३० साउन २०८१
१. सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?
विसं २०७८ मङ्सिर १
– हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने लक्ष्यसहित ई पासपोर्ट प्रयोगमा ल्याइएको हो ।
– शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट प्रदान गरिएको थियो ।
– सन् २०३० सम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको छ ।
२. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
गुणकाम देव
३. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
लिच्छवि काल
४. रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?
विसं २०६४ वैशाख १
५. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?
विसं २०६१ माघ ४, वीरगन्ज
६. कुन सन्धिपश्चात् युरोपेली आर्थिक समुदाय युरोपेली सङ्घमा परिणत भएको हो ?
म्यास्ट्रिच सन्धि
७. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?
लाओस
८. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भागीरथ भन्नाले के बुझिन्छ ?
परिश्रमी
९. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
स्थिति शक्ति (पोटेन्सिएल इनर्जी)
– तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।
१०. चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ ?
वस्तुमा हुने चालको कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति
बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।
११. पृथ्वीबाट अन्तरिक्षमा पठाइएको पहिलो प्राणी कुन हो ?
लाइका नामक कुकुर (सन् १९५७)
१२. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
मनको बाँघ
१३. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?
२४.०९ प्रतिशत
– आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ ।
– गत आव २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
– गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेको थियो ।
– समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको जनाइएको छ ।
– सातौँ कृषि गणना २०७८ अनुसार कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ ।
– सातौँ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवार भित्र थियो ।
१४. अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने उद्देश्यका साथ ‘नेपाली पोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?
विसं २०७६ माघ १३
१५. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?
सन् १९८७, क्यानडाको मन्ट्रियल
१६. नेपालकै पहिलो विज्ञान सङ्ग्रहालय ‘बिपी कोइराला मेमोरियल राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा
– यो सङ्ग्रहालय विसं २०७६ वैशाख २८ देखि सञ्चालनमा आएको हो ।
– विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई सङ्ग्रहालयमा रहेका सामग्री बारे जानकारी दिन ‘फूलमाया’ नामक रोबर्टसमेत रहेको छ ।
१७. नेपालमा र्याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
वि. सं २०२७
– विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको हो ।
१८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
भण्डारखाल पर्व
१९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ ?
द्रविड
२०. मुलुककै पहिलो पूर्ण खोप सुनिरिश्चत प्रदेश कुन हो ?
गण्डकी प्रदेश – विसं २०७५ भदौ १३ मा घोषित
२१. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
सन् १९९८
– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
– हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।
२२. अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाइन्छ ?
जुन २०
– सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो ।
– शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरेको उपलक्ष्यमा सन् २००० डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सो दिवस मनाउने सम्बन्धमा निर्णय गरेको हो । सन् १९५१ मा शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको थियो ।
२३. विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
सन् २०१२
– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने छ ।
– डब्लुटिओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ ।
२४. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?
विसं २०८० चैत १८
– काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाएको हो ।
– इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिन्छ ।
– यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ ।
२५. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?
विसं २०८० फागुन
– बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याएको हो ।
– विसं २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति २०८० स्वीकृत गरेको हो ।
– नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो ।
– सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो ।
२६. नेपालको पर्यटनमा हाइ सिजनका रूपमा कुन महिनालाई लिइन्छ ?
अक्टोबर
– नर्मल सिजन–फेब्रुअरी, लो सिजन–नोभेम्बर र अफ सिजन–मार्च हुन् ।
२३ साउन २०८१
१. बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत
– त्यसै गरी सञ्चारकर्मी चन्द्रकिशोर झालाई सेवा पुरस्कार नेपाल–२०८१ प्रदान गरिएको छ ।
– दुवै पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपियाँ रहेको छ ।
२. प्राज्ञिक सम्मेलन–२०८१ कहिले सम्पन्न भयो ?
विसं २०८१ साउन, काठमाडौँ
– नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त सम्मेलन १२ बुँदे घोाणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
३. सुरसाधक गुरुदेव कामतको निधन कहिले भएको हो ?
विसं २०८१ साउन १७
४. मिस नेपाल वल्र्ड २०२४ विजेता सुन्दरी को हुन् ?
आस्माकुमारी केसी
– मिस नेपाल अर्थ : सुमना केसी र मिस नेपाल इन्टरनेसनल करुणा रावत घोषित भए ।
५. काभा बिच भलिबल प्रतियोगिता–२०२४ को उपाधि कसले जित्यो ?
नेपाल
– नेपालको महिला टिमले पहिलो पटक काभा बिच भलिबलको उपाधि जितेको हो ।
६. राजेन्द्र सुवेदी कला पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?
नृत्यगुरु भैरवबहादुर थापा
– राजेन्द्र सुवेदी साहित्य पुरस्कार भने प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरियो ।
७. भुटानको राष्ट्रिय भाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?
दिवेही
८. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
स्नायु प्रणाली
९. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
सन् २०१० अक्टोवर २९ (जापानको नायोगामा)
– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको हो ।
– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको हो । सन्धि अनुमोदन गर्ने नेपाल १०१ औँ राष्ट्र भएको छ ।
१०. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
अमेरिका
११. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए–अन्ना) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
सन् २०१६ जुन २३
– अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको छ ।
– यसको मुख्यालय जर्मनीमा रहेको छ ।
१२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा
– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भुत र आकर्षक कुण्ड रहेका छन् ।
– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको छ ।
१३ संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगले नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ ?
आइटम १९
१४. राजस्व विभागको स्थापना कहिले भएको हो ?
विसं २०५०
– विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । सोपश्चात् राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायका रूपमा अर्थमन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागकोे स्थापना भएको हो ।
– सुरुमा कर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार प्र्राप्त विभागले आव २०६५÷६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ ।
– नेपाल सरकारले विदेशी विनिमयसम्बन्धी कसुर सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नका लागि विभागका महानिर्देशक वा निजले तोकेका यसै विभाग वा अन्तर्गतका अधिकृतलाई अनुसन्धान अधिकारी तोकेको छ ।
– राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय ऐन २०१९ र विदेशी विनिमय नियम २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार यस विभागलाई तोकिएको छ ।
१५. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ ?
प्राथमिक स्वास्थ्य उपचार
१६. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
विसं २०७६ जेठ ६
– ‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर विछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको हो । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने छ ।
१७. संस्कृत भाषाको पहिलो चलचित्र ‘गुरु दक्षिणा’ हो भने नेपाली भाषाको पहिलो चलचित्र कुन हो ?
सत्य हरिश्चन्द्र
१८. इन्द्र सरोवर कहाँ पर्छ ?
मकवानपुरमा पर्ने कुलेखानी जलविद्युत् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्र सरोवर भनिन्छ ।
– युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्र सरोवर’ नामकरण गरिएको यो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो ।
– यो ताल मत्स्य पालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।
१९. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?
सन् १९८८
२०. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
रिङ्गिट
२१. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?
जुन २३
२२. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?
अफ्रिका
२३. विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?
विम्बल्डन टेनिस प्रतियोगिता
– सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको हो ।
२४. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?
रणबहादुर शाह
– राणाकालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।
– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयको सुरक्षाका लागि खटाएका थिए ।
– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए ।
२५. २०७८ को जनगणना अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?
१५१ जना (प्रति एक लाखमा), सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेका छन् ।
२६. राणा शासनविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चार सहिदमध्ये सबैभन्दा पहिला मारिने सहिद को थिए ?
शुक्रराज शास्त्री
२७. काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?
विसं २०७९ असार २
– यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात
पुगेको छ ।
– विसं २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
२८. विश्वको सबैभन्दा अग्लो होटल कुन हो ?
जे होटल (चीन)
– चीनको साङ्घाइमा रहेको यो होटल ६३२ मिटर अग्लो रहेको छ ।
– यो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा
आएको हो ।
२९. जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत केलाई मानिएको छ ?
बिउ बैङ्क
– अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका छन् ।
– हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति
रहेका छन् ।
– राम्रो खालका बिउ बैङ्कहरू कृषिमा जलवायु सङ्कटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण
हुने छ ।
– विश्वमा हाल झन्डै एक हजार सात सय बिउ बैङ्क वा जिन बैङ्क रहेका छन् ।
३०. विश्वकै पुरानो टेनिस कोर्ट कुन हो ?
लन्डनस्थित ह्याम्टन टेनिस कोर्ट
– द रोयल कोर्ट अफ लन्डन पनि भनिने यो कोर्ट सन् १५२६ देखि १५२९ को बिचमा बनेको हो ।
– बेलायतका हेनरी आठौँले आफ्नी रानी अने बोलेयलाई उपहारस्वरूप यो टेनिस कोर्ट बनाएको इतिहासमा उल्लेख छ ।
१६ साउन २०८१
१. हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
९८ औँ
– सन् २०२३ मा नेपाल १०३ औँ स्थानमा थियो ।
– हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा यात्रा गर्न फ्री भिसा उपलब्ध हुने गरेको छ ।
– विश्वका शक्तिशाली पासपोर्टको सूचीको पहिलो स्थानमा सिङ्गापुर रहेको । सिङ्गापुरका नागरिकले विश्वका १९५ देशमा फ्री भिसामा यात्रा गर्न सक्छन् ।
– शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष देशहरू :

– जुन राष्ट्रको राहदानी प्रयोग गरेर नागरिकले फ्री भिसामा धेरै गन्तव्यमा यात्रा गर्न सक्छन्, सोही राष्ट्रको राहदानी सबैभन्दा शक्तिशाली हो ।
– यो सूचकाङ्क इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले उपलब्ध गराएको विशेष तथ्याङ्कका आधारमा तयार गरिएको हो ।
– यो सूचीमा सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान क्रमशः सबैभन्दा तल रहेका छन् ।
२. नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बन्न सफल व्यक्तित्व को हुन् ?
लीलादेवी गड्तौला (विसं २०८१ साउन १०)
– विसं २०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी गड्तौला ५८ बर्से उमेर हदका कारण १५ भदौमा सेवानिवृत्त हुने छिन् ।
शाखा अधिकृत : २०५२
उपसचिव : २०६३
सहसचिव : २०७०
सचिव : २७ कात्तिक २०७७
– निजामती सेवामा पहिलो महिला सचिव चन्द्रकला किरण हुन् । २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरण २०४१ सालमा सचिवमा नियुक्त भएकी थिइन् ।
३. ३३ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?
सन् २०२४ जुलाई २६ (अगस्ट ११ सम्म सञ्चालन हुने ।), पेरिस (फ्रान्स)
४. ‘दी स्प्रिट अफ ल’ नामक कृतिका रचनाकार को हुन् ?
मन्टेस्क्यु
– डिभाइन कमेडी : दाँते
– फ्रिडम फ्रम फियर : आङसाङ सुकी
– द प्रिन्स : निकोलो मेकियावेली
– मेटाफिजिक्स : अरस्तु
– सोसियल कन्ट्रयाक्ट : जिन ज्याक रुसो
५. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
जुलाई २९
– २०२४ को नारा : कार्यका लागि आह्वान ।
– विश्व बाघ दिवस सन् २०११ देखि मनाउन थालिएको हो ।
६. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?
विष्णुगुप्त
७. धार्मिक, पर्यटकीय एवं जैविक विविधताका हिसाबले महìवपूर्ण बर्जुताल कहाँ रहेको छ ?
सुनसरी
८. राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरियो ?
प्राडा शिवराज अधिकारी (विसं २०८१ साउन)
९. प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?
गजलकार खगेन्द्र गिरी ‘कोपिला’ (नेपालगन्ज), पुरस्कार राशि : ५१,१११।–
१०. भू–उपग्रहबाट पहिलो पटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?
मुस्ताङ
११. बेलायतको बाथमा आयोजित ६५ औँ अन्तर्राष्ट्रिय ओलम्पियाड (२०२४) मा नेपाललाई अनरेवल मेन्सन अवार्ड दिलाउने विद्यार्थी को हुन् ?
कृतेश ढकाल र श्रेयस शर्मा बास्तोला
– १०८ देशका छ सयभन्दा बढी विद्यार्थी सम्मिलित सो प्रतिस्पर्धामा उनीहरूले एक एक अनरेबल मेन्सन (एचएम) दिलाएका हुन् ।
– नेपाल गणित सङ्घले तीन हजारभन्दा बढी विद्यार्थीमध्ये विभिन्न चरणका छनोटबाट छ जना विद्यार्थी छानेको थियो ।
– हरेक वर्ष जुलाईमा आयोजना हुने यो प्रतियोगिता संसारकै ठुलो शैक्षिक प्रतियोगिता मानिन्छ ।
– प्रतियोगिता सन् १९५९ देखि रोमानियाबाट सुरु भएको हो ।
– नेपालले सन् २०१७ ब्राजिलमा सम्पन्न ५८ औँ प्रतियोगिताबाट सहभागिता जनाउँदै आएको छ ।
– संसारभरका २० वर्षमुनिका विद्यार्थीबिच हुने यो प्रतियोगिताको ६६ औँ संस्करण आगामी वर्ष जुलाइमा अस्ट्रेलियामा हुने छ ।
१२. प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् २०२४ का लागि तयार पारिएको संसारका सय सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो ?
बुरहान वाइल्डरनेस क्याम्प, बर्दिया
१३. एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
श्रीलङ्का (उपविजेता : भारत), सन् २०२४ जुलाई
– श्रीलङ्काले भारतलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो ।
– पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलङ्काले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो ।
– उपाधि विजेता श्रीलङ्काका चमारी अटापटु प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छन् । उनले सर्वाधिक ३०४ रन जोडेकी छन् । प्रतियोगितामा सर्वाधिक विकेट लने बलर भारतीय दीप्ति शर्मा हुन् । उनले पाँच खेलमा १० विकेट हात पारेकी छन् ।
१४. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?
पिजन
१५. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?
विसं २०६१ माघ ४, वीरगन्ज
१६. नेपाली शिक्षा परिषद्ले ‘लेबाल त्रिरत्न पुरस्कार’ कसलाई प्रदान ग¥यो ?
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला
– पुरस्कारको राशि एक लाख एक हजार १०१ रुपियाँ रहेको छ ।
– कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार स्थापना गरेको हो ।
१७. व्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?
साङ्घाई (चीन)
१८. सरकारी कार्यालयका साइनबोर्डहरू नेपालीमा राख्नु पर्ने व्यवस्था कहिलेदेखि भएको हो ?
विसं २०१८ जेठ ९
१९. नेपालको सबभन्दा उच्च स्थानबाट बगेको अरुण नदीलाई अर्को के नामले चिनिन्छ ?
फुङ्चु
२०. समुद्र संरक्षणसम्बन्धी युएन हाई–सी ट्रिटी कहिले भएको हो ?
सन् २०२३ मार्च ४
– सन् १९८२ को समुद्र संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले ‘हाई–सी’ क्षेत्रको व्यवस्था गरेको थियो ।
– सम्झौतासँगै घोषणा गरिने संरक्षण क्षेत्रमा जथाभावी रूपमा माछा मार्ने जलविहार गर्ने साथै दुई सय मिटरभन्दा गहिरो उत्खनन गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।
– सम्झौता मुख्य गरी हाई–सी को ३० प्रतिशत क्षेत्र संरक्षण क्षेत्र घोषणा हुने, सामुद्रिक आनुवंशिक स्रोतको संरक्षण, प्राप्त आम्दानी सबै पक्ष मुलुकबिच बाँडफाटँलगायतमा केन्द्रित रहेको छ ।
– सन्धिको अर्को महत्वपूर्ण पाटोका रूपमा ‘हाई सी’ भएको क्षेत्रमा कुनै पनि गतिविधि गर्दा वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) गर्नुपर्ने रहेको छ ।
९ साउन २०८१
१. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८३ औँ राष्ट्र कुन हो ?
किरिबाटी (सन् २०२४ जुलाई १८)
२. छिन्नलता पुरस्कार २०८० क–कसलाई प्रदान गरियो ?
गीत ः वीरेन्द्र पाठक, सङ्गीत ः चण्डीप्रसाद काफ्ले,
गायन ः मनिला सोताङ र युवातर्फ ः गायक भुपु पाण्डे
३. नेपालकै पहिलो लक्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन कहिले भएको हो ?
विसं २०८१ साउन ३
– काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो ।
४. इतिहासकार प्राडा तुलसीराम वैद्यको निधन कहिले भएको हो ?
विसं २०८१ साउन २
५. आइसिसी डिजिटल फ्यान इङ्गेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड प्राप्त गर्ने राष्ट्र कुन हो ?
नेपाल
– सामाजिक सञ्जालमा समर्थकहरूको संलग्नतामा उच्च कार्य गरेको भन्दै आइसिसीले सो अवार्ड प्रदान गरेको हो ।
६. नेपाल सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?
वरिष्ठ अधिवक्ता रमेश बडाल (विसं २०८१ साउन ४
– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
– बडाल यसअघि २०७७ मा पनि महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो ।
७. फ्युचर फर नेचर अवार्ड–२०२४ बाट सम्मानित हुने नेपाली को हुन् ?
रिन्जिन फुन्जोक लामा
– ५० हजार युरो राशिको सो पुरस्कार फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गरेको हो ।
८. सार्क साहित्य पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?
बङ्गबन्धु शेख मुजिबुर रहमान
९. संयुक्त राष्ट्रसङ्घले दोस्रो सडक सुरक्षा अभियान दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?
सन् २०२१–२०३०
१०. सरबरिया टोल कृतिका लेखक राजेन्द्र विमल हुन् भने पैसाको उडान कृतिका लेखक को हुन् ?
रवीन्द्र समीर
११. दिगो विकास प्रतिवेदन, २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
९५ औँ
१२. सिसेक्पा तङ्नाम कुन समुदायमा प्रचलित पर्व हो ?
किराँत लिम्बू
– किराँत लिम्बू समुदायमा साउने सङ्व्रmान्तिलाई सिसेक्पा तङनामका नामले मनाउने गरिन्छ ।
१३. ‘फादर अफ लाइब्रेरी साइन्स’ भनी कसलाई चिनिन्छ ?
यसआर रगनाथ
१४. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनेर चिनिन्छ ?
अन्तःशुल्क
– सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खास गरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ ।
– अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।
१५. पाण्डाको औसत उमेर कति हुन्छ ?
२० वर्ष
१६. सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
हाइड्रोजन
१७. आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
हरिबोधिनी एकादशी
१८. ऐतिहासिक एवं धार्मिक महìवको रमणीय स्थल नरसिंह कोट कहाँ रहेको छ ?
बागलुङ
– यो स्थानमा नरसिंहकोट, कालिका, नन्देली, भीमसेन र जयन्तीका पाँच छुट्टाछुट्टै मन्दिर रहेका छन् ।
– यहाँ बडादसैँ, वैशाखे पूर्णिमा र मङ्सिरको पूर्णिमामा दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकको विशेष जमघट हुने गर्छ ।
– समुद्र सतहदेखि झन्डै पाँच हजार फिटको उचाइमा रहेको यस क्षेत्रबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमालका साथै बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, प्युठान एवं रुकुमका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।
– चार हजार पर्वतको कोटका रूपमा चिनिने यो क्षेत्रमा वनभोज स्थल, अतिथिगृह, भ्यु प्वाइन्ट र पैदल यात्रालगायतका संरचना निर्माण गरिएको छ ।
१९. “हाम्रो सबैभन्दा ठुलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो ।” भन्ने विचारक को हुन् ?
थोमस अल्वा एडिसन, वैज्ञानिक
२०. महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
ग्रिसको एथेन्स सहरमा
२१. जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
विसं २००४ असार १
– संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खास गरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।
२२. नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?
कल्पना शर्मा
२३. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?
बिबीआईएन इनिसिएटिभ
– भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा यसको सम्झौता भएको हो ।
२४. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ भनी चिनिन्छ ?
अमादब्लम
२५. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९५५ अगस्ट २७
– विश्वमा भएका विविध कीर्तिमान उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको लन्डनमा भएको हो ।
२६. नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?
चुहानडाँडा, तेह्रथुम
२७. सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
मकवानपुर
२८. तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?
लमजुङ
२९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?
स्टेफन हकिङ
३०. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
महाभारत पर्वत
३१. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
चौबिसे राज्य
३२. एफटिटीएचको पूरा रूप के हो ?
फाइबर टु द होम
– नेपाल टेलिकमले दु्रत गतिको इन्टरनेट सेवा एफटिटीएचको शुभारम्भ विसं २०७६ भदौ २३ गते रूपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको छ ।
– एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याइ ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको छ ।
३३. क्यालिग्राफी केसँग सम्बन्धित छ ?
सुन्दर अक्षर लेखन कला
३४. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
जेरेन्टोलोजी
३५. देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित हुन सफल प्रदेश कुन हो ?
गण्डकी प्रदेश
– विसं २०७५ भदौ १३ मा गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषित भएको हो ।
३६. लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
विषयपति
२ साउन २०८१
१. नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली चौँथो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?
विसं २०८१ असार ३०
– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।
– राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको पत्र असार २८ मा राष्ट्रपति कार्यालयमा प्राप्त भएपश्चात् उहाँले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
– प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएका एमाले अध्यक्ष ओली कांग्रेस र एमालेबिच असार १७ गते भएको सहमति अनुसार चौँथो कार्यकालका लागि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।
– उहाँले २०८१ असार ३१ मा प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
२. धनकुटा र ओखलढुङ्गा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित कहिले भएका हुन् ?
विसं २०८१ असार २५
३. द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ?
सुजाता सुब्बा (इलाम)
– उनले प्रतियोगितामा वेस्ट फिगरको उपाधि पनि चुमेकी छन् ।
– प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनरजेटिकसहित फस्ट रनर्सअप तथा मञ्जिल रञ्जितकार मस्ट पपुलर र मस्ट इन्टेलिजेन्ट उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भएका छन् ।
४. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०६९ माघ
५. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?
डा. फुहरर
६. लामिन यमाल (स्पेन) कुन खेलसँग सम्बन्धित छन् ?
फुटबल
७. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
धर्म कचहरी
८. नेपालमा धामी झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
ढ्याङ्ग्रो
९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाकवि देवकोटा पुरस्कार– २०८० कसलाई प्रदान गर्यो ?
श्रीहरि फुयाँल (कविता), रोशन थापा ‘नीरव’ (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान/नाटक), प्रमोद प्रधान (बालसाहित्य/लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य)
– गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार ः स्वप्निल स्मृति र सुनील पोखरेल
– बिपी पुरस्कार ः किशोरकुमार अधिकारी (राजनीति), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादव
– इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार ः इतिहासकार प्राडा जगदीशचन्द्र रेग्मी
– योगमाया पुरस्कार ः प्राडा गोविन्दमान सिंह कार्की
– आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार ः नारायण शर्मा
– युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार ः डा. फडिन्द्रराज निरौला
– सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार ः छत्रबहादुर कायस्थ
– पुष्पलाल राष्ट्रिय पुरस्कार ः सिद्धिलाल सिंह (राजनीति), चतुर्भुज आत्रेय (साहित्य, संस्कृति र विज्ञान) र डा. विश्वनाथ सिंह (इतिहास)
– भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार ः राजु परियार (सिप, कला, साहित्य र संस्कृति), आनन्दस्वरूप बर्मा (मानव अधिकार) र मञ्जुल (मेघराज नेपाल) र झविन्द्रबहादुर जिसी (समाजसुधार, संयुक्त रूपमा)
– मन्त्रालयले भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान ग¥यो । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरियो ।
– प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार प्रदान गरियो ।
१०. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
तमहिग
११. भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?
विलियम जर्ज मोर्गन (सन् १८९५)
– (अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका हुन् ।)
१२. प्राथमिक रङ्ग भन्नाले कुन कुन रङलाई बुझिन्छ ?
रातो, निलो र हरियो
१३. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?
किलिमञ्जरो
– अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।
– यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा
रहेको छ ।
– यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने हुन्छ ।
१४. निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ?
सन् १९९९, मलेसिया
– निपा भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा फेला परेको । सन् २००१ देखि भारत र बङ्गलादेशका विभिन्न ठाउँमा यो सङ्व्रmमण बेला बेला देखिँदै आएको । सन् २०१८ अप्रिल÷मे मा भारतको केरलामा फैलिएको सङ्व्रmमणमा एक नर्ससहित १४ जनाको ज्यान गएको ।
– यो भाइरसको सङ्व्रmमण भएको ५–१० दिनमा मानिसमा ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुने, घाँटी दुख्ने हुन्छ, र सोपश्चात् रिँगटा लाग्ने, स्मरण शक्ति हराउने, श्वासप्रश्वासमा समस्या एवं मस्तिष्क सुनिने जस्ता समस्या देखा पर्छन् ।
– निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने साथै भारतबाट सुँगुरहरू आयात हुने हुँदा नेपालमा पनि यस रोगको सङ्व्रmमणको जोखिम उच्च रहेको ।
१५. अस्वीकार्य व्यक्ति भन्नाले के बुझिन्छ ?
कूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति
– अस्वीकार भएको व्यक्तिले निर्धारित समयमा त्यस्तो मुलुक छोड्नु पर्छ ।
१६. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुन् ?
भिएस नायपाल
– उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।
– सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका व्रmममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने वताएका छन् ।
१७. नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?
बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र
१८. नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
नेपाली
१९. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?
जुम्ला
– गुरु चन्दननाथ बाबाले भारतको काश्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।
– कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।
– उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।
– प्रोटिन र फाइबरलगायतका तìव बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ ।
२०. “यदि तपाईं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस् ।” भन्ने विचारक को हुन्?
कन्फ्युसियस
२१. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
जयस्थिति मल्ल
२२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा
– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भूत र आकर्षक कुण्ड रहेका छन् ।
– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको छ ।
२३. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवम् झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
काष्ठकला
२४. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?
रणबहादुर शाह
– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।
– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि
खटाएका थिए ।
– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए ।
२५. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
विसं २०७४ साउन १२
– युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसदको बैठक प्रत्यक्षरूपमा हेर्न र सुन्न सकिन्छ ।
२६. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
सन् १९६७ सेप्टेम्बर २७
Source : गोरखापत्र अनलाइन
