Current Affairs – Gk (Bhadra, 2081)

Loksewa classes

२६ भदौ २०८१


१.  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो ? 

 २०८१ भदौ १३

–  विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ । 

–  विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो । 

–  विधेयक प्रमाणीकरणसँगै अब द्वन्द्वकालीन घटनासँग सम्बन्धित दुई आयोगको कार्य शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ । 

–  नयाँ कानुनले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमतिबिना क्षमादान अस्वीकार गरेको छ । 

–  सङ्क्रमणकालीन कानुनमा पहिलो पटक परिपूरणलाई पीडितको अधिकारका रूपमा स्थापित गरिएको छ । 

–  २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन, हतियार व्यवस्थापनलगायतका काम भए पनि आयोगबाट हुनुपर्ने विषय र अन्य न्यायिक र परिपूरणका कार्य बाँकी रहेका छन् । 

–  नयाँ व्यवस्था अनुसार द्वन्द्वकालीन घटना वर्गीकरण (मानव अधिकारको गम्भीर उल्लङ्घन र मानव अधिकारको उल्लङ्घन) गरिएको छ । 

–  गम्भीर मानव अधिकार उल्लङ्घनमा क्षमादान सिफारिस हुने छैन । 

–  परिपूरणलाई अधिकारका रूपमा नै स्थापना गरिएको छ ।

–  द्वन्द्वकालीन घटनाका मुद्दा हेर्नका लागि छुट्टै विशेष अदालत गठन हुने छ । विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन हुने छ । 

२.  मातृभूमि राष्ट्रिय सम्मान, २०८० कसलाई प्रदान गरियो ?

 प्राडा जगमान गुरुङ 

३.  यस वर्ष (२०८१) को डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कसलाई प्रदान गरियो ?

 अनुजासिंह राठौर (लघुउद्यमी, नेपालगन्ज) 

–  राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरियो । 

–  सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

४.  रुद्राक्षका लागि प्रसिद्ध ठाउँ कहाँ हो ?

 भोजपुर र सङ्खुवासभा (भोजपुर र सङ्खुवासभालाई रुद्राक्षको राजधानी भनेर पनि चिनिने ।)

५.  विश्वमा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका पहिलो व्यक्ति को हुन् ?

 कनिथ युजिन स्मिथ 

–  सन् २०२४ जनवरी २५ मा अमेरिकाको अलाबामा राज्यले स्मिथलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्यु दण्ड दिएको हो । 

६.  पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो ?

 विसं २०८१ साउन १

७.  संयुक्त राष्ट्रसङ्घका महासचिवले भाग लिन नपाउने अङ्ग कुन हो ?

 अन्तर्राष्ट्रिय न्यायालय 

८.  हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्य राष्ट्र कति रहेका छन् ?

 ३१ 

९.  सिएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

 अनुराधा कोइराला (सन् २०१०)

–  दोस्रो नेपाली : पुष्पा बस्नेत, सन् २०१२

१०.  लोकतन्त्र योद्धा सम्मान २०८० बाट कसलाई सम्मान गरियो ?

 मुकेश कायस्थ

११.  आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ?

 रिचर्ड स्लेम्यान 

–  प्रत्यारोपण सन् २०२४ मार्च १६ मा गरिएको हो ।

१२.  अल्पसङ्ख्यक झाँगड समुदायबाट पहिलो पटक मन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?

 बन्दना झाँगड (राज्यमन्त्री, कोशी प्रदेश)

१३.  पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?

 कालीगण्डकी र त्रिशूली 

–  चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगड बजारदेखि करिब सात किमी उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।

–  यहाँ स्नान गर्नाले ठुलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेको भन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।

–  माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठुली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ ।

१४.  राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ को आयोजना मिति कुन हो ?

 सन् २०२४ नोभेम्बर ११–२२, बाकु, अजरबैजान 

१५.  ट्राभल वेबसाइट ट्रिप एड्भाइजरद्वारा प्रकाशित उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मा पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

 काठमाडौँ

१६.  सगरमाथा क्षेत्रको कालापत्थरमा ५३१७ मिटर उचाइबाट रुकाइ डाइभ गरी महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व को हुन् ?

 शीतल महाजन (भारत), सन् २०२३ नोभेम्बर

१७.  नेपालमा फाइब–जी सेवाको आन्तरिक परीक्षण सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७९ माघ २२

१८.  नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार नेपालमा कति देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ? 

 ५८ 

–  राष्ट्र बैङ्कले २०८१ भाद्रमा प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । 

–  प्रत्यक्ष वैदेशिक लगानी रहेका प्रमुख पाँच राष्ट्र 

– भारत : रु. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत) 

– चीन : रु. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) 

– आयरल्यान्ड : रु. २२ अर्ब ६२ करोड (७.७ प्रतिशत)

– अस्ट्रेलिया : रु. १९ अर्ब छ करोड (६.४ प्रतिशत)

– सिङ्गापुर : रु. १८ अर्ब ८१ करोड (६.४ प्रतिशत)

एफडीआई कुन प्रदेशमा कति ? 

– बागमती : ५९.७ प्रतिशत

– गण्डकी : १५.१ प्रतिशत

– कोशी : १४.७ प्रतिशत

– मधेश : ८.८ प्रतिशत

– लुम्बिनी : १ प्रतिशतभन्दा कम

– कर्णाली : १ प्रतिशतभन्दा कम

– सुदूरपश्चिम : १ प्रतिशतभन्दा कम

१९.  हाल गिनिज बुक अफ वल्र्ड रेकर्ड कति भाषामा प्रकाशित हुन्छ ?

 ३७ 

२०.  अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति को हुन् ?

 डोनाल्ड ट्रम्प 

२१.  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नुनको दैनिक उपभोगको मात्रा प्रतिव्यक्ति कति निर्धारण गरेको छ ?

 ३ देखि ५ ग्राम 

२२.  इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

 सन् १९६७ सेप्टेम्बर २७

२३.  महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

 प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

२४.  कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

 वंशाणुगत परिवृत्ति

२५.  नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

 बिबिआईएन इनिसिएटिभ 

२६.  नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?

– मकै

२७.  विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट ‘द ग्रेट हिमालयन ट्रेल’ कुन देशमा रहेको छ ?

 नेपाल

२८.  नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?

 कोशी टप्पु वन्यजन्तु आरक्ष

२९.  नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?

 जुद्धशमशेर

३०. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?

 सन् १९८८

१९ भदौ २०८१


१.  पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन् ?

 पलेशा गोवर्धन 

–  उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् ।

–  पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् ।

–  उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।

–  पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशाले सरकारबाट ६५ लाख रुपियाँ पुरस्कार पाउने छन् । 

–  राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार पारा ओलम्पिकमा व्यक्तिगततर्फ कांस्य पदक जित्नेलाई ६५ लाख रुपियाँ पुरस्कार दिने व्यवस्था छ । यसै गरी पारा ओलम्पिकमा स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपियाँ र रजत जित्नेलाई ९७ लाख रुपियाँ प्रदान गरिने प्रावधान रहेको छ । 

–  नेपालले पारा ओलिम्पकमा सन् २००४ को एथेन्स र ग्रीष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो । 

–  ग्रीष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा सम्पन्न २४ औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले सो उपलब्धि हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा उक्त पदकको गणना गरिएको थिएन । 

२.  २०८० को मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

 मोहन मैनाली (कृति : मुकाम रणमैदान) 

–  मुकाम रणमैदान नेपाल–अङ्गे्रज युद्धको इतिहास हो । 

–  मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि निम्नानुसार पाँच वटा पुस्तकको सूची सार्वजनिक गरेको थियो :

–  डम्फुको आत्मालाप (कथासङ्ग्रह) : भक्त स्याङतान

–  नुन–तेल (गैर आख्यान) : जीवन क्षेत्री

–  भावलिपि (प्रेमपत्र सङ्ग्रह) : भावेश भुमरी र प्रणिता चामलिङ

–  मुकाम रणमैदान (इतिहास) : मोहन मैनाली 

–  सन्त्रासका साठी दिन (उपन्यास) : रोशन थापा ‘नीरव’

–  यस वर्ष पुरस्कारका लागि ३०४ वटा कृति प्राप्त भएका थिए । 

–  २०८० को जगदम्बाश्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । सिरहाका स्थायी बासिन्दा भाषाशास्त्री प्राध्यापक यादवका भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागको प्रमुख बनेका यादवले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञका रूपमा समेत कार्य गरेका छन् । 

–  दुवै पुरस्कारको राशि चार–चार लाख रुपियाँ रहेको छ ।

–  २०७९ सालको मदन पुरस्कार विवेक ओझा (उपन्यासः ऐठन) र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।

–  मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बाश्री पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको छ ।

३.  नेपाली सेनाको सेनापतिमा को नियुक्त हुनुभएको छ ?

 अशोकराज सिग्देल 

– राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हालिरहनु भएका सिग्देललाई २०८१ भदौ १२ गते प्रधान सेनापति नियुक्त गर्नुभएको हो । भदौ २४ देखि लागु हुने गरी उहाँलाई प्रधान सेनापतिमा नियुक्त गरिएको हो । 

४.  नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो ?

 धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक) 

–  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले २०८१ भदौ ११ मा भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको हो ।

–  २०७५ सालदेखि स्वस्थ सहर बनाउने अभियान सुरु गरिएको धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्नका लागि डब्लुएचओले विसं २०७८ देखि अनुगमन सुरु गरेको थियो ।

–  एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहर भएसँगै नगरपालिकाले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । 

–  स्वस्थ सहर घोषणाको औपचारिक प्रमाणपत्र आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहबिच नगरपालिकाले प्राप्त गर्ने जनाइएको छ ।

५.  सन् २०२४ अगस्टमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

 बङ्गलादेश 

–  सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ ले स्तब्ध बनाएको छ ।

–  बङ्गलादेशको यो उमेर समूहमा पहिलो उपाधि हो ।

–  बङ्गलादेशका मिराजुल इस्लाम सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर घोषित भए । 

–  घरेलु टिम नेपालले फेयरप्ले अवार्डको सम्मान प्राप्त ग¥यो ।

६.  हङकङ साहित्यिक साझा शृङ्खलाले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ को स्थापना कहिले गरेको हो ?

 विसं २०८१ भदौ

–  हङकङ बाहिर रहेर नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने एक जना स्रष्टालाई सो पुरस्कार प्रदान गरिने छ ।

–  सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा शृङ्खलाले ‘शृङ्खला’ साहित्यिक सङ्गालो प्रकाशन र मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ । 

–  यस पुरस्कारको राशि ४५ हजार ५०५ रुपियाँ रहेको छ ।

७.  २०८१ को युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ?

 रङ्गकर्मी केदार श्रेष्ठ

–  बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पु¥याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको राष्ट्रिय युवा कोषले जनाएको छ ।

–  राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झानामा २०४३ सालमा स्थापित सो पुरस्कार ४० वर्ष ननाघेका युवा सर्जकलाई प्रदान गरिन्छ । यस 

पुरस्कारको राशि ४० हजार रुपियाँसहित स्वर्ण पदक रहेको छ । 

८.  मिस्टर नेपाल–२०२४ को उपाधि पाउने को हुन् ?

 सन्तोष लोक्सम (झापा) 

–  लोक्समले नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

–  भदौ ८ गते सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल–२०२४ विजेता भए । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल–२०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

–  काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ भए ।

–  प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बने । 

९.  इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनुयुक्त वडा घोषणा कहिले गरिएको हो ?

 विसं २०८१ भदौ

–  बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

१०.  द बेस्ट बैङ्क इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित नेपालको ख वर्गको वित्तीय संस्था कुन हो ?

 गरिमा विकास बैङ्क 

–  भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित सेकेन्ड इमर्जिङ एसिया बैङ्किङ कन्क्लेभ एन्ड अवार्डबाट बैङ्क सम्मानित भएको छ ।

११.  स्विट्जरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा बोक्कालिनो डि ओ अवार्ड जित्ने अभिनेतृ को हुन् ?

 थिन्ले ल्हामो (चलचित्र शाम्बाला)

–  मीनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालामा थिन्ले मुख्य पात्रको भूमिकामा रहेकी छन् ।

–  शाम्बालामा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी थिइन् ।

१२.  चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ?

  विसं २०८१ साउन ३२

१३.  नेपाल सरकारद्वारा मुख्य सचिवमा कसलाई नियुक्त गरियो ?

 एकनारायण अर्याल

१४.  २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

 प्रा. प्रेमशान्ति तुलाधर 

–  सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । 

–  नेपाल भाषा साहित्य शिरोमणि वैकुण्ठप्रसाद लाकौलले नेपाल भाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्यसहित ३९ वर्षअघि वैकुण्ठ लाकौल पुरस्कार स्थापना गरेका थिए । 

१५.  सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?

 आव २०७७/७८–२०८७/८८

–  सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्ष अघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू :

–  सङ्घीयता कार्यान्वयन सहजीकरण 

–  सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन

– स्थानीय पूर्वाधार विकासमा सहजीकरण 

–  सेवा प्रवाह र सुशासन 

१६.  एफटिटिएचको पूरा रूप के हो ?

 फाइबर टु द होम 

१७.  फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

 सिङ्गापुर

१८.  नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ रहेको छ ? 

 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा 

१९.  संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ? 

 सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा

– उक्त पुस्तक द्वन्द्वकालमा हेलिकोप्टर उडानका क्रममा उनले भोगेका अनुभूतिमा आधारित रहेको छ । 

– थापाको उक्त पुस्तक नेपाली भाषामा छ वर्षअघि नै प्रकाशन भएको थियो । सोही पुस्तकमा अन्य केही घटना र प्रसङ्ग थपेर अङ्ग्रेजी भाषामा प्रकाशित गरिएको हो । 

२०.  २०८१ सालको फेडोल उत्कृष्ट सम्मान कसलाई प्रदान गरियो ? 

 शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर)

२१.  जेबी टुहुरे स्मृति पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

 खुसीराम पाख्रिन

–  पाख्रिनलाई मरणोपरान्त सो पुरस्कार प्रदान गरिएको हो ।

–  पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

–  जेबी टुहुरे प्रतिष्ठानद्वारा २०७९ सालदेखि गीतसङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरूलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गरिँदै आएको छ ।

–  २०७९ सालमा पहिलो पटक यो अवार्ड ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई प्रदान गरिएको छ ।


 १२ भदौ २०८१


१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? 

  रु. १४ खर्ब ४५ अर्ब ३२ करोड

– अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । 

– राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ । 

– शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड बचत रहेको छ ।

– वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।

– आयात १.२ प्रतिशत र ३.० प्रतिशतले घट्यो । 

– विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।

२. नेपालमा आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो बैङ्क कुन हो ? 

  नबिल बैङ्क

– आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने प्रथम संस्थाहरू

– वाणिज्य बैङ्क : नबिल बैङ्क

– विभाग : राहदानी विभाग

– जिल्लास्थित सरकारी प्रशासनिक कार्यालय : जिल्ला प्रशासन कार्यालय, रुपन्देही

– स्थानीय तह : तिलोत्तमा नगरपालिका, रुपन्देही

– जलविद्युत् आयोजना : हाइड्रोपावर कम्पनी लि.

३. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाई नयाँ विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ? 

  डारियस भिसेर (समोआ)

– भिसेरले २०२४ अगस्ट १९ मा एकै ओभरमा सर्वाधिक ३९ रनको विश्व कीर्तिमान कायम गरेका हुन् । 

– आइसिसी टी–२० विश्वकप अन्तर्गत पूर्वी एसिया प्रशान्त क्षेत्र छनोटमा भिसेरले भानुआटुविरुद्धको खेलमा एकै ओभरमा ६ छक्कासहित ३ नो बलमा ३९ रन जोड्न सफल भएका छन् । 

– एकै ओभरमा ३६ भन्दा बढी रन बनाएको यो पहिलो पटक हो । 

४. भारतका चर्चित सन्त पाइलट बाबाको निधन कहिले भएको हो ? 

  सन् २०२४ अगस्ट २०

५.  नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?

 सिंहदरबार वैद्यखाना

– राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको हो ।

– शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्ग बहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।

– सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको हो ।

– विसं २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।

६.  नेपालमा मन्ट्रियल सन्धि –१९९९ कहिलेदेखि लागु भएको हो ?

  विसं २०७५ मङ्सिर २९

७.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

  फादर विलियम वर्क

– वर्कको कृति सही शब्दले विसं २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।

– वर्कको सन् २०१९ नोभेम्बरमा निधन भयो ।

८. निजामती सेवामा हाल सबैभन्दा बढी आकर्षण कुन प्रदेशको रहेको छ ? 

  मधेश प्रदेश

– लोक सेवा आयोगको पछिल्लो प्रतिवेदन अनुसार आव २०७९÷८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिने चार लाख ८३ हजार २०३ जनामध्ये सबैभन्दा बढी मधेश प्रदेशका (१,२०,३८९ जना) रहेका छन् ।

– दरखास्त दिने कुन प्रदेशका कति

मधेश प्रदेश : १,२०,३८९

लुम्बिनी प्रदेश : ८१,९९५

कोशी प्रदेश : ६९,१२१

कर्णाली प्रदेश : ६४,२९०

सुदूरपश्चिम प्रदेश  :  ५८,०४९

बागमती प्रदेश : ४६,२७१

गण्डकी प्रदेश : ४२,९९७

जम्मा : ४,८३,२०३

९. थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री को हुन् ? 

  पेतोङतार्न सिनावात्रा (सन् २०२४ अगस्ट)

–  सिनावात्रा थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री हुन् । 

– यसअघि उनकी काकी यिङलक सिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 

१०.  अखिल नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो ?

  विसं २००८

– नेपालमा विसं २०३६ चैत देखि एन्फा कप सुरुवात भएको हो ।

– नेपालको फुटबलमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व जनरल नरशम्शेरको नाममा विसं २०२५ मा ‘नर ट्रफी’ स्थापना गरिएको हो । 

– अखिल नेपाल फुटबल सङ्घको नयाँ लोगो 

विसं २०७५ फागुन २० (सन् २०१९ मार्च ४) मा सार्वजनिक भएको छ । यसका डिजाइनर सन्दीप तिवारी हुन् ।

– नेपालले विश्व फुटबल महासङ्घको (फिफा) को सदस्यता सन् १९७३ मा लिएको हो ।

११.  जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?

  जिराफ

१२.  संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदुषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

  ८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)

१३.  युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?

  रियो द जेनिरियो (ब्राजिल)

१४.  मेचे जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?

  झापा 

– सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी’ भनिन्छ ।

१५.  बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैङ्कले कहिले गरेको हो ?

  विसं २०७६ फागुन २२

१६.  रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकहरूले गरेका हुन् ?

  चीन (सन् २०१८)

१७. दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?

 सन् २०२० फेब्रुअरी 

– माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनःआबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो । 

– मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनी पछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो । 

१८. हरित पेटिका अभियानका संस्थापक को हुन् ?

 वांगारी माथाई

१९. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?

 प्रत्येक १० वर्षमा

२०. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्ना जस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?

  स्क्रब टाइफस

२१.  प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

  काठमाडौँ 

–  पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्वबागमती नदी किनारमा रहेको छ ।

२२. सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले ग¥यो ? 

 विसं २०८१ भदौ ६

– सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । 

– टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो । 

– विसं २०८० कात्तिक २७ को मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

२३.  सरकारले विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्गे्रजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेख्ने निर्णय कहिले गरेको हो ?

  विसं २०७३ भदौ १२ 

२४.  “म चित्र बनाइरहेको सपना देख्छु । त्यसपछि मात्र सो सपनाको चित्र बनाउँछु ।” भन्ने चित्रकार को हुन् ?

 भिन्सेन्ट भ्यानगग

२५.  विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?

  जुम्ला

– गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।

– कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।

– उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।

– प्रोटिन र फाइबरलगायतका तत्व बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ । जुम्ली मार्सीको बिउ राख्न निश्चित दिनबार नै तोकिएको हुन्छ ।

२६.  सूचनाको हक सम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

  स्विडेन 

–  स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको छ ।

–  संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको छ ।

–  संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।

–  सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको छ ।

२७.  गौरा पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?

  सुदूरपश्चिम

–  विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशमा यो पर्वलाई ऐतिहासिक मौलिक पर्वका रूपमा धुमधाम साथ मनाउने गरिन्छ ।

२८.  सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?

  यज्ञराज शर्मा 

२९.  दुई मुलुकबिचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

  दसगजा क्षेत्र

Source : गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *