइट राइडर्स सनराइजर्स हैदरावादलाई आठ विकेटले हराएर इन्डियन प्रिमियम लिग (आइपिएल) च्याम्पियन बनेको हो । 

– कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । 

– यस प्रतियोगितामा रोयल च्यालेन्जर्स बेङ्गलुरुका विराट कोहली सर्वाधिक रनकर्ता (७४१ रन) र हर्सल पटेल सर्वाधिक विकेट (२४ विकेट) लिने बलर बनेका । दुवैले जनही भारु १५ लाख प्राप्त गरेका छन् । 

४.  भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या कहिले भएको हो ?

 सन् १९९१ मे २१

– आक्रमणकारी श्रीलङ्काको पृथक्तावादी सङ्गठन तमिल टाइगर्ससँग आबद्ध एक महिला भएको विश्वास 

गरिएको छ । 

– आत्मघाती बम विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको थियो । 

५.  सबैभन्दा छिटो सगरमाथा आरोहण गरी महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान कायम गर्ने आरोहीको नाम के हो ?

 फुन्जो झाङ्मु लामा 

– गोरखाकी ३३ वर्षीया लामा २०८१ जेठ १० गते आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको चुचुरोमा पुगेकी
हुन्। 

– पर्यटन विभागका अनुसार यसअघि सन् २०२१ मा हङकङकी स्याङ मिन हङले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिज बुकमा नाम लेखाएकी थिइन् ।

– जापानकी महिला आरोही जुन्को ताबेईले सर्वप्रथम सन् १९७५ मे १६ मा पहिलो महिला आरोहीका रूपमा सगरमाथा आरोहण गरेकी थिइन् । 

– न्युजिल्यान्डकी महिला आरोही लिडिया ब्राडेले सन् १९८८ अक्टोबर १४ मा महिलातर्फ बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने महिलाका रूपमा कीर्तिमान राखेकी थिइन् । 

– पुरुषतर्फ मिङ्मा दोर्जी शेर्पाले ६ घण्टा १ मिनेटमा सगरमाथाको आरोहण गरी सर्वाधिक छिटो आरोहणको विश्व रेकर्ड कायम गरेका थिए । 

६.  राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना कहिले भएको हो ?

 विसं २०८१ जेठ १०

– डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को आकाङ्क्षा पूरा गर्ने उद्देश्य अनुरूप सरकारले सो केन्द्र स्थापना गरेको हो । 

– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौती पहिचान, रोकथाम, प्रतिव्रिmया तथा पुनर्लाभलगायत कामको सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फरेन्सिक अनुसन्धान गर्न केन्द्र स्थापना गरिएको हो । 

– २०८० माघ ९ गतेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

– पछिल्लो समय विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गरी केन्द्र स्थापना गरिएको हो । 

७.  सुरेल सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?

 दोलखा

– लोपोन्मुख भाषा, संस्कृति र वेशभूषालाई जोगाउन सुरेल समुदायले सङ्ग्रहालय स्थापना गरेको हो । 

– सुरेल जाति उत्थान सेवा समाजको पहलमा गौरीशङ्कर गापा, ५ सुरीमा सङ्ग्रहालय स्थापना गरिएको हो । 

– २०७८ को जनगणना अनुसार सुरेल जातिको जनसङ्ख्या ३१८ रहेको छ । 

८.  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान २०८१ कसलाई प्रदान गरेको छ ?

 कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठ 

– सो सम्मानको राशि जनही एक लाख ५० हजार रुपियाँ रहेको छ । 

– कलाकार सुरेस लवट तुलाधरलाई एक लाख रुपियाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिएको छ ।

अरनिको ललितकला पुरस्कार ः 

– अरनिको राष्ट्रिय प्रज्ञा सम्मान ः किरण मानन्धर र श्यामवदन श्रेष्ठ (राशि ः जनही रु. एक लाख ५० हजार)

– सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार ः सुरेश लवट तुलाधर (राशि ः रु. एक लाख) 

राष्ट्रिय ललितकला पुरस्कार 

– समसामयिक चित्रकला ः कृष्ण लामा, 

– समसामयिक मूर्तिकला ः श्रवणकुमार महर्जन, 

– परम्परागत चित्रकला ः महेश्वर डङ्गोल,

– परम्परागत मूर्तिकला ः सुमन शाक्य, 

– हस्तकला ः विनोद कुमार बज्राचार्य, 

– लोककला ः विजयकुमार दत्त कायस्थ, 

– प्रतिस्थापन कला ः टासी सलावा,

– फोटोग्राफी ः रामगोपाल वैद्य ।

– (पुरस्कार राशि ः जनही रु. ६० हजार) 

– सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार ः लक्ष्मण भुजेल 

– सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार ः भुवन थापा

– (पुरस्कार राशि ः रु. ५० हजार) 

– ललितकला लेखन पुरस्कार ः ज्ञानेन्द्र विवश (राशि ः रु. ६० हजार) 

– ललितकला पत्रकारिता पुरस्कार ः सुकृत नेपाल (गोरखापत्र) र रेनुका ढकाल (दी राइजिङ नेपाल), राशि ः रु. ३० हजार ।

– प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार (राशि ः जनही रु. ५० हजार) 

– कोशी ः सामना राई (भावभङ्गीमा कला)

– मधेश ः विगुल ढकाल (समसामयिक चित्रकला) 

– बागमती ः अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला) 

– गण्डकी ः भिमबहादुर रानामगर (समसामयिक मूर्तिकला) 

– लुम्बिनी ः आकाश बुढामगर (समसामयिक चित्रकला) 

– कर्णाली ः टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला) 

– सुदूर पश्चिम ः महेन्द्र पुन (समसामयिक मूर्तिकला)

– प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोशीबाट सोनी राई, मधेशबाट स्मिता श्रीवास्तव, बागमतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाष कुमार शाक्य, सुदूरपश्चिमबाट यसोदा कुमारी सिंह, समसामयिक मूर्तिकलातर्पm कोशीबाट टीकाराम, पौडेल (राशि किरण), बागमतीबाट जुनु खनाल शर्मालाई जनही ३० हजार रुपियाँ प्रदान गरिएको छ । 

९.  २०८१ जेठ १३ मा महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष पेस गर्नुभएको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आव २०७९/८० मा सरकारको कुल बेरुजु कति पुगेको छ ?

 रु. छ खर्ब ६९ अर्ब ८६ करोड 

– आव २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँ बढेको छ । 

– आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो । 

– अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९÷८० मा १४.०५ प्रतिशतले बढेको छ । 

– सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको २५ अर्ब ४७ करोड, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ अर्ब रहेको छ ।

– प्रतिवेदन अनुसार थपिएको बेरुजुमध्ये २३ अर्ब ४० करोड रुपियाँ (२४.४७ प्रतिशत) असुल गर्नुपर्ने छ भने ६५ अर्ब रुपियाँ अर्थात् ६८.०३ प्रतिशत नियमित गर्नुपर्ने छ । त्यस्तै, सात अर्ब १६ करोड रुपियाँ पेस्की देखिएको छ । 

– महालेखाले यो वर्ष ५६०५ सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्थाको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपियाँको लेखा परीक्षण गरेको थियो । 

– बेरुजुको रकम थप हुनेमा सङ्घीय सरकारी कार्यालयको ४६ अर्ब ५३ करोड रुपियाँ छ भने स्थानीय तहको ३१ अर्ब रहेको छ ।

– सङ्घीय कार्यालयमा १० मन्त्रालयको बेरुजु हिस्सा ९७.४२ प्रतिशत रहेको छ । 

– बेरुजु फस्र्योट तथा सम्परीक्षण विवरण अनुसार स्थानीय तहको प्रगति उल्लेख्य रहेको । सङ्घीय सरकारी कार्यालयको बेरुजु फस्र्योट विवरण शून्य रहँदा स्थानीय तहले भने यो वर्ष १० अर्ब रुपियाँ बेरुजु फस्र्योट गरेका छ । 

– आव २०७९/८० मा शून्य बेरुजु भएका पाँच स्थानीय तह : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाँउपालिका रहेका छन् । 

१०.  अर्थमन्त्री वर्षमान पुनद्वारा २०८१ जेठ १३ मा संसद्मा प्रस्तुत सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार नाफामा सञ्चालित सार्वजनिक संस्थान कति रहेका छन् ?

 २६ 

– मुलुकभर सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ वटा घाटामा रहेका छन् भने तीन वटा संस्थानको कारोबार शून्य रहेको छ । 

उच्च नाफा गर्ने पाँच वटा संस्थान 

शून्य कारोबार भएका संस्थान ः

– जनकपुर चुरोट कारखाना लि. 

– नेपाल विद्युत् उत्पादन क.लि.

– राष्ट्रिय प्रसारण ग्रिड कम्पनी 

११.  आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?

 २४.०९ प्रतिशत

– आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ ।

– गत आव २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ । 

– गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेको थियो । 

– समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको जनाइएको छ । 

– सातौँ कृषि गणना २०७८ अनुसार कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ । 

– सातौँ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवारभित्र थियो । 

१२.  १२८ मेगावाट क्षमताको मेवा–तमोर जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? 

 विसं २०८१ जेठ १०

– ताप्लेजुङ जिल्लामा रहेको यो जलविद्युत् आयोजना २०८५ असोज २५ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । 

– आयोजनाको अनुमानित निर्माण लागत २४ अर्ब ३२ करोड रुपियाँ रहेको छ । 

– मेवाखोलाको पानी तमोरमा ल्याएर मिसाएपछि आउने जडित क्षमता १२८ मेवागाट भएकाले यसको नाम मेवा–तमोर
रहेको छ।


९ जेठ २०८१


१.  आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? 

 रिचर्ड स्लेम्यान

– सन् २०२४ मार्च १६ मा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

– सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दुई महिनामा उनको निधन भयो । उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् । 

२.  नेपाल र गणतन्त्र कोरियाका आरोही सम्मिलित आरोहण टोलीद्वारा जुगल–१ हिमालको आरोहण कहिले गरियो ? 

 विसं २०८१ वैशाख ७

– नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारी सो आरोहण गरिएको हो । 

– सो हिमालको उचाइ ६५९१ मिटर रहेको छ । 

– जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो । 

– यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६,१२६ मिटर अग्लो ग्याल्जेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६,१५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेका थिए । 

३.  नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो ? 

 विसं २०८१ वैशाख २० (९४ वर्षको उमेरमा)

– २०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो । 

– उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो । 

४.  विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? 

 मे ३

– सन् २०२४ (३१ औँ) को नारा : विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता

– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा नामिवियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । 

५.  बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ कसलाई प्रदान ग¥यो ?

 प्रथम पुरस्कार : देवेन्द्र भट्टराई र मातृका दाहाल (राशि : रु. १६ लाख)

– द्वितीय पुरस्कार : दीपा दाहाल (राशि : रु. छ लाख)

– तृतीय पुरस्कार : रमेश कुमार (राशि : रु. तीन लाख)

– फाउन्डेसनले खोजमूलक रिपोर्ट प्रकाशित गर्ने चार जना पत्रकारलाई सो पुरस्कार प्रदान गरेको हो । 

– २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन/प्रसारणमा आएका अनुसन्धानपरक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउन्डेसनले जनाएको छ । 

६.  पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा कहिले भएको हो ? 

 विसं २०८१ वैशाख ३

– पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । 

– अब मधेश प्रदेशका आठमध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छन् । 

७.  भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ ?

 जिम्बाबे र जाम्बिया

८.  सन् २०२४ जनवरीमा जर्जियामा सम्पन्न वल्र्ड राइजिङ स्टार २०२४ को शीर्ष उपाधि जित्न सफल नेपाली बालप्रतिभा को हुनुहुन्छ ?

 लोयाङ शेर्पा

– कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जित्नुभएको हो । 

– प्रतियोगितामा सहभागी एन्जल बाबु कडेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया अवार्ड’ जित्नुभएको थियो । 

९. जगदुल्ला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? 

 २१०६ मेवा

– अर्धजलाशययुक्त यो जलविद्युत् आयोजना डोल्पा जिल्लामा रहेको छ । 

– निर्माणमा जान लागेको कर्णाली प्रदेशकै ठुलो आयोजना हो ।

– तीनै तहको सरकारको लगानी हुने पहिलो आयोजना हो । 

१०.  बद्रीकृष्ण वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

 प्राडा महादेव अवस्थी

– सुदूरपश्चिम साहित्य समाजले प्रदान गरेको यस पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।

– त्यस्तै, प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०८० (राशि : रु. १,११,१११।–) यज्ञराज उपाध्याय (अछाम) लाई प्रदान गरिएको छ । जनकपुरका प्राडा राजेन्द्र विमललाई सोही राशिको प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

११.  राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ कसलाई प्रदान गरियो ? 

 विदुर गिरी (नेपाल समाचारपत्र)

– पुरस्कार राशि रु. ५५,५५५।– रहेको छ । 

सम्मानित व्यक्तित्वहरू : 

– राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान : विदुर गिरी (राशि : रु. ५५,५५५।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान : कृष्ण भट्टराई र राज श्रेष्ठ (राशि : जनही रु. ५१,०००।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार : सुरज खड्का र अशेष अधिकारी (राशि : जनही रु. ५१,०००।–)

– मोफसल चलचित्र पत्रकारिता पुरस्कार : शिव पुन (राशि : रु. २५,०००।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : मदन रिजाल (राशि : रु. २५,०००।–)

– सङ्घले चलचित्र पत्रकारिता दिवसको अवसर पारी जेठ ७ गते ती पुरस्कार र सम्मान प्रदान गरेको हो । 

१२.  दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

 नेपाल 

१३.  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आव २०८१/८२ को नीति तथा कार्यक्रम कहिले पेस गरियो ? 

 विसं २०८१ जेठ १ 

प्रमुख प्रावधान

– नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण

– सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमानको रक्षा,

– सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण,

– राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन,

– व्यावसायिक वातावरण निर्माण गरी बन्द उद्योग सञ्चालन,

– सहकारीको नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना,

१४.  इतिहासकार ज्ञानमणि नेपालको निधन कहिले भएको हो ? 

 विसं २०८१ जेठ १

– नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नु भएका नेपालको इतिहासको खोज, अध्ययन र अनुसन्धानमा पछिल्लो समयमा समेत सक्रिय हुनुहुन्थ्यो । 

– इतिहासकार नेपालका नेपाल निरूपण, नेपाल निरुक्त, नेपालको महाभारत, पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन, पुराना कवितालगायत दुई दर्जन कृति प्रकाशित छन् । 

– उहाँको जन्म विसं १९८९ माघ शुक्ल पञ्चमीमा भोजपुरमा भएको हो ।

१५. नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विद्युत्को जडित क्षमता कति रहेको छ ? 

 ३०९३ मेगावाट

१६. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

 विसं २०८३ 

– सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।

– २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायत कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्षपछि धकेलिएको छ ।

– नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउँछन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।

– सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो । 

– राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो । 

– सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ । 

– काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाको पेरुङे डाँडामा सात सय पचास रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ । 

१७.  भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

 मजलिस

१८.  कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

 राजेन्द्र विक्रम शाह

१९.  विश्वकै ठुलो पानीजहाज कुन हो ?

 आइकन अफ दि सिज 

– सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो । 

– एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तलायुक्त रहेको छ ।

– जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।

– रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेष्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेका छन् । 

– सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ । 

– फ्लोडियाको मायामीमा जहाजको उद्घाटन गरिएको हो ।

२०.  नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

 प्रथम पञ्चवर्षीय योजना

२ जेठ २०८१


१.  सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 

 कामिरिता शेर्पा

– विसं २०८१ वैशाख ३० मा उनले २९ औँ पटक सफल आरोहण गरेका हुन् । 

– व्यक्तिगत रूपमा सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेर शेर्पाले २९ औँ पटक सफल आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका हुन् । 

– उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।

२. नेपाल राष्ट्र बैङ्कद्वारा २०८१ वैशाख ३० मा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को प्रथम नौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह कति प्रतिशत वृद्धि भएको छ ? 

 १९.८ प्रतिशत

– विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । 

– चैत्र मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको । 

– विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको । 

– बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । 

– यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार ७२१ रहेको छ । 

– राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रस्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैत्र महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । 

– २०८० चैत्र महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । 

– चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । 

– चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । गत वर्ष यही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा थियो । 

– देशमा भित्रिने प्रत्यक्ष विदेशी लगानी र देशबाट बाहिरिने लाभांशको समष्टिको सूचक प्रत्यक्ष वैदेशिक लगानी यस अवधिमा छ अर्ब ४८ करोडले धनात्मक छ । अघिल्लो वर्ष यही अवधिमा यो सूचक दुई अर्ब ६२ करोडले धनात्मक थियो । 

३.  बागमती प्रदेशको दोस्रो युवा सम्मेलन कहिले सम्पन्न भएको हो ? 

 विसं २०८१ वैशाख २८–३०, हेटौँडा

– सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । 

– प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो । 

– बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्यसहित युवा सम्मेलन आयोजना गरिएको हो । 

– सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागिता रहेको थियो । 

४. नेपालगन्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) कहिलेदेखि सञ्चालनमा आएको हो ? 

 विसं २०८१ वैशाख २४

– सञ्चालनमा आएसँगै नेपाल–भारतबिचको व्यापारमा सहजीकरण हुने विश्वास लिइएको छ । 

– गैरकानुनी रूपमा हुने चोरीपैठारी नियन्त्रण र आन्तरिक राजस्व वृद्धिमा सहयोग पुग्ने छ । 

– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीद्वारा जाँच चौकीको शुभारम्भ गरिएको छ । 

– करिब दुई अर्ब ७५ करोड लागतमा एकीकृत जाँच चौकी निर्माण भएको छ । 

५. काठमाडौँ महानगरपालिकाद्वारा काठमाडौँको टुँडिखेलमा सिप मेलाको सुरुवात कहिले गरियो ? 

 विसं २०८१ वैशाख २१ (जेठ १९ सम्म सञ्चालन हुने)

– १० विधा र ३० पेसाका लागि सञ्चालित प्रशिक्षणको अवधि सात दिन, १५ दिन र ३० दिनको रहेको छ । 

– चालु आव मा १५ हजारलाई सिपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको गौरवको ‘रोजगारी र आय वृद्धि, काठमाडौँ महानगरको समृद्धि’ कार्यव्रmम अन्तर्गत सिप मेला आयोजना गरिएको हो । 

६. राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको सिँचाइ सुरुङ कहिले छिचोलियो (ब्रेक थ्रु) ? 

 विसं २०८१ वैशाख २६

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम) को स्वीच थिचेपश्चात् सुरुङ छेडिएको हो । 

– सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीस्थित नदी किनारमा निकालिएको हो । 

– सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर मध्यतराईका पाँच जिल्लामा सिँचाइ सुविधा पु¥याउने सरकारी योजना छ । 

– सिँचाइका लागि नेपालले निर्माण गरेको यो दोस्रो आधुनिक सुरुङ हो । यसअघि १२.२१ किलोमिटर लामो भेरी–बबई सिँचाइ आयोजनामा सुरुङ बनाइएको छ । 

– सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशीको पानीलाई सुरुङमार्फत मरिण नदीमा खसालिने छ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । 

– परियोजनाबाट सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि रहेको छ । 

७. मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४ कहिले सम्पन्न भएको हो ? 

 विसं २०८१ वैशाख २५

नेपाली वस्तुको उत्पादन, खपत तथा निर्यात वृद्धिका लागि ३५ बुँदे घोषणापत्र जारी गरिएको छ । 

– नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले उद्योग मन्त्रालयसँगको सहकार्यमा गर्दै आएको सो सम्मेलनले नेपाली वस्तु उत्पादन र खपत प्रवर्धन एवं निर्यातका लागि प्रतिस्पर्धात्मक क्षमता विस्तारलाई मुख्य जोड दिएको छ । 

– वार्षिक एक हजार नयाँ उद्योग दर्ता, दिगो विकासको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्यसहित मेक इन नेपाल अभियान सञ्चालनमा ल्याइएको हो । 

८. नेपाल ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) को कतिऔँ सदस्य राष्ट्र बनेको हो ? 

 ४४ औँ

– (विसं २०७९ साउन ४ मा सङ्घीय संसद्बाट ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सदस्य बन्नेसम्बन्धी प्रस्ताव बहुमतका साथ अनुमोदन भएसँगै नेपाल यस संस्थाको सहभागितामूलक सदस्य बनेको हो ।)

९. गोल्डम्यान पुरस्कार र अब्राहम पुरस्कार कुन क्षेत्रसँग सम्बन्धित छन् ? 

 वातावरण

– गोल्डम्यान पुरस्कार वातावरण क्षेत्रको नोबल पुरस्कार मानिन्छ । 

– वातावरण क्षेत्रको सर्वाधिक धन राशिको पुरस्कार ब्लु प्लानेट पुरस्कार हो । 

– गालान्टे कन्जर्भेसन अवार्डबाट सम्मानित हुने नेपाली डा. मुकेशकुमार चालिसे हुन् । 

– युएनइपीद्वारा प्रदान गरिने ग्लोबल–५०० पुरस्कारबाट सम्मानित नेपाली कृष्णकुमार पाण्डे (१९८७) हुन् । 

१०. मधुपर्क सम्मान–२०८१ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ? 

 प्रा. कृष्ण गौतम, कवि मञ्चु काँचुली र कथाकार किशोर पहाडी

– गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन मधुपर्कले २०५९ सालदेखि यो सम्मान प्रदान गर्दै आएको छ । 

– सो सम्मानको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

११. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घद्वारा प्रदान गरिएको कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ? 

 चन्द्रप्रसाद ढकाल

१२. पहिचान पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? 

 लेखक प्रगति राई र पत्रकार प्रकाश गुरागाईं

– पहिचान पुरस्कार कोषले राई र गुरागाईंलाई नगद चार लाख रुपियाँसहित २०८१ वैशाख २२ मा सम्मान 

गरेको हो । 

– महिलाको वंश अधिकारमाथि लेखिएको राईको नयाँ उपन्यास याङ्ग्रा र गुरागाईंको कृति जङ्क्सन पिपलबोटलाई कोषले संयुक्त रूपमा सम्मान गरेको हो । 

१३. अमेरिकास्थित मासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा प्यासिफिक आइस्ल्यान्डर कमिसन (एएपिआई) ले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कसलाई सम्मानित ग¥यो ? 

 प्रह्लाद केसी (सन् २०२४ मे)

– (सन् १९७० को दशकमा पढ्नका लागि अमेरिका गएका केसीले मानव अधिकारको क्षेत्रमा परामर्शदाताका रूपमा काम गरेका छन् ।)

१४. गण्डकी प्रज्ञा–प्रतिष्ठानले गण्डकी प्रज्ञा साहित्य सम्मानबाट कसलाई सम्मानित ग¥यो ? 

 भूपिन व्याकुल

प्रतिष्ठानले सात सर्जकलाई सम्मानित गरेको छ :

गण्डकी प्रज्ञा साहित्य सम्मान : भूपिन व्याकुल (बागलुङ)

गण्डकी प्रज्ञा संस्कृति सम्मान : खगराज शर्मा (कास्की)

गण्डकी प्रज्ञा सङ्गीत सम्मान : पुरुषोत्तम न्यौपाने (स्याङ्जा)

गण्डकी प्रज्ञा कला सम्मान : गोपाल श्रेष्ठ (कास्की)

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मान : सरस्वती प्रतीक्षा (तनहुँ)

गण्डकी प्रज्ञा युवा सम्मान : रविन गुरुङ (स्याङ्जा र छिरिङ फोन्जो (मुस्ताङ)

– सुरुका चार सम्मानको राशि जनही एक लाख, नारी सम्मानको राशि ५० हजार र प्रज्ञा युवा सम्मानको राशि जनही २५ हजार रुपियाँ रहेको छ । 

– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, साहित्यकार सरुभक्त, कलाकार दुर्गा बराल वात्स्यायन लगायतद्वारा सर्जकलाई सम्मान प्रदान गरियो । 

१५. नेपाल सरकारले एक सय रुपियाँको नोटमा चुच्चे नक्सा समावेश गरी जारी गर्ने निर्णय कहिले गरेको हो ? 

 विसं २०८१ वैशाख २०

– हाल चलनचल्तीमा रहेको रुपियाँ एक सय दरको बैङ्क नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । 

– नेपालले २०७७ जेठ ७ गते नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । 

– नेपालले सुगौली सन्धि अनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागु गरेको हो । ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । 

– नेपालको नयाँ नक्सामा लिम्पियाधुरा माथिबाट बग्ने काली नदीपूर्वको गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ । 

१६. २०८१ सालमा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ? 

 रोशन शेरचन

– उत्तम शान्ति पुरस्कार गुठीले रोशन शेरचनको निबन्ध सङ्ग्रह ‘गल्ली संसार’ लाई सो पुरस्कार प्रदान गर्ने निर्णय (२०८१ वैशाख ३०) गरेको छ । 

– पुरस्कारको राशि एक लाख रुपियाँ तथा ताम्रपत्र रहेको छ । 

१७. ग्लोबल फाइनान्स म्यागेजिनको बेस्ट बैङ्क अवार्ड–२०२४ बाट सम्मानित नेपाली बैङ्क कुन हो ? 

 ग्लोबल आइएमई बैङ्क

– ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । 

– म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो । 

Source : गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *