२६ असार २०८१
१. कौसी क्विन–२०८१ को उपाधि कसले पाइन् ?
अञ्जनी जोशी
– कौसी क्विनको फस्र्ट रनर अप गङ्गादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिरे र थर्ड रनर अपको उपाधि कमलामाया श्रेष्ठले प्राप्त गरे ।
– बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्धन गर्ने र कौशी खेती गरिरहेकालाई थप प्रोत्साहित गर्ने उद्देश्यका साथ निजी क्षेत्रबाट कार्यक्रमको आयोजना गरिँदै आएको छ ।
२. नेपाल सामुदायिक पुस्तकालय सङ्घको प्रथम बागमती प्रदेश सम्मेलन कहिले सम्पन्न भयो ?
विसं २०८१ असार १३ र १४
– सम्मेलनले १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा सम्मेलन भएको हो ।
३. क्यानडा–नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४ मा उत्कृष्ट अभिनेता/अभिनेतृ को घोषित भए ?
अभिनेता: प्रदीप खड्का (फिल्म: प्रेमगीत ३)
अभिनेतृ: मिरुना मगर (फिल्म: जारी)
– उत्कृष्ट निर्देशक (फिचर फिल्म): सन्तोष सेन र स्वर्गीय चेतन गुरुङ
– उत्कृष्ट माउन्टेन फिल्म ः प्रेम गीत ३
– उत्कृष्ट टुरिजम फिल्म: मन्त्र
– उत्कृष्ट जुरी अवार्ड: विच्छेद
– उत्कृष्ट कल्चरल फिल्म: जारी
– सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म: लभ, लस्ट र फाउन्ड (क्यानडा)
– बेस्ट फिचर फिल्म नेपाल: बुलाकी
– दुई दिने महोत्सवमा नेपालसहित अमेरिका, क्यानडा, भारत, बङ्गलादेश गरी पाँच देशका चलचित्र सहभागी गराइएको थियो ।
४. खोटाङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा कहिले भएको हो ?
विसं २०८१ असार १८
– जिल्लास्थित १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चत तथा दिगोपना घोषणा गरेपछि सो घोषणा गरिएको हो ।
– कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा हुनेमा चौथो बनेको छ ।
५. हालै बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुने राजनीतिकर्मी को हुन् ?
सर कियर स्ट्यामर (सन् २०२४ जुलाइ ५)
– लेबर पार्टीका नेता स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
– बेलायतका राजा चाल्र्स तृतीयले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
– लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ ।
– बेलायतमा जुलाई ४ मा सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेर सत्तामा पुगेको हो ।
– विगत १४ वर्षभन्दा बढी समय सत्तामा रहेको कन्जरभेटिभ पार्टीले केवल १२१ सिट मात्र जित्न सक्यो ।
– ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ ।
६. इरानको नयाँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?
मसुद पेजेस्कियन
– पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी मत ल्याए भने उनका प्रतिद्वन्द्वी अल्ट्रा कन्जरभेटिभका सइद जलिलीले एक करोड तीन लाख मत प्राप्त गरे ।
– निर्वाचनमा ४९.८ प्रतिशत मतदान भएको थियो ।
७. भारतमा एक धार्मिक मेलामा भएको भागदौडमा १२१ भन्दा बढी मानिसको ज्यान जाने गरी दुःखद घटना कहिले भयो ?
सन् २०२४ जुलाई २
८. २० हजार कैदी अट्ने गरी विशाल कारागारको निर्माण कुन देशले गर्दै छ ?
होन्डुरस (सन् २०२४ जुलाई)
९. मानव भूगोलका पिता भनी कसलाई चिनिन्छ ?
फ्रेडरिक रिट्जेल
१०. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले भयो ?
विसं २०६९
११. विश्वको कान्छो गणतान्त्रिक मुलुक कुन हो ?
बार्बाडोस
१२. संयुक्त राष्ट्रसङ्घको पिस बिल्डङ कमिसन (पिबिसी) मा नेपाल कति अवधिका लागि चयन भएको छ ?
दुई वर्ष
– नेपाल सन् २०२३ जनवरीदेखि लागु हुने गरी दुई वर्षका लागि पिबिसीको सदस्य निर्वाचित भएको छ ।
– पिबिसीमा नेपालसहित भारत, बङ्गलादेश, इथियोपिया र रुवान्डा पनि सदस्य निर्वाचित भएका छन् ।
– राष्ट्रसङ्घीय मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरी पठाउने देशको सूचीबाट नेपाल पिबिसीमा निर्वाचित भएको हो । शान्ति स्थापना मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने १० मुलुकमध्येबाट पिबिसीमा पाँच मुलुक सदस्य हुने प्रावधान रहेको छ ।
१३. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७४ मङ्सिर १
१४. सरकारद्वारा नेपालको परराष्ट्र नीति–२०७७ पहिलो पटक एकीकृत दस्ताबेजका रूपमा कहिले सार्वजनिक गरिएको हो ?
विसं २०७७ मङ्सिर २१
१५. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?
सन् १९७५
– विश्व पर्यटन सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको हो ।
– यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको छ ।
१६. विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?
अमेरिकाद्वारा क्युवामाथि लगाइएको झन्डै साढे पाँच दशक (सन् १९६१–२०१५) लामो नाकाबन्दी
१७. पहिलो पटक रोबोट शब्दको प्रयोग गर्ने व्यक्ति को हुन् ?
कारेल क्यापेक (चेक नागरिक, सन् १९२१)
– रोबोट शब्दको उत्पत्ति रोबोटा (चेक शब्द) बाट भएको हो, जसको अर्थ फोस्र्ड लेबर भन्ने हुन्छ ।
– रोबोटको पूरा रूप -यान्डम अप्टिकल बायनरी अस्किलेटिङ टेक्नोलोजी रहेको छ ।
– पहिलो ह्युमोनोइड रोबोट एरिक (युके, सन् १९२८) हो ।
– फादर अफ रोबोटिक्स भनी एन्जेल बर्गेजलाई चिनिन्छ ।
– नगरिकता प्राप्त गर्ने पहिलो रोबोटको नाम सोफिया (साउदी अरब, सन् २०१८ अक्टोबर २५) हो ।
– सोफिया रोबोटको डिजाइन ह्यानसन रोबोटिक्सले गरेका हुन् ।
१८. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
सन् २०२१ जनवरी २२
– संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको हो ।
– यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।
– नेपालका तर्फबाट सन् २०१७ मा यस सन्धिमा हस्ताक्षर भएको छ ।
१९. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?
मोटोरोला (अमेरिका, सन् १९७३ अप्रिल)
२०. विश्वमा बढ्दो तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा तल राख्ने गरी वृक्षरोपण, वनजङ्गलको संरक्षण एवं हरियाली वृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ हरित जलवायु कोषको स्थापना कहिले भएको हो ?
सन् २०१०
– यसको प्रधान कार्यालय दक्षिण कोरियामा रहेको छ ।
२१. नेपाल सरकारले आयात–निर्यात कार्यलाई सहज बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याएको पोर्टल कुन हो ?
नेपाल ट्रेड
२२. एटिएम/डेबिट कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क एभरेस्ट बैङ्क हो भने क्रोडिट कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क कुन हो ?
हिमालयन बैङ्क
– इन्टरनेट बैङ्किङ सेवा सञ्चालन गर्ने पहिलो बैङ्क: कुमारी बैङ्क
– रोबोटको प्रयोग गर्ने पहिलो बैङ्क: एसबिआई बैङ्क
– क्युआर प्रयोगमा ल्याउने पहिलो बैैङ्क:नबिल बैङ्क
– मल्टी करेन्सी कार्ड प्रयोगमा ल्याउने पहिलो बैङ्क: सेञ्चुरी बैङ्क
२३. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ?
अशोक विनायक
२४. सैपाल हिमाल र उराई भन्ज्याङ कुन जिल्लामा रहेका छन् ?
बझाङ
२५. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन भने पाल्पाका अन्तिम राजा को हुन् ?
पृथ्वीपाल सेन
१९ असार २०८१
१. अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले चुम्यो ?
भारत (उपविजेता : दक्षिण अफ्रिका)
– दक्षिण अफ्रिकालाई सात रनले हराएर भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसै गरी भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको छ ।
– सन् २००७ मा विश्वकप टी–२० को पहिलो संस्करणको उपाधि जितेपछि भारतले अर्को उपाधि जित्न नवौँ संस्करणसम्म कुर्नु प¥यो ।
– सन् २०११ को एक दिवसीय विश्वकपको उपाधि भारतले जितेको थियो ।
– च्याम्पियन भारतले ट्रफीसहित २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो ।
– उपविजेता दक्षिण अफ्रिकाले १२ लाख २८ हजार अमेरीकी डलर पुरस्कार प्राप्त ग¥यो ।
– भारतका विराट कोहली फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
– भारतकै तेज बलर जसप्रित बुमराह ‘प्लेयर अफ दी टुर्नामेन्ट’ बने ।

२. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस–कसलाई प्रदान गरियो ?
रङ्गमञ्च विधा : वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा
– परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : वरिष्ठ सङ्गीतज्ञ चन्दनकुमार श्रेष्ठ
– लोकसङ्गीत विधा : लोकगायक बोमबहादुर कार्की
– सङ्गीत विधा : गायिका तारा थापा
– नाटक विधा : नाटककार गोपाल देवान
– नृत्य विधा : नृत्य निर्देशक जोगेन्द्र केसी
– सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।
३. नेपाली पत्रकारिता जगत्मा हिम डमरुको उपाधि कसले पाउनु भएको छ ?
बालकृष्ण बस्नेत
४. नेपालको इतिहासमा पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका बहालवाला मुख्य सचिव को हुन् ?
वैकुण्ठ आर्याल
– मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०८१ असार ९ मा मुद्दा दायर गरेको हो ।
– भ्रष्टाचारको मुद्दा लागेपछि नेपाल सरकारका मुख्य सचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।
– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवक थुनामा रहेको अवधि भर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक उक्त मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था छ ।
५. नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखिएको छ ?
७७.४ प्रतिशत
– क्षेत्रगत रूपमा काठमाडौँ उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ । यहाँ ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् ।
– सबैभन्दा कम साक्षरता मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको छ । यहाँ ५३.७ प्रतिशत महिला मात्र साक्षर रहेको सर्वेक्षणले देखाएको छ ।
– प्रदेशगत रूपमा महिला साक्षरता दर सबैभन्दा धेरै बागमती (७६.८ प्रतिशत) प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेश (५९.९ प्रतिशत) मा रहेको छ ।
– पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेश (९१.३ प्रतिशत) मा र सबैभन्दा कम मधेश प्रदेश (७७.९ प्रतिशत) मा रहेको छ ।
– प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।
– राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।

६. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?
चन्द्रबहादुर थापा
७. लोक सेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?
विसं २०१७ माघ २५ देखि २०१८ जेठ
८. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?
नेपाल अधिराज्यको संविधान, २०१५
९. मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक कहिले पारित गरेको हो ?
विसं २०८० असार ८
– यस्तो विधेयक मुलुककै पहिलो भएको दाबी गरिएको छ ।
१०. संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर) ले नेपालमा रहेका शरणार्थीको दैनिकी, जीवनचर्या र उनीहरूको दैनिकीलाई सहज बनाउन युएनएचसीआर नेपालले खेलेका भूमिकाहरू समेटी प्रकाशित गरिएको तस्बिर पुस्तक कुन हो ?
व्रिजेज अफ कम्प्यासन : अ फोटोग्राफिक ओडीसी अफ रिफ्युजिज इन नेपाल (सन् २०२४ जून २०)
– पुस्तकमा विगत तीन दशकभन्दा अघिदेखि नेपालमा रहेका शरणार्थीको दैनिक जीवनयापनलाई सहज बनाउनुका साथै उनीहरूको सुरक्षा र
संरक्षणमा नेपाल सरकारसँग मिलेर युएनएचसीआरले पु¥याएको योगदानलाई तस्बिरको रूपमा समेटिएको छ ।
– शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा सन् २००० मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् २००१ देखि जुन २० तारिखका दिन विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।
११. १६ औँ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाइ उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?
५० प्रतिशत
– १६ औँ योजनाले हाल २५ प्रतिशत रहेको सिँचाइ हुने कृषियोग्य जमिनलाई ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
– सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्न पूर्वपश्चिम राजमार्गको समानान्तरमा नहर निर्माण गर्नुका साथै चुरे तथा पहाडी क्षेत्रमा ठुला पोखरी निर्माण गरी वर्षाको पानी सङ्कलन र पुनर्भरणको व्यवस्था गर्ने सरकारको योजना छ ।
– त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा नदीको पानीबाट लिफ्ट सिँचाइ र तराईमा भूमिगत स्रोतबाट पम्प सिँचाइलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा राज्यले व्यवस्था मिलाउने योजना अगाडि सारेको छ ।
– सरकारले पाँच वर्षभित्र धान, मकै, गहुँ, आलु, तरकारी बाली, मसला बालीमा आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।

१२. राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ असार १३ मा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई–२०८०) को नतिजा अनुसार कति प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ?
४७.८६ प्रतिशत
– सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ ।
– यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका छन् ।
– एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ ।
– सैद्धान्तिक परीक्षामा न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत ल्याउन नसक्ने परीक्षार्थीको नतिजा एनजी आएको हो ।
१३. पाचौँ सुदूरपश्चिम स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट खेलाडी को घोषित भए ?
पुरुषतर्फ : दीपेन्द्र सिंह ऐरी (क्रिकेट) र महिलातर्फ जयन्ती बडु (कबड्डी)
– त्यस्तै, कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक बनेका छन् ।
– वर्ष युवा खेलाडी हेमन्त पाल (भारोत्तोलन)
– सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट र आइकन महिलामा एथ्लेटिक्सकी देवकी धामी घोषित भए ।
– लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गरेका छन् ।
– स्पेसल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रूपमा प्राप्त गरेका छन् ।
– वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको छ ।
१४. ‘राजजेता पार्क’ बनाउने योजना कुन प्रदेशको हो ?
कोशी प्रदेश
१५. रगत नीलो हुने समस्या के को कमीको कारणले हुन्छ ?
पाइरिडोक्सिन
१६. नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक को हुने व्यवस्था छ ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री
१७. नेपाली भाषामा लेखिएको पहिलो पुस्तक कुन हो ?
अक्षराङ्क शिक्षा
१८. आव २०८०/८१ मा देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन प्रदेशको रहने अनुमान छ ?
बागमती प्रदेश (३६.४ प्रतिशत), सबैभन्दा कम कर्णाली प्रदेश : ४.३ प्रतिशत
१२ असार २०८१
१. राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उच्चस्तरीय बैठकमा सहभागी हुन कहिले स्विट्जरल्यान्ड प्रस्थान गर्नुभयो ?
विसं २०८१ जेठ २९
– उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल २०८१ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा जानुभएको थियो ।
– उहाँ २०८१ असार ५ गते स्वदेश फर्किनु भयो ।
२. टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा कम बलमा शतक प्रहार गरी विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ?
साहिल चौहान (इस्टोनिया)
– सन् २०२४ जुन १७ मा चौहानले साइप्रसविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा २७ बलमै शतक प्रहार गरेर कीर्तिमान राखेका हुन् ।
– साहिलले छिटो शतकको कीर्तिमान राख्नुका साथै एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत रचेका छन् । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोड्दै १८ छक्का प्रहार गरेका हुन् ।
– एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने क्रिकेटर दक्षिण अफ्रिकाका एबी डिभिलियर्स हुन् । उनले सन् २०१५ मा वेस्टइन्डिज विरुद्धको खेलमा ३१ बलमा शतक प्रहार गरेका थिए ।
– यसै गरी टेस्ट क्रिकेटमा भने न्युजिल्यान्डका पूर्व खेलाडी ब्रेन्डन म्याककुलमले सन् २०१६ मा अस्ट्रेलिया विरुद्धको खेलमा ५४ बलमा शतक प्रहार गरी कीर्तिमान रचेका थिए ।
३. युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया ग्रुप काठमाडौँको सहआयोजनामा राजधानीमा सम्पन्न (२०८१ असार) राष्ट्रिय युवा गायन प्रतियोगितामा प्रथम हुन सफल प्रतिभा को हुन् ?
दीपकराज कालिराज (मकवानपुर)
– प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रूपन्देहीका सुरज खाती तृतीय भए ।
४. आइएमई समूहले अगाडि बढाएको मध्य कालीगण्डकी जल विद्युत् परियोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
६६.३ मेगावाट
– म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपियाँ रहेको छ ।
– आयोजनाका लागि ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ ।
– परियोजनामा ४.३ किलोमिटर सुरुङ निर्माण गरिने छ ।
– परियोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिने छ ।
– आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
५. विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए–२१) को बैठक कहिले र कहाँ सम्पन्न भयो ?
विसं २०८१ असार ४–७, काठमाडौँ (सन् २०२४ जुन १८–२१)
६. प्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
आख्यानकार भुवन ढुङ्गाना
– महेश संस्कृत गुरुकुलम्, देवघाट, तनहुँलाई लीलानाथ विश्व मञ्जरी बराल प्रतिभा पुरस्कार, हास्य व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार र कथाकार वनमाली निराकारलाई दीनवन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
– चार वटै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
– विराटलक्ष्मी प्रतिभा पुरस्कार गजलकार मधु पोखरेललाई प्रदान गरिएको छ ।
– षडानन्द प्रतिभा पुरस्कार कविद्वय शकुन्तला मञ्जरी र चेतना अधिकारीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि २१ हजार रुपियाँ रहेको छ ।
७. गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुन् ?
करण परियार (बर्दिया)
– २०८१ असार ८ मा भएको ग्रान्ड फिनालेमा उनी बिजेता बनेका हुन् ।
– उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।
– प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनर अप बनिन् । उनले ट्रफीसहित नगद १० लाख रुपियाा पुरस्कार प्राप्त गरिन् ।
– दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद पाँच लाख रुपियाँ प्राप्त गरे ।
– थर्ड रनर अप बनेका दार्जिलिङकै मोहित भुजेलले स्कुटर पुरस्कार प्राप्त गरे ।
– एपीवान टेलिभिजनले यो कार्यक्रम निर्माण गर्दै आएको हो । सिजन–५ चार महिनादेखि जारी थियो ।
८. नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति पुगेको छ ?
७७.४ प्रतिशत
९. दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ?
सिरिल रामाफोसा (सन् २०२४ जुन)
– दक्षिण अफ्रिकी संसद्ले अफ्रिकी राष्ट्रिय कङ्ग्रेस (एएनसी) का अध्यक्ष रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित राष्ट्रपति रामाफोसाको यो दोस्रो कार्यकाल हो ।
१०. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?
जुन २३
११. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?
अफ्रिका
१२. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन् ?
निर्मल पुर्जा
१३. अन्तर्राष्ट्रिय कृषि सम्मेलन हालै नेपालमा कहिले सम्पन्न भयो ?
विसं २०८१ असार ४–५
– नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बद्ध विज्ञ सहभागी सो सम्मेलन चितवनमा सम्पन्न भएको थियो ।
– कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयद्वारा आयोजित सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्षसहित सम्पन्न भएको छ ।
१४. प्रदेश सभामा देशकै पहिलो महिला सभामुखमा चयन हुने नेतृ को हुन् ?
नन्दा गुरुङ (कर्णाली प्रदेश, नेकपा एमालेबाट, समानुपातिक)
– प्रदेश सभाको २०७९ माघ १ मा बसेको बैठकमा सत्तारूढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी कर्णाली प्रदेशको दोस्रो सभामुख र नेपालको इतिहासमै पहिलो महिला प्रदेश सभा सभामुख बन्न सफल भएकी छन् ।
– प्रदेश सभाको पहिलो कार्यकालमा सात वटै प्रदेशमा सभामुख पुरुष चुनिएका थिए ।
– गुरुङ सभामुखमा निर्वाचित भएपछि महिला सांसदहरूले ‘समावेशी अभ्यासको सुन्दर नमुना’ भन्दै यसले महिलामा ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।
१५. नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कसलाई प्रदान गरियो ?
शान्ता चौधरी (दाङ)
– संस्थाले योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान विराटनगरकी कविता चापागाईंलाई प्रदान गरेको छ ।
– योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान (राशि : रु. २५,१११।–) २०६५ सालदेखि प्रदान गरिँदै आएको छ ।
– योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (राशि : रु. ५०,००१।–) २०७५ सालमा स्थापना भएको हो ।
१६. विश्व बैङ्कको नेपाल निर्देशकमा को नियुक्त भएका छन् ?
डेभिड सिस्लेन (सन् २०२४ जुन)
– सिस्लेनले काठमाडौंस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्ने छन् ।
१७. अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सय विकेट लिने पहिलो नेपाली बलर को हुन् ?
सन्दीप लामिछाने
– सन्दीपले सन् २०२४ जुन १७ मा टी–२० विश्वकप अन्तर्गत बङ्गलादेशविरुद्ध दुई विकेट लिँदै एक सय विकेट पुर्याएका छन् ।
– उनले ५४ इनिङमा सयौँ विकेट लिएका छन् । यो टी–२० अन्तर्राष्ट्रियमा दोस्रो छिटो सय विकेटमा पुगेको क्षण हो ।
– यो फम्र्याटमा सबभन्दा छिटो अफगानिस्तानका राशिद खानले ५३ इनिङमा १०० विकेट लिने कीर्तिमान
राखेका छन् ।
१८. विश्वको सबभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?
विम्वल्डन टेनिस प्रतियोगिता
– सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको हो ।
१९. विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
सन् २०१२
– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने भएको छ ।
– डब्लुटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ ।
२०. ‘स्मार्ट गोरखापत्र’ को औपचारिक शुभारम्भ कहिले भएको हो ?
विसं २०७४ फागुन २
२१. विश्वमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कुन राष्ट्रबाट भएको हो ?
अस्ट्रेलिया
२२. सबभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह)
– सबभन्दा धेरै स्थानीय तह भएको प्रदेश : कोशी (१३७)
– सबभन्दा कम स्थानीय तह भएको प्रदेश : कर्णाली (७९)
– दुई दुई वटा उपमहानगरपालिका भएको जिल्लाको सङ्ख्या : तीन । सुनसरी (धरान र इटहरी), बारा (जितपुर र कलैया) र दाङ (तुलसीपुर र घोराही)
२३. नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक के हुने व्यवस्था छ ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री
५ असार २०८१
१. वि सं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?
रु. ६४ अर्ब ५४ करोड
सातै प्रदेशको बजेट : २०८१/८२
– कोशी
कुल बजेट : ३५ अर्ब २८ करोड
चालु : १४ अर्ब ४७ करोड
पुँजीगत : १६ अर्ब २० करोड
(आव २०८०/८१ : रु. ३६ अर्ब ७४ करोड)
– मधेश
कुल बजेट : ४३ अर्ब ८९ करोड
चालु : १६ अर्ब ७ करोड
पुँजीगत : २७ अर्ब ८९ करोड
(आव २०८०/८१ : रु. ४४ अर्ब ११ करोड)
– बागमती
कुल बजेट : ६४ अर्ब ५४ करोड
चालु : २६ अर्ब १० करोड
पूँजीगत : ३६ अर्ब ९४ करोड
(आव २०८०/८१ : रु. ६२ अर्ब ७१ करोड)
– गण्डकी
कुल बजेट : ३२ अर्ब ९८ करोड
चालु : १३ अर्ब १६ करोड
पूँजीगत : १९ अर्ब ५२ करोड
(आव २०८०/८१ : रु. ३३ अर्ब ८२ करोड)
– लुम्बिनी
कुल बजेट : ३८ अर्ब ९७ करोड
चालु : ११ अर्ब २४ करोड
पुँजीगत : २४ अर्ब ५९ करोड
(आव २०८०/८१ : रु. ४० अर्ब ४७ करोड)
– कर्णाली
कुल बजेट : ३१ अर्ब ४१ करोड
चालु : सात अर्ब ५८ करोड
पुँजीगत : १८ अर्ब ७५ करोड
(आव २०८०/८१ : रु. ३३ अर्ब ३७ करोड)
– सुदूरपश्चिम
कुल बजेट : ३१ अर्ब ६३ करोड
चालु : ११ अर्ब सात करोड
पुँजीगत : १७ अर्ब ५३ करोड
(आव २०८०/८१ : रु. २९ अर्ब २७ करोड)
– सातै प्रदेशको कुल बजेट : रु. दुई खर्ब ७८ अर्ब ७० करोड
– आव २०८०/८१ मा कुल बजेट : रु. दुई खर्ब ८० अर्ब ४० करोड
२. भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?
सन् २०२४ जुन ७
दुई कार्यकाल पूरा गरिसकेका विजेपी नेता नरेन्द्र मोदीले जुन ९ का दिन तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २० औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।
हालैको लोक सभा निर्वाचनमा एकल बहुमत प्राप्त नभए पछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो ।
५४३ सदस्यीय लोक सभामा एनडिएलाई २९२ सिट प्राप्त भएको छ ।
३. इजिप्टमा तेस्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति को हुन् ?
अब्देल फताह एल–सिसी
४. मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?
क्लाउडिया सेइन वाम (सन् २०२४ जुन)
– उनले वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’ को उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् ।
– सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो ।
५. ४३ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२३ सेप्टेम्वर ४–७, जकार्ता (इन्डोनेसिया)
– आसियान शिखर सम्मेलन हरेक २÷२ वर्षमा आयोजना गरिने छ ।
– आसियानको स्थापना सन् १९६७ फेब्रुअरी २४ मा भएको छ ।
६. किर्गिजस्तानले राष्ट्रिय प्रतीक चिह्नको रूपमा के घोषणा गरको छ ?
हिउँ चितुवा
७. कङ्गोको पहिलो महिला प्रधानमन्त्रीका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?
जुडिथ सुमिन्वा टुलुका (सन् २०२४ अप्रिल १)
८. एल–निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने देश कुन हो ?
जिम्बाब्बे (खडेरीका कारण ८० प्रतिशत भूभाग प्रभावित)
९. चौथो साङ्घाई कर्पोरेसन अर्गनाइजेसन स्टार्टअप फोरम कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२४ मार्च १९, नयाँ दिल्ली
१०. इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?
सन् २०१५ नोभेम्बर ३०
– कर्कट रेखा र वृश्चिक रेखाको बिचमा पर्ने सौर्य ऊर्जामा समृद्ध देशहरूको गठबन्धन नै इन्टरनेसनल सोलार एलायन्स हो ।
– यो एलायन्स गठनको प्रस्तावक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् ।
– नेपाल सन् २०२२ मा यस एलायन्सको सदस्य (१०६ औँ) बनेको छ ।
११. लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन् ?
रेबिका साहने
– (विवेक स्वच्छ केन्द्र बाल आश्रममा आबद्ध)
१२. फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानित हुने नेपाली को हुन् ?
रिन्जिन फुन्जोक लामा
– लामा हुम्लामा हिउँ चितुवाको संरक्षणमा समुदायसँग कार्य गर्ने संरक्षणकर्मी हुन् ।
– फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गर्ने सो पुरस्कारको राशि ५० हजार युरो रहेको छ ।
१३. बिम्स्टेक फ्याकल्टिज एक्स्चेन्ज प्रोगामको आयोजना कहाँ गरियो ?
बङ्गलादेश (सन् २०२४ मार्च ३–६)
– पारस्परिक सहकार्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
१४. विश्वको पहिलो वैदिक घडी कुन हो ?
विक्रामादित्य वैदिक घडी
– भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको छ ।
– समय गणना मान ३० घण्टा, एक दिन एवं एक घण्टा, ४८ मिनेट रहेको छ ।
– यस घडीको उद्घाटन सन् २०२४ फेब्रुवरी २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको हो ।
१५. आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?
सन् २०२४ फेब्रुवरी २९–मार्च २, पुने (भारत)
– (नारा : जिओ–इकोनोमिक च्यालेन्जेज इन एन इरा अफ फ्लक्स)
१६. ‘पैसाको उडान’ नामक कृतिका लेखक को हुन् ?
डा. रवीन्द्र समीर
१७. तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?
विसं २०८१ जेठ ३१
– यो केवलकार गत वैशाख १ गतेदखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।
– तीन चरणको परीक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र प्राप्त गरेको छ ।
– केवलकारको प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
१८. देशकै लामो झोलुङ्गे पुल कुन हो ?
कठाल–मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान)
– पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ ।
– पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो ।
– यस पुलले सिरहा नपा–१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा–६, कठाल (धनुषा) जोड्ने छ ।
१९. ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
नबिल बैङ्क लि. (सन् २०२४)
– बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।
२०. सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘ग्रान्ड प्रिक्स’ अवार्ड जित्ने फिल्म कुन
हो?
भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित)
– कपाडियाको यही फिल्मले ७७ औँ कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ ।
२१. पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?
सन् २०२४ मे २५
– मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान गएको छ ।
२२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?
सलिना (तेजसराज जोशी निर्देशित)
– रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित गरिएको हो ।
२३. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?
केपी खनाल (सरसफाइ अभियन्ता)
– इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।
Source : गोरखापत्र अनलाइन
