Current Affairs – Gk (Bhadra, 2081)

Loksewa classes

 ५ भदौ २०८१




१.  ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र कुन हो ? 

 अमेरिका 

– प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।

– नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो । 

– पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।

– ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ । 

२.  बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा को चयन भएका छन् ?

 मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता)

– सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।

– आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो । 

– हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए । 

३.  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि कसले जित्यो ? 

 भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट

४.  ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भयो ? 

 सन् २०२४ अगस्ट ९

–  ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।

५.  प्रहरी सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ? 

 वसन्तपुर, काठमाडौँ

–  वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम बनाइने भएको छ ।

६.  साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान कसलाई प्रदान गरियो ? 

 कवि मणि लोहनी

– सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो । 

– व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो । 

७.  एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कहिले अनुमति प्रदान गरियो ? 

 विसं २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८) 

–  एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

८.  लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? 

 मिजान लोपेज (क्युबा)

–  क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।

९.  उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी को हुन् ? 

 क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)

–  मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् । 

१०.  ‘दादानी प्रथा’ कस–कसको बिचमा प्रचलित व्यापारिक प्रथा हो ?

 अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबिच

११.  सवारीसाधनको धुवाँको मात्रा नाप्ने एकाइ एचएसयु को पुरा रूप के हो ?

 हाट्र्रिज स्मोक युनिट

१२.  नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

 विसं १९४६ साउन १२ 

१३.  अन्तरिक्षमा सबैभन्दा बढी समय बिताई कीर्तिमान कायम गर्ने अन्तरिक्ष यात्री को हुन् ? 

 ओलेग कोनोने

– रुसी अन्तरिक्ष एजेन्सी रस्कोमसले कोनोने अन्तरिक्षमा एक हजार दिन बिताउने पहिलो व्यक्ति भएको घोषणा गरेको छ । 

– ५९ वर्षीय कोनोनेले आफ्नो पाँचौँ अन्तरिक्ष यात्रामा हजार दिनको कोसेढुङ्गा पार गरेका हुन् । 

– कोनोनेले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्को अन्तरिक्ष यात्री गेनाडी पेडाल्काको कीर्तिमान भङ्ग गरेका हुन् । पेडाल्काले अन्तरिक्षमा ८७८ दिन बिताएका थिए । 

– आगामी सेप्टेम्बर २३ मा कोनोने पृथ्वीमा फर्कने कार्यक्रम छ । योसँगै कोनोनेले अन्तरिक्षमा कुल एक हजार ११० दिन बिताउने छन् । 

१४.  चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ? 

 विसं २०८१ साउन ३२

१५.  हिमाली जिल्ला सोलुखुम्बुको थामेमा ठुलो क्षति हुने गरी कहिले बाढी आयो ? 

 विसं २०८१ साउन ३२

– बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँका दर्जनौँ घर एवं होटल, विद्यालय बगायो । 

– बाढीको वितण्डापछि थामे गाउँ बगरमा परिणत भयो । 

– हिमताल विष्फोटनका कारण सो बाढी आएको जनाइएको छ । 

१६.  गाईखुरे झरना कुन जिल्लामा पर्छ ? 

 लमजुङ

१७.  थाइल्यान्डको संवैधानिक अदालतले पदीय मर्यादामा आँच आउने कार्य गरेको भन्दै प्रधानमन्त्री श्रेथा थामिसिनालाई पदमुक्त गर्ने आदेश कहिले दिएको हो ?

 सन् २०२४ अगस्ट १४

– फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट अगस्ट १४ मा भएको अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा पदमा रहन नसक्ने भएका हुन् । 

– यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो । 

१८.  पेरिस ओलम्पिक २०२४ मा फुटबलको स्वर्णपदक जित्न सफल राष्ट्र कुन हो ? 

 स्पेन

– स्पेनले घरेलु टिम फ्रान्सलाई हराएर अतिरिक्त समयमा ५–३ ले हराएर स्वर्ण पदक जित्यो । 

– एक महिनाको अन्तरालमा स्पेन दुई प्रमुख प्रतियोगिता जित्न सफल भएको छ । 

– इङ्ल्यान्डलाई हराएर स्पेन युरोपेली च्याम्पियन भएको एक महिना पनि भएको छैन । 

– फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको हो । 

– स्पेनले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो । 

१९.  सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?

 विसं २०७७ चैत २५

– सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको छ । 

– सार्वजनिक प्रशासनको सुधारका लागि पहिलो पटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको हो ।

– सरोकारवालाहरूमा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबिच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान् जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नु जस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।

२०.  नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

 लिच्छवि काल

२१. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?

 ५० एक्युआईभन्दा तल 

–  विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको छ । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको छ ।

Source : गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *